समाचार

गणेश बहादुर खुलाल उपर घुस लिएको सम्बन्धी आरोप-पत्र दायर।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।३१ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग रु.५,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि… पुरा पढौ

सव-इन्जिनियर विष्णु रोकायको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ।

जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव-इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरी राष्ट्रसेवकको ‌ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले Diploma in Civil Engineering को शैक्षिक… पुरा पढौ

भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेकोे वताएउनुभएको छ । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताउनुभएको हो । मुलुक चरम भ्रष्टचार, महंगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको उहाले भन्नुभयो । आगामी निर्वाचनमा सधै सत्तामा रहने दलहरुको विकल्प खोज्न मतदातालाई लिङदेनको आग्रह गर्नुभयो । अधिकांश युवा शक्ति वैदेशिक रोजगारमा रहेको र देशमा जेष्ठ नागरिक र भएका युवाहरु पनि दलका पछाडि लागेकाले समस्या अझ थपिदै गएको उहाको… पुरा पढौ

भ्रष्टाचार होइन सिक्टामा भने भएको के हो ?

सिक्टा सिंचाइ आयोजनामा पानी बग्दाको दृष्य २४ भदौ, काठमाडौं । अनियमितता, बेथिति र ढिलासुस्ती नेपालको राष्ट्रिय चरित्र भएको छ भनेर देखाउने पछिल्लो उदाहरण हो, बाँकेको सिक्टा सिंचाइ आयोजना । भ्रष्टाचारका कारण निर्माण सम्पन्न नहुँदै आयोजना भत्किएको अनि भ्रष्टाचार भएको आरोपलाई विशेष अदालतले अस्वीकार गरेको अवस्थामा छ यो आयोजना । विशेष अदालतले अभियोग पुष्टि नहुने भन्दै सबै आरोपितहरूलाई सफाइ दिएको छ । अदालतले ५ असार, २०७९ मा ‘देवानी दायित्वको विषयमा भ्रष्टाचारको आरोप स्थापित हुन नसक्ने’ भन्दै आरोपितहरूलाई सफाइ दियो । राय… पुरा पढौ

भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै दाहालले मुलुकको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर जानुपर्ने बताउनुभएको हो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगति, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिने आफूलाई विश्वास रहेको जिकिर गर्दै दाहालले भन्नुभयो– ‘संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्छ… पुरा पढौ

कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद

विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक दीपिका रेग्मीलाई दोषी ठहर गरेर विशेष अदालतले सोमबार कैद निर्धारण समेत गरेको सूचना अधिकारी नारद भट्टराईले बताए । उनीहरुमाथि बैंकको ४ करोड रुपैयाँ हिनामिना गरेको आरोप थियो । विशेष… पुरा पढौ

सार्वजनिक निकायमा सूचना माग गर्ने प्रक्रिया

यदि तपाईं एक सामान्य नेपाली नागरिक हुनुहुन्छ भने तपाईंका लागि सूचनाको हकसम्बन्धी कानुन एउटा सबैभन्दा प्रभावकारी सहयोगी औजार हो । यो हकले तपाईंलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको भूमिका प्रदान गरेको छ । यसको प्रयोगद्वारा आफ्नो अधिकार र आफूले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न तथा आफ्ना समस्याहरू समाधान गर्न मद्दत पु¥याउँछ । यो हकमार्फत तपाईं आफ्नो सरोकारका विषयका सूचना प्राप्त गर्न सक्नुहुन्छ भने सार्वजनिक सरोकारका सूचना थाहा पाएर एक सक्रिय नागरिक बन्न सक्नुहुनेछ । तपाईंलाई तपाईंले तिरेको तिरो, कर तथा तपाईंको… पुरा पढौ

आन्तरिक राजस्व कार्यालयकि बिन्दु श्रेष्ठ प्रधान लाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीबाट रु.३०,०००।-(तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०४।१८ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, महाराजगंजकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.३०,०००।- लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त… पुरा पढौ