समाचार

भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाडौंमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापा उपर विगो रु.१,८७,४७,१४९।४२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज देवी बहादुर थापा मिति २०५६।०४।०५ गते विचारी पदमा सेवा प्रवेशदेखि आ.व. २०७५।०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका… पुरा पढौ

मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महत रु. १,५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।

मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस/रिसवत रु.१,५०,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई सेवाग्राहीबाट रु. १,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट आज मिति २०७९।०१।११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत ६४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षहरुको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी गराई हक हस्तान्तरण गरेको देखिएकाले सो कार्यमा संलग्न निम्नबमोजिमका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता… पुरा पढौ

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका निम्नबमोजिमका पदाधिकारीहरु तथा कर्मचारीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई समितिले जग्गा बितरण गरेका अवस्थामा सहानुभूतिपूर्वक प्राथमिकता दिने भन्ने समितिको मिति २०६४/०७/३० को निर्णयलाई तोडमरोड/अपव्याख्या गरी मिति २०६४/०९/०६ को तत्कालीन नगर विकास समितिका अध्यक्ष कान्तुराम पनेरुको एकल तोक आदेशबाट समितिमा कार्यरत कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गाको… पुरा पढौ

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई मिति २०४९।०४।१२ मा नगर विकास समितिका तत्कालीन अध्यक्ष एवं कञ्चनपुर जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको नगर विकास समितिको बैठकको निर्णयलाई तोडमरोड र अपव्याख्या गरी मिति २०६९।०५।०६ मा समितिका तत्कालीन अध्यक्ष पल्टु रानाबाट टिप्पणी सदर… पुरा पढौ

गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव-इन्जिनियरसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

गोदावरी नगरपालिका, कैलालीमा बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाण (Quantity) को स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भनी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको, इन्जिनियर र सबइन्जिनियरले… पुरा पढौ

डिशहोम फाईवरनेटको नयाँ अफर-५० एमबीपीयस को ईन्टरनेट प्याकेज मात्र रु ६९९ मा ।   

डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ । डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क… पुरा पढौ

CAS ID 71900831042 / 02564251703 भएका डिशहोमका ग्राहकले जिते रु एक लाख ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् ।डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर… पुरा पढौ

अटेरीको कार्ययोजनापत्रको बिक्रीबाट ९६ हजार रुपैयाँ उठ्यो  

अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र(घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने… पुरा पढौ

क्यान ईन्फोटेकको डाइमन्ड स्पोन्सर (प्रायोजक) डिशहोम फाइबरनेट

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।२७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि ३१ मार्फत आफ्नो फाईवरनेटको आवस्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा… पुरा पढौ