समाचार

निती तथा कार्यक्रम र बजेट निर्माणको लागी भिमसेन थापामा छलफल

भिमसेन थापा गाउँपालिका गोरखाले आर्थिक बर्ष २०७९÷०८० को लागी योजना तर्जुमा अन्र्तगत नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालाबीच छलफल चलाएको छ । पालिकाको आगामी नीति कार्यक्रम र बजेट बारे धारणा बनाउन र बिभिन्न निकायबाट सल्लाह सुझाबको लागी अनलाईन जुमबाट र प्रत्यक्ष समुहमा पनि छलफल गरेको हो । छलफलको लागी स्वदेश तथा बिदेशमा रहेका बिज्ञ, बौद्धिक व्यक्तित्व, पालिकामा प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको थियो । पालिकाले यहि असार १० गते आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ… पुरा पढौ

जग्गा खरिद गरेर जापान गएकी लोहनी फर्किदा जग्गा अर्कैको नाममा पुगेको खुलासा

नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित ५ जनालाई पक्राउ गरेको हो । दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई टोखा बस्ने ५२ को महावीर चन्दले तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई सात करोड रुपैयाँ बाराबरकोको जग्गा कीर्ते गरी ठगी गरेको ब्यूरोले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।… पुरा पढौ

साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने- मेयर शाह

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।  ‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।  स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक… पुरा पढौ

काठमाडौंको कल सेन्टरमार्फत अमेरिकामा ठगी

काठमाडौंमा कल सेन्टर चलाएर सो आवरणमा अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले एउटा समूहलाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत सो ठगीधन्दा चलाएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ । अनलाइन ठगीमा संलग्न १३ जनालाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् । कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय… पुरा पढौ

ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

सांघाईका एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले  आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।  सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।  धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट… पुरा पढौ

स्वीमीङ पु्लमा डुबेर एक किशोरको मृत्यु

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो । उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ । पुरा पढौ

अनियमितता बिरुद्ध आवाज उठाउदा प्र.अ. द्वारा हातपात

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्र.अ. पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् । पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका… पुरा पढौ

१०० ग्राम सुन पनि नछिर्ने भन्सारबाट सुन कै लौरो छिर्यो

नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई दिएको सुनको लौरो उपहार अहिले विवादमा तानिएको छ । नेपालको विद्यमान भन्सार ऐन अनुसार ठूलो मात्रामा सुन नेपाल ल्याउन नपाउने ऐनलाई समेत लत्याउदै दुबईका राजकुमार जुमले सो सुनको लौरो कुन ऐन अनुसार नेपाल भित्राए भन्नेबारेमा अहिले चर्चा चलेको छ । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले जुमले प्रसाईलाई विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेसंगै नेपालको विद्यमान ऐन र नियमावली विपरित सो कार्य भएको भन्दै सम्बन्धित… पुरा पढौ

किसानले ट्रकबाटै रासायनिक मल खोसे

धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैन । ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाण्डौ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ । पुरा पढौ

मल्होत्राले गरे कानुन बिपरित राज

झापाको गिरिबन्धु टी–स्टेटको २ सय ८० बिघा जमिनलाई हत्याउने गोप्य योजनाकासाथ विवादीत व्यापारी दीपक मलहोत्रा परिबार अहिले शक्तीकेन्द्रमा बाग्लै रुपमा धाउन थालेका छन् । सरकारी संयन्त्रको दुरुपयोगदेखि अदालतमा विचाराधीन मुद्दामा ‘व्यापक’ चलखेल गरेर सो जग्गामा ‘रियल स्टेट’ बनाउने योजनाका साथ मलहोत्रा परिवार लागिपरेको छ । अबैध सुनदेखि विनाभन्सार मोबाईल सेटको व्याट्रीको रुपमा सुन नेपाल भित्राउदै आएका विवादीत व्यापारी मल्होत्राको योजना र लगानीमा टी–स्टेटको जग्गा सट्टापट्टा गरी घरजग्गाको व्यापार गर्ने तयारी गरेको पाइएको हो । बिचौलिया र भूमाफियाको दबाब र प्रभावमा… पुरा पढौ