समाचार

२५ जना बढी चुनाबको प्रचारमा सहभागी हुन नपाउने

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताए । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरूले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार–प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । प्रवक्ता पौडेलले निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव… पुरा पढौ

क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय

चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ। चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग… पुरा पढौ

भन्सार महसुल तथा मुल्य अभिवृद्धि कर छलिको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय विभागले राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध उच्च अदालत पाटन हेटौंडा ईजलासमा मुद्दा दायर गरेको छ । सिमेन्ट लोड गरिएको ट्रकमा लुकाई छिपाई राखिएको विभिन्न किसिमका २३ पोका कपडाहरु ल्याइए भन्सार महसुल तथा मुल्य अभिवृद्धि कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।   नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नं. ३ बस्ने धर्मराज हरिजन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने श्याम पशुपती ईन्टरप्राईजेजका प्रोपराईटर श्याम बहादुर यादव, मकवानपुर थाहा नगरपालिका १… पुरा पढौ

कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

कारागारभित्रका बन्दीको उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको हो ।  विधेयकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा कम्तीमा दुई महिनामा… पुरा पढौ

बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट भर्ना शुल्क लिदै आएको बिद्यालय नियन्त्रणमा

सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले मिति २०७९।०४।२६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण बिद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८।०८।०१ को परमादेश र मिति २०७८।०२।२३ को अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उक्त बिद्यालयबाट बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।–(दुई लाख छयत्तर हजार छ सय नब्बे रुपैयाँ) असुल गरिसकेको अवस्थामा… पुरा पढौ

सूचना माग्दाको झन्झट र आरोप

झापा जिल्लाको हल्दिवारीमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफूसँग सम्बन्धित सूचना मागेको विषयमा नागरिकलाई सूचना उपलब्ध गराउनुको सट्टा उल्टै सूचना माग्नेलाई सूचना नै नदिई सूचनाको हकको दुरुपयोग गरेको आरोप लगाएको छ ।  सूचनाको हकसम्बन्धी ऐन २०६४ ले दिएको अधिकारको प्रयोग गर्दै सूचनाको हकका अभियन्ता इश्वरा तिवारीले उक्त सहकारीका सूचना अधिकारीलाई सम्बोधन गरी गत असोजमा विभिन्न पाँच वटा विषयमा सूचना माग गरेकोमा सहकारी सञ्चालक समितिको बैठक बसी सूचना मागकर्तालाई नै सहकारीसम्बन्धी जानकारी नभएको, आफू सदस्य नै नरहेको सहकारीमा सूचना माग… पुरा पढौ

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट मिति २०७९।०४।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २९ गतेको नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २४, २५ र २९ गते सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारिता सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,शहरी विकास मन्त्रालय ,खानेपानी मन्त्रालय,ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,… पुरा पढौ

ठगी बिरुद्द रातोपाटिले गरेको खोज खबर

गुल्मी घर भई काठमाडौँ बस्ने माया पाण्डेलाई मैतीदेवी आसपासमा कोठा चाहिएको थियो । आफैँ भौँतारिनु भन्दा अनलाइनमै हेरौँ भनेर हाम्रोबजार डटकम सर्च गरिन् । उनले खोजेको जस्तै कोठा सस्तो मूल्यमा पाइन् त्यो पनि मैतीदेवीमै । एउटा कोठा र एउटा किचन र बाथरुम भएको कोठा मासिक १० हजार रुपैयाँमै पाइने विज्ञापन हाम्रो बजारमा देखिन् ।  हाई भिजन नाम दिइएको कम्पनीबाट पोष्ट गरिएको उक्त विज्ञापनमा नम्बर दिइएको छ, ९८२०६२९५१६ । मायाले त्यही नम्बरमा सम्पर्क गरिन् । एक महिलाले फोन उठाइन् र कोठा रहेको… पुरा पढौ

काठमाडौँ बाट २ जना ठगी गर्ने व्यक्ति पक्राउ

बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज आइतवार दुई जनालाई पक्राउ गरेको छ । बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका २९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच… पुरा पढौ