समाचार

पोखरा महानगरको न्यायिक इजलास सञ्चालनमा

पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ । स्थानिय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसंगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसंगै सञ्चालनमा आएको हो । नेपालको संविधानले न्यायिक समितिको संयोजक उमेयर रहने र दुई जना सदस्य नगरसभाबाट मनोनित गर्ने व्यवस्था रहेको छ । संवैधानिक व्यवस्था अन्तर्गत महानगरको एघारौँ नगरसभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनित भएसंगै न्यायिक समितिले पूर्णता पाएको थियो । देश संघीय संरचनामा गएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको पहिलो… पुरा पढौ

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग… पुरा पढौ

हुण्डी मार्फत मासिक १ अर्ब रकम विदेशियो

देशभर रहेका सवारी साधनको स्पेयर्स पार्ट्सको व्यापार व्यवसाय गर्दै आएका व्यापारीबाट मासिक रुपमा करोडौ रुपैयाँको राजश्व छली हुदै आएको भेटिएको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुनेमध्ये स्पेयर्स पार्ट्सका सामान समेत चोरी पैठारीबाट नेपाल भित्राएर अत्याधिक मुल्यमा बिक्री हुदै आएपनि सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने राजश्व र कर भन ठूलो परिमाणमा छली हुदै आएको भन्सार विभागले नै जनाएको छ । यस क्षेत्रमा सरकारको ध्यान नगएकै कारण मासिक रुपमा नेपालबाट अबैधरुपमा भारतमा १ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेको समेत पाइएको छ… पुरा पढौ

भ्याट असुली गर्न सरकार असफल

विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा त्यसका सञ्चालकबाट जनतासंग मुल्यअभिबृद्धि कर (भ्याट) असुली गर्ने तर सरकारी ढुकुटीमा नबुझाउने दर्जनौ कम्पनीमाथी सरकारले कारबाही गर्ने भएको छ । यसैक्रममा यसरी कर, राजश्व र भ्याट सेवाग्राहीबाट असुली गरि सरकारी ढुकुटीमा नबुझानेमाथी आन्तरिक राजश्व बिभाग, आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले कारबाही सुरु गरेको छ । सो कार्यालयले भ्याट तथा आयकर बक्यौता रकम समयमा दाखिला नगर्ने कारदाताहरूको नामावली समेत सार्वजनिक गरेको छ । कार्यालयले कर दाखिलाका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गर्दै बसेपछि… पुरा पढौ

गाउँपालिका अधिकृत दिपेन्द्र बुढा क्षेत्री घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दिपेन्द्र बुढा क्षेत्रीलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा घोडाघोडी नगरपालिका-१, स्थित होटेल नवरत्नबाट मिति २०७९।०४।०१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

छोटो समयमै बन्यो २९६ किलोमिटर लामो र चार लेनको बुन्देलखण्ड एक्सप्रेसवे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड एक्सप्रेस–वेको उद्घाटन गरेका छन् । यस एक्सप्रेस–वेको शिलान्यास २०२० फेब्रुअरीमा मोदीले नै गरेका थिए । द्रुतमार्ग २८ महिनामै तयार भएको छ । चार लेनको बुन्देलखण्ड एक्सप्रेस–वे १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । पछि ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो ।  २९६ किलोमिटर लामो र चार लेनको बुन्देलखण्ड एक्सप्रेसवे उत्तर प्रदेश राज्यका सात जिल्लाहरु चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन,… पुरा पढौ

फरार रहेका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद… पुरा पढौ

विकास बजेट फ्रिज, दाङमा कुल बजेटको ६५.३८ प्रतिशत रकम मात्रै खर्च

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो ।… पुरा पढौ

मोटरसाईकल चोरी गर्ने पक्राउ

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो । महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको… पुरा पढौ