समाचार

रिब्दिकोट गाउँपालिकाले ल्यायो किसानलाई प्रोत्साहन भत्ता

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ ।… पुरा पढौ

व्यक्तिलाई जग्गा किनाउने अख्तियार र सर्वोच्चको निर्णय के थियो ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायले ललिता निवासको जग्गा सरकारको नभई व्यक्तिकै नाममा भएको भनी तामेली राख्ने निर्णय गरेको विषय जोकोहीले पत्याउन सक्दैनन्। तर ललिता निवासको जग्गाको छानबिन गर्न बनेको उनीसहित चारजनाको टोलीले २०६० असार १८ गते त्यहाँको जग्गा सरकारको नभएर व्यक्तिकै हुने ठहर गरेको थियो। अख्तियारमा २०५९ मंसिर १५ गते परेको उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेपछि बिचौलियाहरूलाई जग्गा सकार्न र बिक्री गर्न सहज भएको देखिन्छ। नागरिकलाई प्राप्त कागजातअनुसार २०५९ मंसिर १५ गते अख्तियारबाट मोहनप्रसाद बन्जाडेबाट टिप्पणी उठाई… पुरा पढौ

कुन कुन कार्यलय भ्रष्टाचार गर्ने मुख्य निकायहरू चिन्नुस् 

नेपालमा भ्रष्टाचार र सु–शासनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०७५ ले भ्रष्टाचार मौलाउनुमा राजनीतिक संरक्षण नै प्रमुख कारण रहेको निष्कर्ष निकालेको थियो । सार्वजनिक सेवामा भ्रष्टाचार सम्बन्धी विषयमा प्रोजेक्ट रिसर्च एन्ड इन्जिनीयरिङ एसोसिएट्सले गरेको अध्ययनमा मुख्य कारण ३२.४ प्रतिशत राजनीतिक संरक्षण रहेको औंल्याएको छ । एक अध्ययन अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयहरूमा मालपोत, भूमिसुधार तथा नापी कार्यालय परेका छन । गुठी कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय र वैदेशिक रोजगार कार्यालयहरु बढी भ्रष्टाचार हुने अग्रीम स्थानमा परेका छन ।  दोस्रो स्थानमा यातायात व्यवस्था,… पुरा पढौ

मकवानपुरमा झण्डै दुई क्विण्टल गाँजा र एक दर्जन व्यक्ति पक्राउ

मकवानपुरमा गाँजा ओसारपसारमा संलग्न १२ जना समातिएका छन् । १ सय ९० किलो गाँजासहित प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।  १४४ किलो गाँजासहित छ जना र अरु ४७ किलो गाँजासहित थप छ जना गरी १२ जना समातिएका हुन् । सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातमाटेबाट छुट्टाछुट्टै सवारी साधनमा १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७… पुरा पढौ

सचिबको खातामा चार महिनामा आयो पचासी लाख

मासिक ७२ हजार हाराहारी तलब थाप्ने सचिव टेकनारायण पाण्डेको खातामा चार महिनामै ८५ लाख रुपैयाँ बैंक ब्यालेन्स कसरी थपियो ? यसरी नक्कली भुटानी प्रकरणमा संलग्न सचिव पाण्डेसहितका प्रतिवादीको बैंकिङ कारोबारसम्बन्धी विवरण अध्ययन गर्दा पैसाको डरलाग्दो जालो फेला परेको छ । पाण्डेले सञ्चयकोषका लागि खोलेका एभरेष्ट र हिमालयन बैंकका दुई खातामा ०७८ मंसिर २ गतेदेखि ०७९ वैशाख २३ सम्मको अवधिमा ८४ लाख ९४ हजार ९८ रुपैयाँ १३ पैसा जम्मा भएको छ । उक्त रकम उनका पिएसओ धर्मराज शाहीले जम्मा गरिदिएका हुन् । … पुरा पढौ

हुँदै नभएको वडामा पुल बजेट, संसदको भयो बेइज्जत

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्यमा उत्साह देखिएको छैन । योजना तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह तामाङले प्रस्तुत गरेको बजेटको आकार ६३ अर्ब ६० करोड छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सामाजिक सञ्जाल फेसबुकमै बजेटप्रति गुनासो गरेका छन् । गाउँपालिकाले बहुचर्चित परेवाभीर खण्डलाई ट्रयाक निर्माण गरेर ९ महिना चल्ने बनाएको उल्लेख गर्दै उनले प्रदेश सरकारसँग १२ महिना नै मोटर चल्ने बनाउन माग गर्दा २० लाख रुपैयाँ विनियोजन गरिदिएको प्रसंग उठाएका छन्… पुरा पढौ

बेकामे बन्दै संवैधानिक आयोगहरु

सरकारलाई बढी उत्तरदायी र सक्षम बनाउन विभिन्न समयमा संवैधानिक आयोगहरु स्थापना गरिए । अहिले विभिन्न जिम्मेवारीका १३ संवैधानिक आयोग छन् । TataFollidermकार्यप्रकृतिको हिसाबले बलियो मानिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग पछिल्लो समयमा शिथिल बनेको छ । उसले विशेष अदालतमा चलाएका मुद्दाहरुमा अभियुक्तहरुले धमाधम सफाई पाइरहेका छन् । देखादेख राजनीतिक भागबण्डामा प्रमुख आयुक्तदेखि आयुक्तसम्मको नियुक्तिले नै आयोगको औचित्यमाथि प्रश्न उठाइदिएको छ । appy fizzथुप्रै अधिकार हुँदाहुँदै पनि राजनीतिक नेतृत्वको दबाब र प्रभावमा आयोगले भ्रष्टाचारका ठूला मुद्दामा हात हाल्न सकेको छैन । सात… पुरा पढौ

७५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापनाको माग

उपभोक्ता अधिकारकर्मी तथा पूर्वप्रशासकहरुले उपभोक्तालाई न्याय दिन ७ सय ५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग गरेका छन् । उपभोक्ता जागरण अभियान नेपालले काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट र उपभोक्ताका सवाल विषयक विचार गोष्ठीमा उनीहरुले उपभोक्ता संस्थाहरुलाई कार्यक्रम र बजेट दिएर इमानदार र सक्षम बनाउने, उत्पादक, उपभोक्ता, र सरकारको प्रत्यक्ष सम्पर्कको सञ्जाल बनाएर उत्पादन र बजार सुनिश्चित गर्न माग गरेका हुन् ।  त्यस्तै पालिकाहरुलाई स्वच्छ बजार निर्माणमा बलियो भूमिका दिएर संघका निकायलाई बढी नीति निर्माणमा केन्द्रित… पुरा पढौ

ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता अमिरसँग घुस मागेकी थिइन् : नेपाल बार

नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेकाले अधिवक्ता अमिर लामिछानसँग विवाद भएको दाबी गरेको छ । तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्न माग गर्दै नेपाल बारले आइतबार जारी गरेको विज्ञप्तिमा नासु तामाङले घुस मागेको दाबी गरेको हो ।  साथै बारले घटनाको यथार्थ विवरणलाई बंग्याएर अधिवक्ता लामिछानेलाई दोषी देखाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस)… पुरा पढौ

वैदेशिक रोजगार विभागले निकाल्यो १०० जनाभन्दा बढी श्रमिक पठाउने मेनपावरको सूची

वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षमा १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको छ । असार मसान्त सकिन केही दिन मात्र बाकी रहेका बेला विभागले १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सूची अनुसार सबैभन्दा बढी द रिभर ओभरसिजले श्रमिक पठाएको देखिन्छ । सुर्यविनायकमा रहेको उक्त कम्पनीले सबैभन्दा बढी ५ हजार १२ जनालाई वैदेशिक रोजगारीमा पठाएको देखिन्छ । त्यस्तै इन्टरनेशनल मेनपावर रिक्युटमेन्टले ५ हजार २ जनालाई चालु आर्थिक… पुरा पढौ