समाचार

एक फन्को सेलरोटी

  “ ए ! बुढा, त्यो स्कुलमा त छोरीले नाम निकाल्नै पर्छ है ?” मालपोत कार्यालयको खरिदार लोककल्याणलाई बिहान भात खाने बेलामा बुढीले सम्झाइन् । सम्झाइन के आदेश नै दिइन् ।     “ ल ल म हेरम्ला ।खै त याँ तरकारी हालेको ? ” खरिदार सापले तरकारी कराहीतिर नजर दिंदै जवाफ दिए ।      “ हत्तेरी मेरो सुद्धि पनि के भएको ?” खरदार्नी आफ्नै टाउकोमा धारे हात लगाउँदै भनिन् र डाडुले तरकारी खरदारको थालको एकछेउमा हालिदिइन् “ हेरेर मात्रै भएन । काम हुनु प-यो !” ऐले खरदार्नीको स्वर अलि तिखो भयो ।      “ मैले त प्रयास गरेकै छु । छोरीले फस्ट डिभिजन ल्याई भनेर क्यार्नी ? बोर्डिंग स्कुलको फस्ट डिभिजनको कामै रैनछ । तेत्रो पैसाखर्चेर पढा’को कामै भएन । सरकारी स्कुलका सेकेण्ड डिभिजनले नाम निकालेका ठाममा हाम्री छोरीले नाम निकाल्न सकिन ।” खरिदारसापले छोरीप्रति  गुनासो गरे । तर मनमनै अत्यन्तै चिन्तित भएका थिए ।” दुध पनि अलिकती हाल न ! आँफुलाई त एकगास दुधभात नखाएसम्म धितै पर्दैन!”      “ जे भएनि छोरीलाई पढाउँनै प-यो । जसरी भएनि साइन्स पढ्छु भन्छे । उस्को बिएस्सी नर्सिंग गरेर अष्ट्रेलिया जाने ठूलो धोको छ !” खरिदार्नीले कुँडेबाट एक डाडु दुध खरिदारले मुछ्न लागेको भागमा खन्याइ दिइन् ।      “ ल ल हेरम्ला । खाने बेलामा धेरै कचकच गर्नु हुन्न !” भन्दै खरिदार दुधसंग मुछेको भात सपासप भात खान थाले । खरिदार्नी सिंकमा भएका जुठा भाँडाहरू पखाल्न थालिन् ।                खरिदार साप भात खाइओरी लुगा फेरेर सरकारी नम्बर प्लेटको स्प्लेन्डर  मोटरसाइकलमा चढेर हिंडे । उनी अफिस पुग्नुभन्दा पहिला छोरीको भर्नाको निश्चितता नगरी भएको थिएन । छोरीलाई सानैदेखि पढाई राखेको, एसएलसीसम्म ट्युसन कोचिंग पनि पढाएको र उसैको सल्लाह अनुसारको इन्स्टिट्यूटमा ब्रिजकोर्स पढाएका हुनाले शिक्षक तेजनाथप्रति आशावादी थिए । तेसैले खरिदारसापले स्प्लेन्डर तेजनाथको घरतिर हुँइक्याए । घरबाट निस्कन लागेको तेजनाथलाई दैलोमैं भेटेर आफ्नो गुनासोको पोका फुकाए ।     “ लौ सर ! मेरी छोरी भनेकी हजुरकै छोरी हो । सानैदेखि हजुरकै काखमा हुर्किई । बोर्डिंग स्कुलबाट फर्स्ट डिभिजनमा पास भए पनि दुईदुई ठाम्मा नाम निकाल्न सकिन । अब यो  स्कुलमा त नाम जसरी पनि निकाल्दिनै प-यो ।”      “ अँ हो त नि गाँठे ! हत्तेरी…..! नाम निकालिन हगी ? यहाँ पनि एकदमै गाह्रो छ क्यारे ! तैपनि , हुन्छ ! म कोशिश त गर्छु । नानीलेइन्ट्रान्स परीक्षामा कस्तो गरेकी छे कुन्नी ! भर्ना समिति र सबै शिक्षक कर्मचारी भ’ ठाम्मा आँखा छलेर काम गर्न गाह्रो छ क्यारे !” सरले कपाल कन्याए ।      “ छोरीले त राम्रै गरेकी छु भन्थी ! तर मलाई तेति भरोसा त छैन । दुई दुई ठाम्मा फेल भैसकी ।….. एति काम गर्दिए मेरी छोरीको भलैहुन्छ । हजुरलाई परे म पनि ठाम्मा छु । जग्गासग्गा दर्ता, खरिदबिक्री गर्नुपर्दा म पनि हेरम्ला नि । आखिर पालाको पैंचो त हो नि !“ भन्दै खरिदार सापले पचास हजार रुपैयाँ सरको ज्याकेटको खल्तीमा हालिदिए । सरले पनि थाहा नपाए झैं गरे ।सरको पनि खरबारी पाखोदर्ता गर्ने काम मातपोत कार्यालयमा दशकौं देखि रोकिएको थियो । तेति गर्न नसक्दा उनी दिक्क भएका थिए । खरिदारको वचनले उनको मनमा भएको आशाको दीयोमा तेल थपे झैं भयो ।         त्यसपछी दुबै हाँसीखुशी बिदाबादी भए ।                   ************         यतिबेला शिक्षक तेजनाथ पनि अर्कै पीरलोले रन्थनिएका थिए । उनले हालसालै बनाएको घर नामजाँच गर्न आउँने नगरपालिकाको ओभरसियरले बाटोको केन्द्रबाट नाप्दा चार सेन्टीमीटर भित्र परेको भनेर निहुँ खोजिरहेको थियो । त्यस्ले गर्दा नगरपालिकाबाट सम्पन्न पत्रलिन सकेका थिएनन् । त्यतिबेला नै ओभरसियरको मुखमा एकाध हात्तीको बुझो लगाइदिएको भए तत्कालै समस्या समाधान भैहाल्थ्यो ।उनको अहँले भनौं वा पैसाको मायाले हो उनलाई रोक्यो । तर पछि इन्जिनियरलाई भेटे । हाकिमलाई भेटे । मेयर उपमेयरलाई समेत भेटेर अनेक उपाय लगाउँदा पनि काम बनेन । कामको तालाचाबी ओभरसियरको हातमा थियो । उस्ले सही नगरुन्जेल कागज अगाडि बढेन ।आज त उनी काम जसरी पनि फत्ते गर्छु भनी हानिएर नगरपालिका पुगे । ओभरसियर आइपुगेको रहेन्छ । नगरपालिका कार्यालयको बाहिर पट्टीको चौतारीमा बसेर कुर्न थाले । उनले नगरपालिकाको भवन हेरें । गतवर्ष रंगरोगन गरेको भए पनि रंग फुँग उडेको थियो ।वर्षाको पानीले लेउ पलाएर रुँदा रुँदा गाजल अनुहारभरी लत्पतिएको महिलाको अनुहारजस्तो देखिन्थ्यो । ठाउँ ठाउँमा प्लाष्टर उक्किएरभवन भग्नावस्थामा पुगेको थियो । ‘अर्काको घरको डिज़ाइन बनाउँने, मापदंड हेर्ने यहाँका प्राविधिकहरूले आफ्नै अफिस भवनलाई किनहेर्न नसकेका होलान् ? हुन त यी पढ्ने ईन्जिनियरिंग क्याम्पसको त त्यस्तो बिजोग छ !’ उस्को मनमा खेलिरहेका कुराहरूलाई अवरुद्ध गर्दै बाह्र बजेतिर बल्ल ओभरसियर आइपुग्यो ।       “ नमस्ते ओभरसियर साब ! “ तेजनाथले तेजहीन स्वरमा विनीत भावले अभिवादन टक्र्याए ।      “ तपैंको घरले चार सेन्टीमीटर मापदंड मिचेको छ । पैला त्यो सुधार्नोस् !” ओभरसियरले अभिवादन पनि फिर्ता नगरी हाकिमी पाराले रुखो स्वरले फरमान जारी ग-यो ।      “ मैले त मापदंड रौं बराबर नमिचियोस् भनेर राम्रोसंग नापजाँच गरेकै हुम् । खै ऐले कसरी मिचिएको देखिएछ । भैहाल्यो सर, जसरीभएपनि तेति मिलाइबक्स्योस् । हजुरकै हातमा छ । हजुरले त्यति नमिलाइदिंदा मलाई अप्ठ्यारो प-यो ।” तेजनाथले ओभरसियर ख़ुशीहुन्छ कि भनि भारदारी भाषा प्रयोग गरी चाकरी बजायो ।     “ हेर्न मिल्दैन । मैले पनि नियमानुसार काम गर्नुपर्छ । नत्र म नै कारवाहीमा पर्छु । तपैंको लागि म किन कारवाहीमा परुँ ?” ओभरसियर मुख अर्कैतिर फर्काउँदै बोल्यो ।       “ सर ! तेसो नभनिबक्सियोस् । म त गरीव मान्छे ।बडो दुःख गरेर यौटा झुपडी बना’को । बरु सरको दुःखशान्ति म हेरौंला नि !” भन्दैतेजनाथले अघिको पचास हजारका नोटहरू ओभरटाइमको पाइन्टको खल्तीमा  हालिदियो ।        आफ्नो खल्तीमा केही पसेको अनुभव भएपछि ओभरटाइमको प्रतिक्रिया र व्यवहारमा ‘युटर्न’ भयो ।       “ ठिक छ । ठिक छ । मिल्छ भने म हेरौंला । भोली एकपटक आउँनुहोला !“ एताउति हेर्दै ओभरसियर बोल्यो र अफिसमा पस्यो ।   … पुरा पढौ

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुईलाख ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई रु एक÷ एक लाख वितरण गरेको छ ।पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थीतिमा वितरण गरिएको थियो ।काठमाण्डौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा रु एक÷ एक लाख जित्न सफल भएका थिए ।१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम… पुरा पढौ

डिशहोम स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागि ।।

स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ । यो विश्वव्यापी प्रतिस्पर्धा हो जसले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ, विश्वभरि नयाँ सम्झौताहरूमा पहुँच प्रदान गर्दछ, लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत गर्दछ, कर्पाेरेट कम्पनीहरू र लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन र नेटवर्किङको फाइदाहरू, लगानीका अवसरहरू, क्षेत्रका विज्ञहरूसँग भेट्न सक्छन् । यिनै कुरा लाई मध्यनजर गर्दै… पुरा पढौ

अप्ठ्यारो मौद्रिक नीति, त्यसका लागि कम्प्रोमाइज गर्नु बाहेकको बिकल्प छैन

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आउन लागेको मौद्रिक नीतिका कारण सबै क्षेत्रले अलि अलि सकस सहनुपर्ने अवस्था बन्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका छन् ।  म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आज राजधानीमा आगामी मौद्रिक नीतिको विषयमा सुझाव संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नरले मौद्रिक नीति अघिल्ला वर्षहरुको जस्तो लचक नहुने र यसपटकको नीतिले धेरै क्षेत्रलाई सकस हुने प्रष्ट पारेका हुन् ।  ‘अर्थतन्त्र अलिक असजिलो भएको बेला सबै कुरा सहज हुँदैन । कुनै न कुनै किसिमको सहनुपर्ने… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकार र मातहतका कार्यालयहरु सूचनाको हक कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले सोमबार हेटौंडामा आयोजित सूचनाको हक प्रवद्धन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरूमा नागरिकलाई सहज रुपमा सूचना पाउने वातावरण निर्माण गरिने बताए । उनले कार्यालयहरूबाट नागरिकहरुलाई सहजै सूचना पाउने वातावरण बनाउन सम्बन्धित निकायका सूचना अधिकारीहरुलाई निर्देशनसमेत दिए । सूचना अधिकारीहरुको क्षमता विकास गरी प्रविधिमैत्री बनाएर आम नागरिकको पहुँचमा सूचना पुर्याउन सरकार प्रयासरत रहको… पुरा पढौ

भुटानी शरणार्थी परिचयपत्र दिएर विदेश लैजाने धन्दा

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी छानबिनमा तानिएका छन् । गृहमन्त्री हुँदा नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने धन्दामा नीतिगत सहयोग गरेको पाइएपछि उनी छानबिनमा तानिएका हुन् । गणनामा छुटेकालाई भुटानी शरणार्थी परिचयपत्र दिने भनेर तीन वर्षअघि ठूलो चलखेल भएको थियो । त्यसमा गृह मन्त्रालयकै केही अधिकारी मिलेका थिए । त्यसमा करोडौैं पैसा उठाइएको खुलेपछि हाल पीडितहरु प्रहरीमा पुगेका छन् । पीडितहरुले बादलका तत्कालिन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, उनका छोरा निरज राई, माओवादी निकट बिचौलिया सन्देश शर्मा, केशव दुलाललगायतले समेत… पुरा पढौ

६८ रोपनी मात्र होइन पोखराको ३०० रोपनी जग्गाको भाडामा चलखेल । ४०० रोपनी जग्गा एन जि ओ को कब्जामा ।५००० रोपनी ब्यक्तिद्वारा हडपिएको अबस्था

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी को ईतिहास हेर्दा एक असल निस्ठावान कम्युनिस्ट नेता भनेर चिनिन्छन र पनि कहिले १३ करोड कहिले ६ करोड राज्स्व गाएब भएर उनी बिबाद मा तानिए रामघाट ठेक्का देखि देखि फेवाताल ड्याम को बिषयमा समेत मेयर आलोचित बने अहिले कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी सरकारी जग्गा चोरबाटो बाट ठेक्का लगाएको भनी उनी आलोचित बनेका छन यहाँ कुन कुन जग्गा को कसको पालामा को कस्लाइ कसरी दिइयो सो समेत खुलाउने प्रयास गरिएको छ । राष्ट्रबैंक… पुरा पढौ

हजारौँ विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित, देशभरका ७८ नर्सिङ कलेज बन्द

 निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । १०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् । सीटीईभीटीको मापदण्ड… पुरा पढौ