समाचार

कटुवा पेस्तोल सहित पक्राउ

सुनसरी, दुहबी नगरपालिका-३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  पुरा पढौ

धनमाल चोरीमा संलग्न ६ जना पक्राउ

 रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय  अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय… पुरा पढौ

सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न

रास्ट्रीय सूचना आयोग ले काठमाडौं को बानेस्वर स्थित अल्फा हाउस मा सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ । बिहान ८ बजे शुरु हुने भनिएको कार्यक्रम बिना उदघाटन करिब डेढ घण्टा ढिलो गरि शुरु भएको थियो । कार्यक्रम का प्रमुख अतिथि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय का माननीय मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की ज्यू चुनाबी क्षेत्र बाट फर्कन समय लागेको कारण दिउसोको १२;३३ मा आइपुग्नुभएको थियो र १२:४४ मा कार्यक्रम उद्घाटन भएको थियो ।… पुरा पढौ

सूचना संजाल को बैठक सम्पन्न

मिति : २०७८।०९।१० गते साझ ७ बजे देखि बसेको आरटिआई संजालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । बैठक मा केहि महत्वपूर्ण छलफलहरु भएका छन् । क) प्रदेशगत भेलाको आयोजना गर्ने (यसको लागि कार्ययोजना बनाएर अगाडी बढ्ने) ख) अभियन्ताहरु अन्य विभिन्न संघ संस्था वा नेटवर्कहरुमा रहेको हुँदा विभिन्न नेटवर्क र संस्थाहरुसँगको सहकार्य र समन्वयमा स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहमा सूचनाको हकको प्रबद्र्धन गर्ने गराउने । ग) रष्ट्यि सूचना आयोगले आयोजना गर्ने कार्यक्रममा अभियन्ताहरुलाई सक्रिय सहभागी गराउने र सूचनाको… पुरा पढौ

जागौं नेपाल द्वारा १ लाख सहयोग

बिभिन्न सहयोग सहित सूचना समाज बनाउन अगाडी बढेको जागौं नेपाल ले नेपालमा लकडाउन को समयमा रबि लामिछाने ले शुरु गरेको अस्पताललाइ १ लाख ११ हजार १ सय ११ सहयोग गरेको थियो, तेस्तै कर्णाली प्रदेश मा खाद्यान सहयोग, कास्कीका सुकुम्बासी बस्तीमा खाध्यान सहयोग , लम्जुंग र गोर्खा मा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पोखरा बृद्दाश्रम र कास्की ट्राफिक लाइ समेत सहयोग गरेको जागौं नेपाल ले हिजो बालबालिकाको क्षेत्रमा काम गरेको आशाको पहिलो किरण नामक संस्थालाई ५० हजार १ र मानब… पुरा पढौ

रोट्राक्ट क्लब अफ पोखरा मिटडाउन को फुटसल सम्पन्न

सन्जय जैसी, पोखरा संबाददाता रोट्राक्ट क्लब अफ पोखरा मिडटाउनले late Krishna Thapa memorial Futsal Tournament सम्पन्न गरेको छ !! पोखरा 6 लेकसाइडमा अवस्थित फरेस्ट स्पोर्ट्स एन्ड रिकृयसन सेन्टरमा पुष 3 गते भयको प्रतियोगिता रोटरि क्लब अफ पोखरा मिडटाउनका सदस्य रो. कृष्ण थापा को सम्झनामा आयोजना गरियको उक्त प्रतियोगितामा पोखरामा अवस्थित रोटरि एबम रोट्राक्ट क्लब हरुको सहभागीता भयको थियो। प्रतियोगिताको उदघाटन रोटरि district 3292 zone 4 का AG रो. माधब सिग्देल ज्यु ले म्याच रेफृ लाइ बल हस्तान्तरण गरेर सुरुबात गर्नु… पुरा पढौ

जागाै नेपालद्वारा बाल आश्रम लाइ सहयोग

जागौं नेपाल प्रवास समितिले "आफू बाचौं,अरुलाई बचाऔं,पुन्य कमाऔं भन्ने मुल नाराका साथ गरेको आर्थिक सङ्कलन अभियान अन्तर्गत संकलित रकम प्रवास समिती अन्तर्गतका शाखा समितिहरु साइप्रस, कतार, दुबई, साउदीअरब, मलेसिया, क्रोसिया, ओमन, जापान, कुवेत लगायत सम्पूर्ण शाखा समितिहरुले गर्नुभएको सहयोग रकम मध्य आज एक कार्यक्रम बीच दुबई शाखाका संयोजक रमेश बिसुन्के द्वारा नेपालका विकट जिल्लाहरुबाट ल्याइएका अनाथ, असाहय, टुहुरा बालबालिकाहरुलाई पालनपोषण, शिक्षादिक्षा दिदै आएको पबित्र मानवीय संस्था " आशाको पहिलो किरण " नामक बाल आश्रमका संचालक श्री ऋषि गौतम ज्यु मार्फत… पुरा पढौ

पोखरा टेलिभिजन मा काफ्ले अध्यक्ष

पोखरा टेलिभिजन एण्ड मिडीया प्रा.लिको अध्यक्षमा युवा ब्यबशायी तथा समाजसेवी जनक काफ्ले र्निबाचित हुनु भएको छ ।पोखरामा रहेको टेलिभिजनको हालै सम्पन्न बिषेश साधारण सभाले उहाँलाई अध्यक्ष चयन गरेको हो । पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको टेलिभिजनलाई समय अनुकुल जनताको चासो र बजारको माग अनुसार परिस्कृत बनाउदै लैजाने गरि नयाँ ब्यबस्थापन आए संगै काफ्लेलाई अध्यक्षमा र्निबाचीत गरेको हो । आजभन्दा ९ बर्ष अगाडी दर्ता भै सञ्चालन भैरहेको एच.डी क्वालीटीको टेलिभिजन हाल केवल नेटवर्क बाट देशभर सञ्चालन भैरहेको छ ।टेलिभिजनलाई थप जनमैत्री… पुरा पढौ