समाचार

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दा

हुम्ला जिल्ला, अदानचुली गाउँपालिकाले आ.व.२०७६/०७७ का विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हुम्ला जिल्ला, अदानचुली वडा नं. १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्‍याई गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि हुन आएको हुँदा संलग्न देहायका व्यक्तिहरुको हकमा देहायबमोजिमको कसुरमा देहाय अनुसार सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ। जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका… पुरा पढौ

हनी ट्रयापको बढ्दो बिकृति

हनी ट्रयापको आरोपमा पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेतसहित ३ जनाबारेको अनुसन्धान प्रहरीले पुरा गरेको छ । साउन १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पना, उनका श्रीमान ३१ वर्षीय कृष्णहरि खड्का  र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको थियो ।  उनीहरुमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आपराधिक लाभ लिएको कसुरमा उनीहरुलाई ७ वर्ष कैद र ७०… पुरा पढौ

अनियमितताले बजेटको हिनामिना

खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई दिने भनिएको ४५ दिनको कुक तालिममा १४ जनालाई मात्र सहभागी गराएर बढी भुक्तानी दिएको उल्लेख छ ।  नेशनल मानव विकास ट्रेनिङ इन्स्टीच्यूट प्रालि नेपालगञ्जले मूल्य अभिबृद्धि कर सहित ५ लाख ९८ हजार ९०० रुपैयाँमा तालिम सञ्चालन गर्नेगरी २०७७ साल फागुन ११ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७७ फागुन २७ देखि ४५… पुरा पढौ

वैदेशिक रोजगारको लागि जाने ०.४३% मात्र सीपमूलक तालिम युक्त

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरूलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो ।  आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोजगारीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् । सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् । यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई… पुरा पढौ

मन्दीतर्फ लम्किराको घरजग्गा कारोबार, बैंकले निकालेका लिलामीकै पनि जग्गा बिक्री हुन् कठिन

घरजग्गा व्यवसायीहरूले इतिहासमै जटिल मन्दी व्योहोर्नुपर्ने संकेत देखिएको छ। सरकार र नियामक निकायले एकपछि अर्को नीति र सर्कुलरमार्फत घरजग्गा व्यवसायमा कडाइ गर्न थालेसँगै चालु आर्थिक वर्ष २०७९/८० मा घरजग्गा व्यवसायीहरूले ठूलो मन्दी खेप्नुपर्ने अवस्था आउने संकेत देखिएको हो। माओवादीको सशस्त्र द्वन्द्वपछि काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा घरजग्गा कारोबार फस्टाएको थियो। जसका कारण जग्गाको मूल्य अत्याधिक बढेको थियो। जानकारहरूका अनुसार यो मन्दीले उच्च मूल्यका घरजग्गाहरू पनि सस्तो मूल्यमा लिलामीमा जाने देखिएको छ। ठूला व्यवसायीमात्रै नभएर घरजग्गाका लगानी गरेका सहकारी संस्थाहरू प्नि कोल्याप्स हुने… पुरा पढौ

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको हो । साथै उनको घरकोठा तलासी गर्दा दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २ सय ९७ तोलाको… पुरा पढौ

राजस्व उठाउने वातावरण बनाउनै कठिन, विराटनगरका आधा बढीले तिर्दैनन् कर

विराटनगर महानगरपालिकाले सम्पत्ति कर, व्यावसायिक कर र घरबहाल करमात्रै १ अर्ब बढी उठाउन बाँकी रहेको पाइएको छ । महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार विराटनगर महानगरपालिकामा दर्ता भएका उनीहरूले तिर्न बाँकी जम्मा रकम एक अर्ब ३ करोड ५१ लाख १२ हजार ८२५ रुपैयाँ छ ।  महालेखाले धेरै कर नतिर्ने संस्थाको नाम समेत उल्लेख गरेको छ । सबैभन्दा बढी कर उठ्न बाँकी भने व्यावसायिक कर रहेको छ । महानगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा जम्मा २८… पुरा पढौ

८७ कर्मचारीको पद रिक्तको कारण कर्णालीको जलस्रोल मन्त्रालयमा योजना कार्यान्वयनमा कठिनाइ

भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ।  मन्त्रालयले कर्मचारी अभावका कारण तीन सय ३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो।  कूल दुई हजार सात सय २५ मध्ये तीन सय ३८ योजनाको काम नगरी बजेट फिर्ता भएको छ। योजना छनोट हुनुपूर्व अध्ययन नहुनु पनि योजना फिर्ताको अर्को कारण हो। खानेपानीतर्फ मात्र दुई सय ७४ योजना क्रमागतमा राखेर काम गर्नुपरेको मन्त्रालयले जनाएको छ। सिँचाइतर्फ दुई… पुरा पढौ

मापदण्डविपरीत तनहुँमा सञ्चालित क्रसर उद्योग

तनहुँका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन्। जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन्।  अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ। क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ।  त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान… पुरा पढौ

सुनको बेरुवा औठी र iPhone हरु भन्सार छली लैजान लागेको अवस्थामा फेला

२०७९ साउन २० गते हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका यात्रुहरुको गतिविधि शंकास्पद देखिएकोले निजहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले चेकजाँच गर्दा निजहरुकाे साथबाट सुनको बेरुवा औठी र iPhone हरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेको  प्रहरीले बताएकाे छ । सल्यान जिल्ला कालिमाटी गा.पा.वडा नं. ३ का भुपेन्द्र घर्ती मगरको साथबाट आइफाेन सेभेन प्लस तीन थान र २५ ग्रामकाे  सुनको बेरुवा औंठी एक थान, … पुरा पढौ