समाचार

उत्तर साटासाट गरेर लोक सेवाको परीक्षा दिने २ जनालाई कारवाही

लोकसेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारवाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर उत्तर सारेर लेखेको भन्दै आयोगले कारवाही गरेको हो ।  जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारवाही गरेको छ । आयोगले लोक सेवा आयोग ऐन,… पुरा पढौ

भारतीय वायुसेनाको विमान दुर्घटना

मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । बीबीसीसँग कुरा गर्दै मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए… पुरा पढौ

ईन्जिनियर योगेन्द्र ढुङ्गेल घुस सहित नियन्त्रणमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका आठौं तहमा कार्यरत ईन्जिनियर योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज योगेन्द्र ढुङ्गेललाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइ सकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं. ११ स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

जुम्लाका कार्यालय प्रमुख अंगद बहादुर शाहीलाइ भ्रष्टाचार सम्बन्धी आरोप ।

जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर सहित ३ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।----------------------------------------------------------------------------------------------------जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका कार्यालय प्रमुख, जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले… पुरा पढौ

सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई आयोगद्वारा कारबाही

सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई जरिवाना भएको छ सिरहा जिल्ला, सिरहा न. पा.–७ निवासी परशुराम साहबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहासमक्ष सूचना माग गरेकोमा सूचना उपलब्ध नगराएकोले उपलब्ध गराई पाउँ भनी सूचना आयोग समक्ष मिति २०७९।०२।२३ मा पुनरावेदन परेको थियो । प्रस्तुत पुनरावेदनको सम्बन्धमा यस आयोगबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहाका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी मिति २०७९।०२।२३ मा आदेश भएको थियो । आयोगको आदेशपश्चात्… पुरा पढौ

करोडौँका सभा हल र भ्यूटावरहरू अलपत्र

सरकारले समयमा कार्यविधि निर्माण नगर्दा करोडौँ रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा निर्माण गरेका सभा हल र भ्यूटावरहरू अलपत्र परेका छन् । राज्यकोषको ठुलो रकम सभा हल र भ्यूटावर निर्माणमा खर्च भए पनि सञ्चालन र व्यवस्थापन कार्यविधि अभावमा प्रयोगमा आउन सकेका छैनन् । एक अर्ब ११ करोड रुपैयाँ खर्चेर बनाइएको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यसको एउटा उदाहरण हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौमा उक्त सभा हल उद्घाटन गरेका थिए । उद्घाटन भएको ६ महिनामा एकपटक मात्र उक्त सभा हल… पुरा पढौ

१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद

२०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् ।  उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–०… पुरा पढौ

प्रहरीद्वारा दुई कराेड तेह्र लाखकाे तस्करीका लत्ताकपडाहरु बरामद

बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका सामानहरू बोकेको ट्रक बिरगञ्जबाट काठमाण्डौ तर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले  २०७९ माघ  ०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२६ चण्डालचोक स्थित सडकखण्डबाट बरामद गरेकाे छ । मधेश प्रदेश, प्रहरी कार्यालयका अनुसार,   BR05G 9491 नम्बरको पिकअप,  ना.५ ख ३८४७ नम्बरको मालवाहक ट्रक  र ऐ. वडा नं.१० आदर्शनगर स्थित सडकखण्डबाट बा.प्र.०३-००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा K ईन्टरप्राइजेज ट्रान्सपोर्ट,… पुरा पढौ