समाचार

गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष समेत ४ जना बिरुद्ध भ्रष्टाचार मुद्धा

जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिवसमेतको मिलेमतोमा पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आ.व. २०७२/०७३ र २०७३/०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्यले गुप्तपानी सामुदायिक वनबाट भएको आम्दानी रकम बद्‍नियतपूर्वक बिना विल भरपाई खर्च गरेको देखाई सक्कल विल भरपाई नभएको नक्कली… पुरा पढौ

इन्जिनियर र विचौलिया बिरुद्ध भ्रष्टाचारको मुद्दा

सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले  विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट रु.३,०००।- (तीन हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०५।१० गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा  यातायात व्यवस्था कार्यालय, कर्णाली… पुरा पढौ

सूचनाको हक, यसको कार्यान्वयनका बाधकहरू र प्रभावकारी बनाउने उपाय

सूचनाको हकको अवधारणा :पारदर्शिता र सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ, सुशासनको पूर्वाधार तथा जिम्मेवार सरकार स्थापना गर्ने मुख्य संयन्त्र हो । शासकीय प्रणालीमा सार्वजनिक सरोकारको विषयलाई नागरिक समक्ष प्रस्तुत गर्नु, सार्वजनिक निर्णय वा कार्यलाई देख्न सकिने, बुझ्न सकिने बनाउनुलाई पारदर्शिताको अर्थमा लिइन्छ भने सूचनाको हक भन्नाले कुनै पनि व्यक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक बुझिन्छ । पारदर्शिताको कार्यान्वयनलाई प्रभावकारी बनाउने एक प्रमुख माध्यम सूचनाको हकको कार्यान्वयन हो । नेपालको संविधान (२०७२) को धारा… पुरा पढौ

स्वत प्रकाशन सम्बन्धि आयोगको अनुरोध

सार्बजनिक निकायलाई सूचना आयोगले निम्न जानकारी दिएको छ l सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ३ र ४ बमाेजिम प्रत्येक तिन तिन महिनामा स्वत प्रकाशन गर्नु पर्ने प्रथम त्रैमासिककाे कात्तिक महिनाकाे १५ गते भित्र प्रकाशन गर्न गराउन सवै सार्वजनिक निकायलाइ आयाेग अनुराेध गर्दछ । स्वत प्रकाशन आयोगको PDMS (PorActive Disclosure Management System) मा प्रविष्ट गर्न नबिर्सौ । सूचनाकाे हक सम्बन्धी कानून पालना गराै‌ गराअाैं । 33 पुरा पढौ

जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रमुख सेनानी सविन प्रताप केसी, प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लालसिंह विष्ट, निमित्त जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायत लगायतको उपस्थितिमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवराज चपाईंले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्। यही असोज २०… पुरा पढौ

गोरखाको ‘चुमनुब्री स्याउ’ हेलिकोप्टरबाट ढुवानी

गोरखाको चुमनुब्री स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौंको बजारमा पुर्‍याइएको छ।  चुमनुब्री-४ नाम्रुङमा उत्पादन भएको गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ नक्शालको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले जानकारी दिए। 'गत वर्षदेखि स्याउ फल्न थाले पनि व्यवसायिक उत्पादन यसै वर्षदेखि सुरु भएको हो', लामाले भने, 'यसलाई मैले चुमनुब्री स्याउ भनेर ब्राण्डिङ गरेको छु। कुनै विषादी, रासायनिक मल प्रयोग गरेको छैन। स्याउ विशुद्ध अर्गानिक छ।' बगैंचाको चार हजार तीनसय ७० वटा… पुरा पढौ