समाचार

ताप्लेजुङमा पहिले कहीँ नजितेको माओवादीलाई गठबन्धनका कारण दुइटा पालिका ‘उपहार’ 

पूर्व पहाडी जिल्ला ताप्लेजुङमा गठबन्धनका कारण माओवादी केन्द्रलाई फाइदा भएको छ। अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीलाई यसपटक दुइटा गाउँपालिका उपहार मिलेको छ।  माओवादीले यसपटक मैवाखोला र फक्ताङलुङ गरी दुइटा गाउँपालिका जितेको छ। मैवाखोलामा विजयप्रकाश वनेम र फक्ताङलुङमा राजन लिम्बु विजयी भएका छन्। जबकि अघिल्लो निर्वाचनमा यी दुबै गाउँपालिका एमालेले जितेको थियो।  मैवाखोलाको हकमा अघिल्लो निर्वाचनमा माओवादी तेस्रो दल बनेको थियो। एमालेका राजनकुमार थत्लुङ १२१९ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी डम्बरबहादुर चोङवाङ लिम्बुले १२१९ मत ल्याएका थिए। जबकि लिम्बु एमालेबाट… पुरा पढौ

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्‍न भएको छ । हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १/१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन । प्रदेश १ को… पुरा पढौ

गोरखाको चुमनुव्रीमा फर्जी मत खसेको भन्दै माओवादीले मतगणना गर्न दिएन

मतदान सकिएको चार दिनसम्म चुमनुव्री गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटता रहेको चुमनुव्रीमा दुई दिन लगाएर आइतबार मतपेटिका संकलन भएको छ । तर, सर्वदलीय वैठकले मतगणना गर्ने निर्णय गर्न नसक्दा मतगणना सुरु हुन नसकेको हो । माओवादी केन्द्रले ल्हो मावि मतदान केन्द्रमा फर्जी मत खसेको आशंका गर्दै मतगणना गर्न मानेको छैन । उसले पुन मतदानको माग राख्दै मतगणना रोक्न जेष्ठ १ गते निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । चुमनुव्रीको निर्वाचन अधिकृतको कार्यालयले ल्हो मावि मतदान केन्द्रमा… पुरा पढौ

ललितपुरका २ जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस

ललितपुरका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो । महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विहीन भेटिएपछि सम्बन्धी निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिइन् । आइतबार १० वडाको मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको मतगणना प्रकृया पुनः सुचारु भएको थियो । उनले हस्ताक्षर नभएको मतपत्र बदर पनि… पुरा पढौ

बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुम

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब… पुरा पढौ

कर्णालीको हाल सम्मको नतिजा: कुन दल कहाँ विजयी ?

यी हुन् कांग्रेसले जितेका १८ पालिका – ठूलोभेरी नगरपालिका, डोल्पा -तिलागुफा नगरपालिका, कालीकोट – महाबु गाउँपालिका, दैलेख -भैरवी गाउँपालिका, दैलेख – चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख – ठाँटीकाँध गाउँपालिका, दैलेख – खार्पुनाथ गाउँपालिका, हुम्ला – कुमाख गाउँपालिका, सल्यान -सिद्धकुमाख गाउँपालिका, सल्यान – त्रिवेणी गाउँपालिका ,सल्यान – शारदा नगरपालिका, सल्यान -कनकासुन्दरी गाउँपालिका, जुम्ला – पातारासी गाउँपालिका,जुम्ला – हिमा गाउँपालिका, जुम्ला – मुगुम कार्मारोंग गाउँपालिका, मुगु -कुशे गाउँपालिका, जाजरकोट – शिवालय गाउँपालिका, जाजरकोट – बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम माओवादीले जितेका १३ पालिका  –… पुरा पढौ

पोखरामा एमाले मेयर हराउन एमालेहरु नै लागेको अडियो सार्बजनिक

नेकपा एमालेको सचिवालयले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिममा उनको टिकट खोसियो । कारण थियो, टिकट पाएसँगै सुन पसलबाट सिक्री चोरेको आरोप लगाउँदै भिडियो सार्वजनिक हुनु । त्यही भिडियोलाई देखाएर पौडेलको सट्टा कृष्ण थापा उम्मेदवार चयन भए । भिडियोमा दाबी गरे जस्तो सिक्री चोरे/नचोरेको प्रहरीले अनुसन्धानबाट खुल्ने विषय होला, तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको गुटगत प्रतिस्पर्धा एकअर्कालाई निषेध गर्ने राजनीतिसम्म पुगेकाले त्यो भिडियो बाहिर आएको एमाले नेताहरु पनि स्वीकार… पुरा पढौ

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

१० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् । तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ ।  देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले… पुरा पढौ

सुदुरपस्चिम अहिले सम्म कुन पालिका मा को

सुदुरपस्चिम अपडेटनेपाली कांग्रेस विजयी भएका पालिकाहरू डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थीडडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशीडडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्कीअछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउदअछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकालअछामको बान्नीगढीमा कांग्रेस – टेक बहादु साँउदअछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउदअछामको रामारोशन गाँउपालिका – मानबहादुर साउदबझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहराबझाङको बुंगल नगरपालिका – जय बहादुर धामीडोटीको आदर्श गाउँपालिका–गणेशबहादुर खड्काडोटी सायल गाउँपालिका – धर्मराज जोशीडोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउदडोटीको पूर्वी चौकी गाउँपालिकामा – राम प्रसाद उपाध्यायबैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउदबैतडीको सिगास गाँउपालिका –… पुरा पढौ

हाल सम्म स्थानिय पालिका जितेका अध्यक्ष उपाध्यक्ष को नामावली

विजयी अध्यक्ष उमेद्वारहरु निर्मल राना लालझाँडी गाउँपालिका, कन्चनपुर अध्यक्षहरिश चन्द्र राना बेलडाडी गाउँपालिका, कन्चनपुर अध्यक्षहेम राज चटौत भागेश्वर गाउँपालिका, डडेलधुरा अध्यक्षलक्ष्मी प्रसाद अवस्थी नवदुर्गा गाउँपालिका, डडेलधुरा अध्यक्षईन्द्र बहादुर कार्की गन्यापधुरा गाउँपालिका, डडेलधुरा अध्यक्षशेर सिंह पार्की आलिताल गाउँपालिका, डडेलधुरा अध्यक्षउमेश प्रसाद भट्ट अजयमेरु गाउँपालिका, डडेलधुरा अध्यक्षअम्मर बहादुर कुवंर सुर्नया गाउँपालिका, बैतडी अध्यक्षहरी सिंह धामी सिगास गाउँपालिका, बैतडी अध्यक्षकर्ण सिंह साउद शिवनाथ गाउँपालिका, बैतडी अध्यक्षगोरख बहादुर चन्द पन्चेश्वर गाउँपालिका, बैतडी अध्यक्षसन्तोष प्रकाश जोशी स्वतन्त्र डीलासैनी गाउँपालिका, बैतडी अध्यक्षराम दत्त जोशी लेकम गाउँपालिका,… पुरा पढौ