समाचार

खरदार नै माग्छन डेढ लाख घुस

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस रकम बापत रु १,३५,०००।- माग गरेपछी अभियन्ता हरुले अख्तियार दुरुपयोग अनुसन्धानमा खबर गरेपछि आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निज खरिदार लक्ष्मण बस्नेतसहित मुस्ताङ हाम्रो थकाली भान्छाघर होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका -७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट नियन्त्रणमा लिई थप… पुरा पढौ

सूचना नदिनेमा स्थानीय तह अगाडी

संखुवासभाको चिचिला गाउँपालिकाको कार्यपालिकाले २४ मंसिर २०७८ मा अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने टोलीको खर्च व्यहोर्ने निर्णय गर्‍यो । यो निर्णय सार्वजनिक नगरी गाउँपालिका अध्यक्षसहित ९ जनाको टोलीका लागि ७६ लाख ९६ हजार ५० रुपैयाँ खर्च गर्ने तयारी भयो । यसबारे सञ्चारमाध्यममा खबर आएपछि भएको आलोचनाका कारण गाउँपालिकाले भ्रमण रद्ध गर्नुपर्‍यो । स्थानीय तहहरुमा निर्णय प्रक्रियालाई पारदर्शी बनाउने पक्ष कमजोर छ । वैशाख २०७६ मा हेटौंडाको हुप्रचौरको सार्वजनिक जग्गामा प्यारापिट बनाउने हेटौंडा उपमहानगरपालिकाको निर्णय… पुरा पढौ

रा प्र पा र एमाले बीच अबको चुनाब मा गठबन्धन हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रिता माझीले पार्टीको निर्णयमै राष्ट्रियसभा चुनावमा एमालेलाई मत दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभाका निम्ति बागमती प्रदेशको मतदान प्रक्रियामा पार्टी नेतृत्वले दिएको आदेशमै सहभागी भएको उनले बताइन् । पैसाको लोभमा पार्टीनिर्देशन विपरित राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ दिएको भन्ने आरोपवारे उनले स्पष्ट पारेकी हुन् । उनले पार्टी नेतृत्वबाट आएको निर्देशनमा चार जना सांसदले मतदान गरेको दाबी गरिन् । “माघ ११ गते बसेको पदाधिकारी बैठकले प्रदेश नम्बर १ बाहेक अन्य मतदान… पुरा पढौ

बजारमा हानिकारक दुध धमाधम बिक्रि वितरण

राजधानी लगायत देशभरनै वितरण हुदै आएको विभिन्न ब्राण्डको दूधमा हानिकारक सोडा मिसाएर बिक्री वितरण गर्दै आएको पाईएको छ । विभिन्न उद्योग सञ्चालकहरुले प्रशोधन गरी बिक्री वितरण गर्दै आएका अधिकांश दुधको अम्लीयपन घटाउन (फाट्न नदिन) उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको एक अध्ययनबाट खुलेको छ । केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ… पुरा पढौ

जागरण विकास केन्द्र सिम्रौनगढका अध्यक्ष मदन प्रसाद जैसवारलाइ भ्रस्टाचार मुद्दा

जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आ.ब. २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम रु.३,६०,०००।- हिनामिना गरेको पुष्टि हुन आएको हुँदा सो कार्यमा देहायका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मिति २०७८।११।०९ गते… पुरा पढौ

ल्याब इन्चार्ज नै गलत प्रतिबेदन बनाउन तल्लिन

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवले पी.सी.आर. टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी, काठमाडौंका ल्याब इन्चार्ज बिनोद कुमार यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको, निजले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सी.पी.यू.को फरेन्सिक परीक्षण गर्दा फेला परेका पी.सी.आर. रिपोर्टहरु सबै नक्कली भएको, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकमसमेत… पुरा पढौ

बन अधिकृत ले तिर्लान त् , भ्रस्टाचार गरेको ७० लाख

जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस/रिसवत लिई फरार भएको भन्ने बिषयको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत बिष्णुकान्त मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु.७०,००,०००।- लिएको पुष्टि हुन आई निज बिष्णुकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,००,०००।-(सत्तरी लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा… पुरा पढौ

रुकुम मा सूचनाको हक सम्बन्धि कार्यक्रम सम्पन्न

रुकुम (पूर्व) र (पश्चिम) मा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सूचना आयोग काठमाडौँको आयोजनामा रुकुमकोटमा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको हो ।  सूचनाको हक सम्बन्धिका कुराहरू सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले रुकुम (पूर्व) मा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ । कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरू, सार्वजनिक निकाय,… पुरा पढौ