समाचार

अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ

मोरङ सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका प्रहरीले जनाएको छ ।  षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।  पुरा पढौ

यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

यातायातको बैकल्पिक व्यवस्था नभएको र एउटामात्र यातायात समितिको सिण्डीकेटका कारण अहिले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा सञ्चालन बस समितिबाट दैनिक यात्रु ठगीदै आएका छन् । सो क्षेत्रमा चल्ने अरनीको यातायातदेखि आमायाङ्ग्री यातायात प्रालि, सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालि नामक समितिबाट यात्रुसंग तेव्वर भाडा असुली गरि ठगी गरेको गुनासो बढ्दै गएको छ । पछिल्लो समयमा सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगमा सञ्चालन हुदै आएको आमायाङ्ग्री यातायात प्रालि सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालि नामक बस सञ्चालक समितिले सेवाभन्दा पनि… पुरा पढौ

शेरबहादुर श्रेष्ठ, पशुपति मुरारका, चिराग गोयल, हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठलाई दिने भनेको विभूषण रद्ध

सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभुषण भनसुन र खरिद गर्ने र आफन्तलाई प्रदान गर्दे आएको आरोप खेख्दै आएको छ । अदालतमा मुद्दा परेका, प्रहरीको फरार सूचीमा रहेका, नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बनेका र भ्रष्टाचारको आरोप लागेकालाई उपलव्ध गराउदै आएसंगै विभुषणको महत्वनै अर्थविहिन बन्न पुगेको छ । सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तीलाई पदक प्रदान गरिदै आएको छ । यसैबीच, सरकारले उपलव्ध गराउने विभुषणको सूचीबाट केही उद्योगी व्यापारीको नाम रद्ध गरेको बताइएको छ । यसरी विभुषणकालागि ठूलो रकम खर्च… पुरा पढौ

हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ, अदालतद्वारा दस दिन म्याद थप

प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो। पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का यमबहादुर गुरुङ र सोही नगरपालिका-८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्।  उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेतले पाइलटमाथि कुटपिट… पुरा पढौ

इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्। आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै: म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी,… पुरा पढौ

प्रशंसाभन्दा आलोचनाले हामीलाई किन धेरै समयसम्म सताइरहन्छ

हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो- लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन। तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्- शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ। चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह… पुरा पढौ

झुठा प्रोफेसर लेख्ने उपकुलपतिलाई कारबाहीको माग सहित मुद्धा दायर

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने अभियन्ताहरुको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर… पुरा पढौ

दुइ करोड भ्रस्टाचार मा मेयर बिरुद्द मुद्धा दायर

जिल्ला स्याङ्जा, गल्याङ नगरपालिकाबाट भएको अदुवाको बीउ खरिदको लागत अनुमान प्रचलित कानून बमोजिम भए गरेको नदेखिएको, बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने सुचना अभियन्ताहरुको प्रमाण सहितको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई रु.१३,००,०००।- थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण… पुरा पढौ

निलम्बन गरेको दुई वर्षपछि सूचना आयोगले निलम्बन फुकुवा गर्न त्रिविलाई दियो आदेश

राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविधालयको परीक्षा प्रकरणमा अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने बताएको छ। २०७७ माघ १० गते त्रिवि धनकुटा बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको समयमा उत्तरपुस्तिका सट्टापट्टा भएको देखेपछि मुख्य कार्यालय सहायक सरिता भण्डारीले सोको तस्बिर खिचेर बाहिर ल्याएको विषयमा आयोगले यस्तो फैसला सुनाएको हो । क्याम्पसमा कार्यरत मुख्य कार्यालय सहायक भण्डारीलाई त्रिवि कार्यकारी परिषद्ले उक्त विषयलाई लिएर २०७७ चैत्र ४ गते निलम्बन गरेको थियो । परीक्षाको गोपनीयता भङ्ग गरेको आरोपमा निलम्बनमा परेकी भण्डारीको निलम्बन… पुरा पढौ