समाचार

प्रेरणा मेरो आदर्श गुरु

मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक… पुरा पढौ

पोखरा ५ का ज्येष्ठ नागरिकसंग पोखरा महानगर न्यायिक समिति

पोखरा ,असार १७ गते । न्यायिक समितिको काम, कर्तब्य र अधिकार बारे जनस्तरमा पु¥याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखराका विभिन्न संघसंस्थाको आयोजनासंगको सहकार्यमा ज्येष्ठ नागरिक र विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्र्तगत नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नम्वर–५ प्रस्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसंग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।कार्यक्रमको उद्घाटन गदै… पुरा पढौ

नेतासँग फोटो खिचाउँदै हिँड्ने जुठे राउत ठगी आरोपमा पक्राउ

नेतासँग फोटो खिचाउँदै हिँड्ने ललितपुर घर भएका जुठे राउतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–८ घर भई शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । जेठ २ ललितपुर प्रहरीले प्रभाग बालकुमारी र प्रहरी वृत कालिमाटीमा पत्राचार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । कार्कीले भने– ‘अहिले राउत बानेश्वर प्रहरीको हिरासतमा रहेको हामीलाई जानकारी गराएका छन् ।’ क्यानडा पठाउँछु भन्दै ठगेको आरोपमा वैदेशिक… पुरा पढौ

७५३ स्थानीय तहमध्ये ५७ प्रतिशतले बजेट ल्याए, ३२१ पालिका बाँकी

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३२१ पालिकाले बजेट ल्याउन बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि असार १७ गतेसम्म ४३२ वटा मात्र पालिकाले बजेट ल्याएका हुन् ।  सात वटा प्रदेश अन्तर्गत ७५३ वटा स्थानीय तह रहेका छन् । कूल स्थानीय तहमध्ये हालसम्म संघीय मामिला मन्त्रालय अनुसार यस अवधिमा ५७.३७ प्रतिशत पालिकाहरूले बजेट ल्याएका हुन् ।  कर्णाली प्रदेशबाट ७५ प्रतिशत पालिकाले बजेट ल्याए संघीय… पुरा पढौ

कर्मचारी र पदाधिकारीको तलब भत्ता कटौती गरी बेरुजु रकम असुल गर्न लेखा समितिको निर्देशन

कर्णाली प्रदेशको लेखा समितिले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु र त्यसको फर्छ्यौटको विषयमा बृहत् रूपमा छलफल गरेको छ ।  बिहीबार बसेको बैठकले असुल उपर गर्नु पर्ने विषयमा पदाधिकारी तथा कर्मचारीहरूको नाममा रहेको बेरुजु असार महिना भित्रनै असुल उपर गराउने  निर्णय गरेको छ । कर्णाली प्रदेश सरकार र सरकार मातहतका कार्यालयहरूमा नियमित बेरुजु, असुल उपर बेरुजु र पेस्की बेरुजु भएको देखाएको छ । त्यसमा असुल उपर गर्नु पर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ बराबरको रहेको छ । … पुरा पढौ

पाँच दिनसम्म पनि मन्त्रालयको वेबसाइटमा कतिपय पालिकाको बजेट प्रविष्ट भएन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरुले असार १० गते गाउँसभा तथा नगरसभामा नीति कार्यक्रम तथा बजेट पेस गरिसक्नुपर्ने हुन्छ । मधेस प्रदेशमा ८४ वटा स्थानीय तहमध्ये ५२ वटा स्थानीय तहले आफ्नो गाउँसभा तथा नगरसभामा बजेट पेस गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख छ । मन्त्रालयको वेबसाइटमा अपडेट भएका स्थानीय तहहरु मात्र नभएर अपडेट नभएका कतिपय स्थानीय तहले पनि समयमै बजेट ल्याएका छन् । तर मन्त्रालयको वेबसाइटमा ती पालिकाको नाम बजेट ल्याएका पालिकाको सूचीमा अपडेट… पुरा पढौ

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए… पुरा पढौ

अस्थिरताको भुमरीमा राजस्व अनुसन्धान विभाग : डीजी ताक्दै दुई जना सहसचिव

चालू आर्थिक वर्षमा राजस्व चुहावट र छलीका घटना बढ्दा लक्ष्यको ७० प्रतिशत पनि सरकारी राजस्व नउठ्ने अनुमान भइरहेको छ । भन्सार महसुल, भ्याट, आयकर र अन्तःशुल्क राजस्व नै चालू आर्थिक वर्षमा निकै कम उठेको पाइएको छ । २०७९ माघ महिनासम्म भन्सार नाकाबाट दैनिक ७० करोड भन्सार महसुल उठदै आएको थियो । अघिल्लो आर्थिक वर्षहरूमा भने दैनिक १ अर्ब ७० करोड भन्दा बढी राजस्व उठ्ने गरेको जानकार स्रोत बताउँछ । तर भन्सारका कर्मचारीले व्यापारीहरूसँग साँठगाँठ गरी आयातित बस्तुको कम मूल्यांकन गरेर… पुरा पढौ

सरकारी जग्गा हिनामिना गर्ने पोखराका पुर्ब गाबिस अध्यक्ष लगायतलाई मुद्धा दायर

जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. १८, सराङकोटस्थित करिब ५/६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन ग्यारजाती गा.वि.स.का जनप्रतिनिधिहरुसमेतले बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानूनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी गराई बढीबढाउ टेण्डर आव्हान गरी बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको रकम लिई अस्थाई बसोवासको प्रमाणपत्र दिई सरकारी जग्गा अनधिकृत तवरले विक्री वितरण गरेको र तत्कालीन ग्यारजाती गा.वि.स. कै परिवर्तित नाम तत्कालीन सराङकोट गा.वि.स.का जिम्मेवार… पुरा पढौ