समाचार

वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!

- October 18, 2022 गते तीव्रखबरमा प्रकाशित समाचार हो यो चीनबाट ल्याएका गुणस्तहिन सामानलाई जर्मनी उत्पादनभन्दै बेच्दै क्षमादेवी काठमाडौं । चीनबाट चोरीपैठारी गरि नेपाल भित्राएको गुणस्तहिन सामानको बिक्री गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका होमबहादुर बस्नेतको कालोधन्दाको थप विवरण आउनेक्रममा तीव्रता पाएको छ । राजनीतिक शक्तीकेन्द्र र नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको संरक्षणमा रहेका होमबहादुर उर्फ राजकुमार बस्नेतले चीनबाट सामान आयात गरेर जर्मनी उत्पादन भन्दै भ्रामक प्रचार गरेर अत्याधिक मंहगोमा बिक्री गरेको आरोप उनीमाथी… पुरा पढौ

चोरीका मोटरसाइकल सहित ६ जना पक्राउ

पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया बस्ने २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथमा ५ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज–२५ ड्राईपोर्टबाट पक्राउ परेका कुशवाहा… पुरा पढौ

कम्प्युटर अपरेटर यादव घुस रकमसहित नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग रु.५,०००/- (पाँच हजार रुपैया) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निज कार्यरत कार्यालयबाट मिति २०७९।०६।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका घुस/रिसवत सम्बन्धी ८, प्रश्नपत्रको गोपनियता भंग १ र गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाई १ गरी जम्मा १० वटा  मुद्दाहरुमा आयोगको मिति २०७९।०४।०२ को निर्णय अनुसार मिति २०७९।०४।०९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बिबरण देहायानुसार रहेको छ । पुरा पढौ

नेपालमा सूचनाको हकको कार्यान्वयनको अवस्था

सूचनाको हकले खुल्ला सरकारको अवधारणालाई शिरोधार्य गर्दछ । यो लोकतान्त्रिक शासनमा सार्वजनिक निकायमा पारदर्शिता कायम गराउने एक अभ्यास हो । सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो । राज्य व्यवस्थाका गतिविधि, काम कारबाहीबारे बुझ्न चाहने अधिकार सबै नागरिकलाई हुन्छ । नागरिकको सूसूचित हुने हकलाई संरक्षण गर्न तथा सरकारका क्रियाकलापहरु लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शि बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन सुचनाको हकको महत्व रहन्छ । सरकारलाई सतर्क र सहज गराउन सूचनाको हकले… पुरा पढौ

सूचनाको हक प्रचलनमा सम्मान पाउनेको गाथा

कृष्णहरि बास्कोटा २०४६ सालको जनआन्दोलनको बलमा तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यस संविधानको धारा १६ मा सार्वजनिक महŒवको विषयमा नागरिकको सूचनाको हकलाई मौलिक हकका रूपमा समावेश गरियो । यो नै नेपालमा सूचनाको हकको पहिलो औपचारिक सुरुवात थियो । यसर्थ, जनआन्दोलन–१ का सहभागीहरू र संविधान जारी गराउँदाको बखतका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपालमा सूचनाको हकको आरम्भ गराउने श्रेय जान्छ । यी सधंै सम्मान पाउने व्यक्तिको पंक्तिमा रहनुभएको छ ।२०४७ सालको संविधानमा सूचनाको हक समावेश भए पनि छुट्टै ऐन बन्न… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा प्रदेश संरचनाको भूमिका

नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ । तत्कालीन अन्तरिम संसद्बाट २०६४ साउन ५ गते जारी सूचनाको हकसम्बन्धी ऐन सोही वर्षको भदौ ३ गतेदेखि लागू भएको घोषणा गरिएको थियो । यही घोषणा भएको सन्दर्भमा नेपालमा प्रत्येक वर्ष भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिन्छ । यस दिवसका अवसरमा सूचनाको हकको कार्यान्वयनको अवस्थाबारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।  ऐन जारी भएपछिका दिनमा यो अधिकार प्रचलनका सम्बन्धमा केही कामै नभएको भने होइन । यथेष्ट काम भएका… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीको भूमिका

परिचय :सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखित, सामाग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामाग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएका सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकारलाई समेत जनाउँछ । सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने अधिकारीलाई सूचना अधिकारी भनिन्छ । सूचना अधिकारी… पुरा पढौ

तरलता अभावमा बैंक तथा फाइनान्सको हर्कत नै मुख्य

बैंक तथा फाइनान्स कम्पनीहरुको लागि आर्थिक वर्ष २०७८/०७९ असहज बन्यो । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या चुलिँदा बैंक तथा फाइनान्सले बजारको मागअनुसार कर्जा प्रवाह गर्न सकेनन् । वित्तीय प्रणालीमा अपेक्षा गरेअनुसार निक्षेप पनि आएन । यसको असर कर्जामा प-यो । यो अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरुले निक्षेप बढाउनकै लागि उच्च ब्याजदरसहितका विभिन्न किसिमका निक्षेप योजनाहरु ल्याए तर पनि निक्षेप संकलन बढ्न सकेन । यसले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा सुरु भयो । नयाँ निक्षेप नआएपछि बैंक तथा फाइनान्स कम्पनीहरुबीच एक आपसमा नै चर्को… पुरा पढौ