समाचार

सूचना अधिकारीलाई मोबाइल उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

सूचना अधिअकरिको पक्षमा राज्यले बिभिन्न कार्य हरु गरिरहेको छ सो सन्दर्भ लाइ जोडेर पुन: प्रकासन गरिएको छ पुरा पढौ

सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित

सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औँ वार्षिक साधारण सभामा सूचनाको हकका विज्ञ अर्याललाई राष्ट्रिय अवार्डले सम्मान गरेको हो । अर्यालले लामो समयदेखि सूचनाको हकको कार्यान्वयन, सचेतना, सरोकारवाला निकायको भूमिका लगायतका विषयमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ अहिले सार्वजनिक निकायले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न डिजिटल प्रविधिको प्रयोग… पुरा पढौ

राजमार्गका पसलमा व्यापारीहरुको ब्रम्हलुट

शंकर श्रेष्ठ एक पाकेट लेज (जङ्क फुड) किन्दा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मेघनाथ गौतम आफैं नमज्जाले ठगिए । धादिङको धुनीवेशी नगरपालिका–६ को खाना खजाना होटलद्वारा सञ्चालित कोल्ड स्टोरले ७५ रुपैयाँको लेजलाई एक १२० लियो । १०५ रुपैयाँको बदाम जुसलाई १५० रुपैयाँ लिएको पाइयो । बजार अनुगमनको क्रममा ग्राहक बनेर सामान किन्दा आफुमाथी भएको व्यवहार सुनाउँदै गौतम भन्छन्, ‘राजमार्ग क्षेत्रका खुद्रा पसलेहरुको नियत ग्राहकलाई खाए खा, नखाए घिच भनेजस्तै देखियो, देख्दा थोरै रकम भएपनि व्यापारीले कालोबजारी नै चलाएको… पुरा पढौ

कराेडाैं मूल्यको काठ षडेर नष्ट सरोकारवाला निकाय उदासिन

 हिमाली जिल्ला मुगुमा २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुदाँ सडेर कुहिने अवस्थामा पुगेका छन् । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलीमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २५ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सडक निर्माण गर्दा ढालिएका ७ सय क्युफिटका सल्लाको काठ र १८ सय क्युफिटका बाज, धुसीलगायत अन्य प्रजातिका काठ विभिन्न स्थानमा वेवारिसे अवस्थामा राखिएपछि कुहिने अवस्थामा… पुरा पढौ

बहुमुल्य सामान भनेर ठगी धन्दा चलाउने छ जना समातिए

प्राचिन तथा पुरातात्विक बहुमूल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी कार्यमा संलग्न छ जना पक्राउ परेका छन् ।  प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आज समातेको हो । पक्राउ पर्नेमा झापाका ३० वर्षीय अनिल गदाईली, ललितपुरका ४७ वर्षीय रमेश नापित, मकवानपुरका ३५ वर्षीय सत्यनारायण कपाली र ५६ वर्षीय मुरली न्यौपाने, काभ्रेपलाञ्चोकका ३४ वर्षीय विकाश श्रेष्ठ र ओखलढुंगाका ५३ वर्षीय लालबहादुर सुनुवार रहेका छन् ।  उनीहरुले प्राचिन पुरातात्विक सामान दुई करोडमा खरिदबिक्री गर्ने भनी झुक्याएर त्रिभुज आकारको… पुरा पढौ

गाँजासहित पक्राउ परेका कांग्रेस अध्यक्षलाई ३ वर्ष जेल सजाय

उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको उच्च अदालत बागलुङका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए । ‘जिल्लाले गरेको फैसला नै उच्चले सदर गरेको हो,’ उनले भने । ९ महिना अघि जिल्ला अदालत बागलुङले… पुरा पढौ

डिस नेटवर्कलाई डेढ लाख जरिवाना 

अन्तरिक्षमा पृथ्वीको कक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक एउटा कम्पनीमाथि जरिवाना गरेको छ । अन्तरिक्षमा आफ्नो पूरानो स्याटेलाईटलाई नयाँ स्याटेलाइटभन्दा पर्याप्त रुपमा टाढा लैजान असमर्थ भएको भन्दै अमेरिकाको संघीय सञ्चार आयोगले डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो । डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले तोकेको जरिवाना रकम तिर्न सहमत भएको छ । अन्तरिक्ष फोहोर अर्थात् स्पेस जंक भनेका प्रविधिका टुक्राहरु हुन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् । ती टुक्राहरु… पुरा पढौ

सुदूरपश्चिमका मुख्यमन्त्री पाल्न ७ महिनामा २७ लाख सरकारी बजेट खर्च, के–के गरे काम ?

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको तलब–सुविधामा कार्यकालको ७ महिनामा २७ लाखभन्दा बढी सरकारी बजेट खर्च भएको छ । २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहको सेवासुविधामा भदौ ३० गतेसम्म २७ लाख ३९ हजार १०२ रुपैयाँ खर्च भएको छ । राम्रोन्युज डट्कमका प्रधान सम्पादक केशवबहादुर बोहराले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको खर्च विवरणअनुसार मुख्यमन्त्री शाहको तलब, स्वकीय सचिव, कार्यालय सहयोगी, भान्से, सवारीचालकमा लाखौं रकम खर्च भएको पाइएको छ । मुख्यमन्त्री शाहले ७ महिनामा इन्धनमा ६ लाख ५५ हजार… पुरा पढौ