समाचार

सचेत हुँदै सूचना माग अभियानमा नागरिक, गालि बेइज्जति र धम्कीमा कर्मचारी

पछिल्लो चरण आम नागरिकमा सूचना माग्न पर्छ भन्ने मानसिकता बिकास भएको छ केहि दलका दले हरुले यसको ठेकेदार आफु मात्र हौँ कि झैँ गरेर अगाडी बढ्दा पनि नागरिकाले आफ्नै तरिकाले भएपनि यो ऐन को प्रयोग गर्न शुरु गरेका छन् तर केहि सूचनाको ठेकेदारको चिनजानको आधारमा कर्मचारीले सामान्य नागरिकलाई भन्ने सूचना नदिने खालको बातावरण बन्दै गएको छ कसैले सूचना माग्यो भने ति कर्मचारी पहिला तिनै ठेकेदारलाई फोन गर्छन अनि ठेकेदारले त्यो दुख दिने नियतले मागेको हो केहि हुदैन भनेपछी कर्मचारीको मनोबल… पुरा पढौ

सर्पेस्वर महाराज ७२ करोड़े काण्डमा १८ करोड बाहेक अरु सबै सहि खर्च

जिल्ला सर्लाही, लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा Anti-venom Production & Research Centre, Nepal (APRCN) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रदेश नं. २ (हाल मधेश प्रदेश), आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र जिल्ला सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्काले प्रदेश सरकारको आ.व. 2०७६।७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट… पुरा पढौ

कन्काई नगरपालिकामा एकल बिद्यालय संचालन हुने

मिति २०८०/६/१२ गतेका दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपाल बाल संस्कार केन्द्र झापा जिल्ला कार्य समितीको बैठकले कन्काई नगरपालिकामा एकल बिद्यालय संच्झालन गर्ने निर्णय गरेको छ l हाल देश भर एक हजार भन्दा बढी बिद्यालय संचालन हुँदै आएको छ l यो विद्यालयको आफ्नै छुट्टै कोर्ष रहेको छ र बिशेष गरि हाम्रो संस्कार सहित सवल नागरिक उत्पादन गर्ने यसको मुख्य लक्ष रहेको छ l सूचना अभियन्ता इस्वारा तिवारी उपाध्यक्ष रहेको झापा जिल्ला समितिको अध्यक्ष सम्मानित व्यक्तित्व श्री शंकर भट्टराई ज्यू हुनुहुन्छ… पुरा पढौ

सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।  सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका हुन् । संविधानले व्यवस्था गरेको कुराहरुलाई कानूनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदूपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए… पुरा पढौ

अनलाइन स्पेस र सूचनाको अधिकार सम्बन्धि गोष्ठी सम्पन्न

सुचनामा विश्वव्यापी पहुँच सम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०२३ को उपलक्ष्यमा राष्ट्रिय सूचना आयोग र डिजिटल राइट्स नेपालले संयुक्त रूपमा आयोजना गरेको "अनलाइन स्पेस र सूचनाको अधिकार: अवसर र चुनौतीहरू" सम्बन्धी राष्ट्रिय गोष्ठीका अवसरमा संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले आयोगबाट तयार सूचनामागकर्ताका लागि सहयोगी पुस्तिका र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बिमोचन गर्नु भयो ।  सूचना अभियन्ता नोदनाथ त्रिताल आफ्नो भनाइ राख्दै राष्ट्रिय सूचना आयोगले सूचनामा पहुँचले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउँदै भ्रष्टाचारका अवसर घटाउने प्रष्ट बताएको छ। सूचनामा… पुरा पढौ

पोल्याण्ड पठाइदिने भन्दै १२ लाख ठगी गरेको आरोपमा मेनपावर सञ्चालक रविन्द्र अधिकारी पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख कुम्ल्याएका चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ६ घर भइ हाल बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारीलाई विभिन्न चार जनासंग १२ लाख रकम ठगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै बाह्र लाख रुपैयाँ ठगी गरेका हुन् ।  अधिकारीलाई खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक… पुरा पढौ

हरियालि कृषि सहकारी सस्थाको १८ औं वार्सिक साधारणसभा साथै संमान कार्यक्रम सम्पन्न

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -४ मा रहेको हरियाली कृषि सहकारी सस्थाको १८ औं वार्षिक साधारणसभा आज एक कार्यक्रमका बिच्च सम्पन्न भएको छ। वडा नम्बर -४ मा रहेको पाथीभरा कालिका सामुदायिक वनको सभाहलमा उक्त साधारणसभा सम्पन्न भएको हरियाली कृषि सहकारी सस्थाका संचालक समिति सदस्य योगेश कार्कीले बताउनु भयो ।हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष खिबराज भट्टराईको अध्यक्षत्तामा भएको कार्यक्रमको प्रमुख अथिती हल्दिबारि गाउँपालिका अध्यक्ष रबिद्र प्रसाद लिङदेनले गर्नु भएको थियो।यसैगरी विशेष अथितीमा क्रमशः हाल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , वडा नम्बर… पुरा पढौ

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री सुरु

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।  महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ… पुरा पढौ

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

 घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।  विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको… पुरा पढौ

स्कुलको भवनमा घोटाला गरेको ठहरसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा

जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता मा.वि.को भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्‍कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रु.६,५८,४४०।१६ भुक्तानी दिएको कारण सरकारी रकम हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा… पुरा पढौ