समाचार

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयमा फिर्ता

कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किएका छन् ।  नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारी हाजिरी गर्न नपाएपछि मन्त्रालयमा नै फर्किएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयको सरुवा पत्र बोकेर हाजिर हुन सोमबार कार्यालयमा आएका थिए ।  तलब भत्ता र करार सेवा अवधि… पुरा पढौ

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल, प्रतिवेदन एक महिनाभित्रै बुझाउन निर्देशन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ । कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात… पुरा पढौ

उपाध्यक्ष द्वारा कार्यकारीमाथि हातपात

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली कार्यकक्षमै कुटिएका छन् । उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएको जाहेरीपछि उक्त तथ्य खुलेको हो । उनले हिजो प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । पालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) ले गत बिहीबार ज्ञवालीको कार्यकक्षमै पुगेर हातपात गरेको जाहेरीमा उल्लेख छ । गाडीको विषयलाई लिएर उपाध्यक्षले ज्ञवालीलाई कुटपिट गरेको बताइएको छ ।  उपाध्यक्ष कुर्मीे कार्यालयको सिसी क्यामरा बन्द गरेर प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कार्यकक्षमा छिरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि टाउकोमा दुई मुक्का… पुरा पढौ

जुवाडेले नगद होइन अब ओखर प्रयोग गरि जुवा खेल्न थाले

राजधानीमा पछिल्लो समय जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–११, कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नुकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा सात जनालाई पक्रेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ललितपुरको गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङसहित सात जनालाई नगद र ओखरसहित नियन्त्रणमा लिएको हो । २३ हजार ६८० रुपैयाँ नगद र सात जनाको साथबाट आठ दाना ओखर फेला परेको छ । पुरा पढौ

बिर्तामोडमा सूचनाको हक सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापाको बिर्तामोड नगरपालिकाले आइतवार (आज) सूचनाको हक सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाको आयोजनामा  नगरभित्र हुने गरेका काम कारवाहीको विषयमा सबैलाई जानकारी प्रदान गराउने उदेश्यले सबै नागरिकलाई सूशुचित गराउन सूचनाको हक सम्वन्धि कार्यक्रम सम्पन्न गरिएको हो । करिब ५२ जना सहभागी रहेको सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको हक प्रयोग र त्यसको फाइदाका विषयमा जानकारी  गराउनुभएको थियो ।   कार्यक्रमका सहभागीहरुले सहज रुपमा अझैंपनि सूचना पाउन नसक्ने अवस्था रहेको बताएका थिए । जिल्ला स्थित… पुरा पढौ

भारतमा उपभोक्ता अधिकार

उपभोक्ता अधिकारको परिभाषा ‘वस्तु वा सेवाको गुणस्तर, क्षमता, परिमाण, शुद्धता, मूल्य र मापदण्डको बारेमा जानकारी पाउने अधिकार’ हो, जस्तोसुकै भए तापनि उपभोक्तालाई कुनै पनि अनुचित अभ्यासबाट सुरक्षित राख्नुपर्ने हुन्छ । उपभोक्ताहरूलाई यी अधिकारहरू थाहा हुनु धेरै आवश्यक छ। यद्यपि भारतमा उपभोक्ता अधिकारको रक्षा गर्न बलियो र स्पष्ट कानूनहरू छन्, तर भारतका उपभोक्ताहरूको वास्तविक दुर्दशा पूर्ण रूपमा निराशाजनक घोषणा गर्न सकिन्छ। भारतमा उपभोक्ता अधिकारको रक्षाका लागि लागू भएका विभिन्न कानुनमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको उपभोक्ता संरक्षण ऐन, १९८६ हो। यस कानूनअनुसार व्यक्ति,… पुरा पढौ

RTI International लाई न्युजवीकले अभिभावक र परिवारका लागि अमेरिकाको सबैभन्दा ठूलो कार्यस्थलको रूपमा मान्यता दिएको छ

 रैंकिंगले RTI लाई परिवार-मैत्री कार्यस्थलको रूपमा स्वीकार गरेको छ ।  रिसर्च त्रिकोण पार्क, एनसी - आरटीआई इन्टरनेशनल, एक गैर नाफामुखी अनुसन्धान संस्थान, न्यूजवीकको अमेरिकाको सबैभन्दा ठूलो कार्यस्थलहरूका लागि अभिभावक र परिवारहरू 2023 को रैंकिंगमा शीर्ष 800 संस्थाहरू मध्ये एकको रूपमा समावेश गरिएको थियो। बजार-डेटा अनुसन्धान फर्म प्लान्ट-ए इनसाइट्ससँग सहकार्य। RTI International यस वर्ष न्यूजवीकद्वारा दुई पटक सम्मानित भएको छ ।  "अभिभावक र परिवारहरूका लागि अमेरिकाको सबैभन्दा ठूलो कार्यस्थलहरू मध्ये एकको रूपमा यो स्वीकृति RTI, स्टाफ र उनीहरूले समर्थन गर्ने परिवारहरूको लागि प्रमाण हो। दिमागको लचिलोपनको… पुरा पढौ

एक कराेडकाे बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू सहित ट्रक नियन्त्रण

जिल्ला प्रहरी कार्यालय पर्साले  २०८० कात्तिक १५ गते २३:३० बजे राति बिल विजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला पारेकाे हाे ।   सो विल बिजक शंकास्पद देखिएको हुँदा प्रहरी चेकजाँच गर्दा  रू.९९,६९,०९३।… पुरा पढौ

चौथो अंगमा तारानाथ दाहाल : समाचार बुझ्ने सम्पादक कम भएकाले सूचनाको हक प्रयोग भएन 

सूचनाको हकसम्बन्धी अवधारणा नै छापा माध्यममा कति लेख्न पाउने, कति लेख्न नपाउने भन्नेबाट सुरु भयो। राष्ट्रिय सेनाले गरेको खर्च र कामबारे लेख्न हुन्छ कि हुँदैन भन्ने विवाद उत्कर्षमा थियो ती देशमा।  धेरै बहसपछि नागरिकले तिरेको करबाट कुनै पनि काम हुन्छ भने त्यो सार्वजनिक हुनुपर्छ भन्ने अवधारणा आयो र समाचारहरु लेखिए। युद्धको रणनीतिक संवेदनशीलताबाहेक अन्य कुरा लेखिए। त्यसपछि भएको फ्रान्सेली क्रान्तिपछिको घोषणापत्रमा पनि नागरिकले तिरेको करको हिसाब माग्ने अधिकार हुन्छ भन्ने उल्लेख गरियो।  नेपालमा २०४७ मा बनेको संविधानमा सूचनाको हक त… पुरा पढौ

देउराली सहकारीका अध्यक्ष चौलागाईं बचतकर्ता ठगेर चढ्थे साढे २ करोडको ‘फर्चुनर’

२० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ। निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए । उनले प्रयोग गर्दै आएको गाडी विगतमा मिटरब्याजको आरोपमा पक्राउ परेका गणेश उप्रेतीसँग साढे दुई करोड रुपैयाँमा खरिद गरेको अनुसन्धानमा खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को थुनामा रहेका चौलागाईंले सहकारीको पैसा हिनामिना गरी जोडेको व्यक्तिगत सम्पत्तिमाथि पनि प्रहरीले रोक्का राखी अनुसन्धान गरिरहेको छ । उनले विभिन्न… पुरा पढौ