समाचार

झुट्टा सर्टिफिकेट बनाएर जागिर खाएकालाई प्रमाण सहित मुद्धा दायर

जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल (नि.मा.वि. स्थायी शिक्षक) ले स्नातक (B.Sc.) तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री भिमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरि प्रसाद कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट… पुरा पढौ

गलत साक्षी बस्ने हरुलाई अख्तियारले चलायो मुद्धा

जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका वडा नं. २,१९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक बर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरुसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा अनुसन्धान भई सम्मानित विशेष अदालतमा दर्ता भएको मुद्दामा आयोगबाट सरकारी साक्षीको रुपमा पेश गरेका छोटेलाल चौधरी र जनकराज बोहराले अदालतमा वकपत्रका क्रममा प्रतिकूल वकपत्र गरेको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको… पुरा पढौ

पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।  दोलखा, मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पीडित युवतीसँग चिनजान गरेका थिए। कुराकानी बढेसँगै उनीहरू प्रेम सम्बन्धमा बसे। त्यतिबेला शारीरिक सम्बन्ध हुँदा खिचिएका अश्लिल फोटो तथा भिडिओहरू सम्बन्ध टुटिसकेपछि खड्काले आफ्ना साथीहरूलाई पठाएका थिए।  त्यसरी अनावश्यक दु:ख, हैरानी र चरित्रहत्या गरेको भन्दै… पुरा पढौ

बृद्ध भत्ता मात्र होइन लालपुर्जा दिने पनि एमाले

मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले बयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएका छन्। मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताएका उनी २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘बसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाएकामा दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउँछन्। यो देशमा एमाले ले बृद्ध भत्ता मात्र होइन लालपुर्जा पनि दिएर नागरिक सरकार बनेको प्रमाणित भएको स्थानीय बताउछन l राई भन्छन्, ‘२०२८ सालमा तत्कालीन मधुमल्ला गाविसमा नापी आयोगले जग्गा नाप्यो, २०४५ सालमा ‘बसन्त भट्टराई आयोग’ ले… पुरा पढौ

१३ करोड को पुल अलपत्र पार्दै जलजला निर्माण सेवा, सरोकार वाला मौन

दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ को गैरागाउँ–घनीबगिया सडकखण्डको कुटवा खोला पुल निर्माण कार्य पुस १३ गतेसम्म पूरा भइसक्नुपर्ने थियो। २०७८ असार १४ गते कटुवा खोला पुल डेढ वर्षमा निर्माण सक्ने गरी करिब ४ करोड १७ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको थियो। सोही मितिमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्न हापुर खोलामा पक्की पुल निर्माणको सम्झौता भएको थियो। हापुर खोलाको पुल ८ करोड ३६ लाख ८३ हजार रुपैयाँ लागतमा निर्माण गर्न सम्झौता भएको छ। यी दुवै पुल… पुरा पढौ

कञ्चनपुरमा अनाथालयका बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

कञ्चनपुरमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा एक अनाथालयका प्रमुख पक्राउ परेका छन्। लामो समयदेखि अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।  बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको खुल्न आएको हो। चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताए पुरा पढौ

एमाले संसदलाई खेद्ने मिडिया संसद अरुण चौधरीको बारेमा किन बोलेन

अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। उनि अदालतको आदेश अनुसार थुनामा बसेका पनि छैनन र जरिवाना पनि बुझाएका छैनन तर एमाले संसदलाई पकाउ नगरेको भनि रविको खेदो खन्ने मिडिया यी बिषयमा किन मौन रह्यो एक रेग्मी थर गरेका पूर्व शिक्षक भन्नुहुन्छ कांग्रेश हरु भोट घट्छ भनेर बोल्दैनन एमालेले चौधरी हाम्रै मतदाता हुन् भनेर मौन बस्छन यो बिषय सबैलाई थाहा भएको तर आफुले हारिन्छ कि भनेर बिरोध नगरेको हो भन्नुहुन्छ अहिले उसैले जितेपछी बल्ल यो कुरा झिकिएको बताउछन… पुरा पढौ

मुख्यसचिवले भने- सूचना गोप्य राख्ने निर्णय फिर्ता लिन्छौं

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मुख्यसचिव शंकर दास वैरागीले सरोकारवाला पक्षसँगको छलफलमा सूचना वर्गीकरणको निर्णय फिर्ता लिने बताएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए। “अहिलेको निर्णय फिर्ता लिएर संविधान र कानून अनुसार गोप्य राख्ने सूचना मात्रै संरक्षण गरिनेछ,” तिमिल्सिनाले भने, “नागरिकलाई सूचनाको हकबाट वञ्चित नगरिने गरी नयाँ निर्णय हुन्छ।” सरोकारवालासँग मुख्यसचिव वैरागीले सोमबार छलफल गरेका थिए। गल्ती भएको भन्दै मुख्यसचिव वैरागीले सबैसँग परामर्श गरेर मात्रै फेरि टुङ्गोमा पुग्ने बताएको छलफलमा सहभागी सूचनाको हक सम्बन्धी अभियन्ता दीपक आचार्यले बताए। ८७ किसिमका सूचना बढीमा… पुरा पढौ

नक्कली कागज बनाएर नगर प्रहरीमा भर्ती, पूर्व-नगर प्रहरीसहित दुई पक्राउ

सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।  पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्। कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो।  यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।  एसपी कोइरालाका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात… पुरा पढौ