समाचार

पेस्तोल सहित नेपाल भारत सहजै आउजाउ गर्छन नेपालि युबा

स्वचालित र नलकटुवा पेस्तोल बोकेका दुई जना सर्लाहीमा पक्राउ परेका छन् । उनीहरुलाई पर्सा गाउँपालिका ६, पर्सा बोर्डर नजिकै सशस्त्र प्रहरी बलको बिओपी टोलीले हतियारसहित पक्रेको बताइको छ । सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा भारत सहोर्वाबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआरआई ९जीए४१४१ नम्बरको मोटरसाइकलबाट जीवनकुमार यादव र प्रकाशचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो ।  सर्लाही हरपुर्वा नगरपालिका ६ का जीवनको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ केएफ लेखिएको गोली १५ थान,… पुरा पढौ

मिलन केन्द्र बन्दै छ ज्येष्ठ नागरिकको सहारा

ज्येष्ठ नागरिक गङ्गाराम भट्टराई घरमा बसिरहन पट्यार लागेपछि वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउनुहुन्छ। सो सेवा केन्द्रमा नियमित हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उहाँसँगै अन्य नागरिक पनि त्यहाँ पुग्नुहुन्छ।  २०६५ सालदेखि नै उहाँ नियमित सेवा केन्द्रमा जाने गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “दैनिक गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ।” सेवा केन्द्रमा छरछिमेकका अरूलाई पनि लिएर जाने गरेको उहाँ बताउनुहुन्छ। घरमा बसिरहँदा खासै आनन्द आउँदैन,… पुरा पढौ

जिल्ला प्रशासन कार्यालयले नै दिँदैन सूचना

जिल्ला प्रशासन कार्यालय डोटीले मागेअनुसार सूचना नदिएको सेवाग्राहीहरुको गुनासो छ । देशमा १७औं राष्ट्रिय सूचना दिवस मनाइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाटै सूचना नदिएको सर्वसाधारणले गुनासो गरेका हुन् । ‘मैले विधिपूर्वक सूचनाको हक प्रयोग गरी निवेदन दिएको थिएँ’, डोटी दिपायल सिलगढी नगरपालिका- २ का रतनबहादुर कठायतले भने, ‘तर जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी दीपा जोशीले यो सूचना गोप्य हो भन्दै दिन मान्नुभएन ।’ सूचना दिन नमिल्ने भए लेखेर दिन आफूले भन्दा सूचना अधिकारीले नदिएको उनको गुनासो थियो । कठायतले साउन… पुरा पढौ

सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस 

सिराहामा विभिन्न कार्यक्रम गरी १७औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ।  सिराहा पुस्तकालयको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ नारासहित प्रभातफेरी र समुदाय जागरण अभियानअन्तर्गत सरोकारवालाको सहभागितामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे हाे।  सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा सिराहा पुस्तकालयको आयोजनामा दिवस मनाइएको हो। सिराहा सदरमुकामको सहिद राजेश ठाकुर पार्कदेखि निकालिएको प्रभातफेरी सिराहा बजारको परिक्रमा गरी सिराहा पुस्तकालयमा पुगेर अन्तर्क्रियामा परिणत भएको थियो। अन्तर्क्रियामा मधेस प्रदेशका पूर्वराज्यमन्त्री सञ्जयकुमार यादव, प्रदेश सभा सदस्य जिवछीकुमारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेल, नेपाल… पुरा पढौ

सूचना उपलब्ध गराउन कोसी प्रदेशका मन्त्रालयमा खबरदारी

सूचनाको हकका अभियन्ता तथा सञ्चारकर्मीहरुले समयमै सूचना उपलब्ध गराउनुपर्ने माग राखेर आइतबार कोसी प्रदेशका मन्त्रालयहरुमा खबरदारी गरेका छन्।  ऐनले तोकेको समयभित्र सूचना उपलब्ध नगराइएको भन्दै १७ औं राष्ट्रिय सूचना दिवसको अवसर पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, कृषि तथा सहकारीलगायतका मन्त्रालयहरुमा खबरदारी गरिएको हो। विभिन्न मन्त्रालयमा पुगेर सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकार चुमन बस्नेत, नवीन कर्ण, सोनुकुमार दाससमेतको समूहले खबरदारी गरेको छ।  खबरदारीका लागि ‘सूचनाको अधिकार, विकास र समृद्धिको आधार’, ‘नागरिकलाई सूचना दिन्नभन्ने… पुरा पढौ

सूचनाको हक र सुशासन

विश्वमा सूचनाको हकसम्बन्धी अवधारणाको विकास सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन भएको हो । शासक/प्रशासकबाट हुन सक्ने गलत निर्णय र भ्रष्टाचारजन्य गैरकानुनी कार्यमाथि नागरिकले प्रश्न गर्न पाउनु पर्छ भन्ने मान्यताका साथ यो अवधारणाको विकास भएको हो । नागरिकबाट कर उठाएर राज्यकोषमा जम्मा भएको रकम राजाले कहाँ, कसरी खर्च गरे भनेर नागरिक प्रतिनिधिलाई जानकारी दिन सन् १७६६ मा स्विडेनको तत्कालीन संसद्ले राजा एडोल्फ फ्रेडरिकलाई आग्रह ग-यो । जननिर्वाचित संसद्को आग्रहप्रति राजाले आनाकानी गरे । संसद्ले आफूले तिरेको कर कहाँ र कसरी खर्च भएको… पुरा पढौ

सूचनाको हकलाई आम जनतामा पुर्‍याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्ने : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सार्वजनिक निकायहरूमा डिजिटल गभर्नेन्सको प्रयोग बढाउनुपर्ने र सूचनाको हकलाई आम जनतामा पुर्‍याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  राष्ट्रिय सूचना आयोगले काठमाडौँमा आज आयोजना गरेको १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताउनुभयो ।  प्रधानमन्त्री प्रचण्डले सरकार देशको समृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको भन्नुहुँदै भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर सुशासन कायम गर्ने कार्यमा सबैको साथ र सहयोगको… पुरा पढौ

ठेकेदार महम्मद सहित वडा अध्यक्ष द्वारा भ्रस्टाचार

जिल्ला कपिलवस्तु, साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं. ८ हाल बिजयनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिईखाई सार्वजनिक सम्पत्ति रु.६,१०,०००।- (छ लाख दश हजार) हिनामिना गरेको देखिन आएकोले निज विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष… पुरा पढौ

मध्यराति छापाखाना फुटाएर प्लेट चोरी

काठमाडौंको मध्यभाग बागबजारमा रहेको छापाखानामा चोरी भएको छ । स्थानीय कुमार फुयाँलको गणेश अपसेट प्रेस (छापाखाना) मा गएराति अज्ञात समूहले चोरी गरेको बताइएको छ ।   सटरको ताला फोडेर करिब २० लाख रुपैयाँ बराबरको १५ सय थान आल्मुनियमको प्लेट प्रेसबाट चोरी भएको छ ।  चोरीमा संलग्न फरार व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

राक्सिराङ्ग गाउँपालिकामा आयातित खादा, माला, ब्याचलगायतका सामग्री प्रयोग बन्द

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिकास्तरमा हुने कुनै पनि कार्यक्रम, समारोहमा आयातित खादा, माला, ब्याचलगायतका सामग्री प्रयोग नगर्ने निर्णय गरेको छ ।  गाउँपालिकाले सार्वजनिक कार्यक्रम, सभा सभारोह, स्वागत सत्कार कार्यक्रममा आयातित कपडाको खादा, माला, ब्याचलगायतका सामान निषेध गर्ने भएको हो । स्थानीय मौलिक उत्पादन बाहेक अन्य कुनै सामान प्रयोग नगरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।  सार्वजनिक कार्यक्रममा हुने खर्चमा मितव्ययिता अपनाउन, वातावरणीय प्रदुषणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न, भड्किलो संस्कृति र कुरीति रोक्न उक्त निर्णय गरिएको उनको भनाई छ । यसले स्थानीय… पुरा पढौ