समाचार

ठेक्का प्रचलित ऐन नियम विपरीत गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

जिल्ला रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६०% र गुजरा नगरपालिकाले ४०% रकम वाडँफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुर नगरपालिकाले आ.व. २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा… पुरा पढौ

नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज अमिन टेक बहादुर रायमाझीलाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०२।१७ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा नापी कार्यालय, रुपन्देहीका अमिन टेक बहादुर रायमाझीले जग्गा हालसाबिक गर्न सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३… पुरा पढौ

कास्की आदर्श समाज कतारमा देवकोटा

"कास्की आदर्शको चाहना सभ्य र सम्बृद समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापित आदर्श समाज कतारको मिति २०२२ जुन २४ शुक्रबारको दिन सम्पन्न आठौ अधिबेसन बाट अग्निधर देवकोटा सर्बसम्मत सर्बसम्मत अध्यक्ष चयन हुनुभएको छ । उहाँ संगै अध्यक्ष पदको उमेदवारी दिनुभयका प्रकाश बिक ज्युले आफ्नो उमेदवारी फिर्ता लियर अग्निधर लाई सर्बसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित गरि नेतृत्व प्रदान गर्नुभएकोमा नबनिर्बाचित अध्यक्ष देबकोटाले कास्की आदर्श समाजकतारका निवर्तमान संरक्षक ज्यु निवर्तमान प्रमुख सल्लाहकार ज्यु निबर्तमान सल्लाहकार सदस्यज्युहरु… पुरा पढौ

पोखरा २५ सुइँखेतका घरहरु डुबानमा, ६०० घर प्रभावित

अविरल परेको मुसलधारे वर्षाका कारण पोखरा २५ हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार ६०० घर प्रभावित भएका छन् । थुप्रै घरका मानिसलाई अन्त सार्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए । घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए । ‘उद्धार कार्यमा छौं,’ उनले भने । सुइँखेत… पुरा पढौ

रातो किताब च्यातेर नगरसभा बहिस्कार गर्दै एमाले जनप्रतिनिधि

 पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले बताइन् । पुरा पढौ

गाउँपालिका कै ‘सबैभन्दा कान्छो’अध्यक्षको निर्णय : एम्बुलेन्स निशुल्क गर्ने

सम्भवतः देशको सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष हुन् पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्‍ट कुमार । दोब्बर उमेरका कांग्रेस उम्मेदवार अजय कुमारलाई हराउँदै जनता समाजवादीबाट निर्वाचित बशिष्टले गरेको निर्णय देशभर चर्चामा रहेको छ । उनले कार्यपालिकाको पहिलो बैठकबाट एम्बुलेन्स सेवा निःशुल्क गर्ने निर्णय गरेका छन् । कालिकामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जारी गरेको सूचना अनुसार सम्पूर्ण गर्भावती महिलाहरूका लागि यो सेवा प्राप्त हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरूका स्वास्थ्य जाँच गर्न यस… पुरा पढौ

क्रसर उद्योगसँग मिलेर भ्रष्टाचार 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध उत्खन्नगर्ने कम्पनीलाई सघाउने जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, न्यू पाथिभरा सप्लायर्सका संचालक मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  आयोगका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका कर्मचारी समेतको मिलेमतोमा न्यू पाथिभरा सप्लायर्स हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको जनाएको छ ।  आयोगको  अनुसन्धानमा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा… पुरा पढौ

गण्डकी प्रदेश स्वास्थ्यमन्त्रीको नयाँ कार्यक्रम

यो पटक सरकारले प्रस्तुत गरेको बजेटमा आंशिक प्रतिकृया भैरहेको छ । सरकारमै सहभागि गठबन्धनदलहरु बिचमै बजेटका बारेमा टिकाटिप्पणी भैरहेको बेला गण्डकी प्रदेसको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले भने आफ्नो कार्यक्रममा नयाँ बिषय समाबेश गर्नु भएको छ । आमागी आर्थिक बर्षमा गण्डकी प्रदेस भित्र सञ्चालन हुने गरी उहाले प्रदेश सरकार संग बा,आमा कार्यक्रम सुरु गर्न लाग्नु भएको हो । यो कार्यक्रम मुख्य गरि दिर्घ रोगी बृद्धबृद्धा, एकल महिला तथा पुरुष, छोराछोरीको सहज पहुँच नभएर एक्लोपन महशुस गरेका जेष्ठ नागरीक संग स्वास्थ्य… पुरा पढौ

गोयनका ग्रुपको ठगि: खाद्यबस्तुमा अखाद्य बस्तुको मिसावट 

गोयनका ग्रुपद्वारा उत्पादन गरी बिक्री हुदै आएको खाद्यबस्तुमा अखाद्य बस्तु मिसाई उपभोक्ता ठगी गरेको खुलेको छ । सो ग्रुपले उत्पादन गरेको सनहाई ब्राण्डको उत्पादनमा अखाद्यवस्तु भएको आशंकामा सरकारी निकायबाट अनुगमन गरी कम्पनीमा छापा मारेसंगै सो पुष्टी भएको छ । ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा रहेको उद्योगमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले अनुगमन गरेको हो । अखाद्य वस्तु रहेको भन्ने उजुरी परे पछि चेकजाँच तथा नमुना संकलनको लागि उद्योगको निरिक्षण गरेको कार्यालयले जनाएको छ । सनहाई ब्राण्डको… पुरा पढौ

एकान्तकुनामा लाइसेन्स यसरी बिक्री गरिन्छ

डिजिटल प्रणालीबाट सेवा सहज भयो। तर यसको दुरुयोग भने डर लाग्दो छ। बिचौलीया र कर्मचारीले यो प्रणालीको हदैसम्म दुरुपयोग गरेर मालामाल बन्न सक्छ। सेवाग्राहीको व्यक्तिगत विवरण सिस्टमबाट मेटेर अर्कैको बनाइदिन पनि सक्छ। यस्तै जघन्य अपराध भएको छ, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरमा। यहाँका कर्मचारीहरु बिचौलियासँग सेटिङ मिलाएर अख्तियारीको दुरुपयोग मात्रै गरेका छैनन्, विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५३३ जनाको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र चोरबाटोबाट नयाँ व्यक्तिको नाममा पुनः जारी गरेको खुलेको… पुरा पढौ