समाचार

पोखरा ३३ का बासिन्दाले कुनै पनि सर्तमा ल्याण्डफिल्ड साइट ल्याउँन नदिने भएका छन्

 पोखरा महानगरपालिका ३३ स्थित भरतपोखरीबासीले आफ्नो वडामा ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्न नदिने बताएका छन् ।  भरतपोखरीबासी सचेत नागरिकद्वारा शुक्रबार आयोजित ल्याण्डफिल्ड साइट ठिक कि बेठिक विषयक छलफल कार्यक्रम पश्चात कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्न नदिने निष्कर्षमा पुगेका हुन् । स्थानीय अगुवा तथा छलफल कार्यक्रमका संयोजक किरण थापाले आफ्नो वडामा ल्याण्डफिल्ड साइटका लागि जग्गा नदिने बताउदै भने ‘कुनैपनि हालतमा र कुनैपनि सर्तमा पोखरा ३३ मा ल्याण्डफिल्ड साइट लैजान नदिने निर्णय गरेका छौं ।’ स्थानीयबासीको छलफलपछि ४ वटा विषयमा… पुरा पढौ

कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ ?

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा बैंकमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ। नेपाल राष्ट्र बैंकले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ। पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र बैंकले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ। त्यसका अतिरिक्त ढुवानीका… पुरा पढौ

कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक?

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, "असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।" बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ। ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा… पुरा पढौ

पोखरामा हट्दैछ धमिलो पानी पिउनुपर्ने बाध्यता

राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको ठूलो हो पोखरा खानेपानी सुधार आयोजना । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को रु पाँच अर्व अनुदान सहयोगमा यस आयोजना विसं २०७६ देखी पोखरामा शुरु भएकामा अहिले काम अन्तिम चरणमा पुगेको छ । पोखरेलीहरुले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलो पानी पिउनु पर्ने बाध्यता समेत अन्त्य हुँदैछ ।पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल… पुरा पढौ

रद्द भएको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग गर्दै

आफ्नो उत्तरपुस्तिका रद्द भएको सूचीमा परेपछि परीक्षार्थी खैसरा काफ्लेले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा उत्तरपुस्तिका हेर्न पाउँ भनि निवेदन दिएकी छन् । २०७८ साल कात्तिक २८ गतेदेखि ३० गतेसम्म आयोगले लिएको शाखा अधिकृत र लेखा अधिकृतको परीक्षा आफुले पनि दिएको तर आफ्नो सिम्बोल नम्बर ‘उत्तरपुस्तिका रद्ध भएको सूची’ आएको देख्दा आफु आश्यचर्यचकित भएको भन्दै उनले आफ्नो उत्तरपुस्तिका आत्मासन्तुष्टिकै लागि भएपनि हेर्न पाऊँ भन्ने निवेदन दिएकी हुन् । उनले आफुले परीक्षाको मर्यादा विपरित कुनै गतिविधि नगरेको तर असार १४ गते प्रकाशित नतिजामा… पुरा पढौ

अख्तियारका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गर्दै सूचना आयोगमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र त्यहाँका उच्च पदस्थ कर्मचारीले सम्पति विवरण कार्यालयमा बुझाए नबुझाएको सूचना माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता भएको छ । विवेकशील नेपाली दलका नेता तथा सुशासनका अभियान्ता शशीविक्रम कार्कीले यससम्बन्धि निवेदन आइतबार दर्ता गरेको जानकारी दिएका हुन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र त्यहाँका उच्च पदस्थ कर्मचारीले सम्पति विवरण कार्यालयमा बुझाए कि बुझाएनन्, बुझाए भने ककसले कुन कुन मितिमा कुन निकायमा बुझाए भन्ने जानकारी सूचनाको हक मार्फत माग गर्दा… पुरा पढौ

राष्ट्रिय अनुसन्धान विभाग आफैँमा थला

गुप्त खबर र सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग आफैँ थला परेको छ । सबै कर्मचारी बढुवाको दौडमा लागेपछि कार्य वातावरण लथालिङ्ग भएको हो । दुई महिनादेखि एउटा एआइजी पद खालि भएकाले विभागका ठूलाबडा सबै गच्छेअनुसारको भेटघाटमा हिँडेका हुन् । गत बैशाख १२ गतेदेखि विभागको एआइजी पद खाली छ । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव रेग्मीले अवकाश पाएपछि रिक्त भएको उक्त पदमा कसैलाई पनि सिफारिस गरिएको छैन । जबकि विभाग प्रमुख यदुलाल खरेल आफैँ भदौ २८ गते अवकाश हुने लाइनमा… पुरा पढौ

ज्वेलर्सका सञ्चालकद्वारा सुन तस्करी : विभागद्वारा मुद्दा दायर

अवैध रुपमा सुन तस्करी गरी राजस्व चुहावट गर्ने दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका १५ रामनगर बस्ने २५ वर्षीय रमेश सुनार र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ८ शिवमन्दिर स्थायी ठेगाना भई टोखा नगरपालिका ६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकविरुद्ध विभागले बुधबार उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको हो । सुनार र विकविरुद्ध ८० लाख १ सय ३० रुपैयाँ बिगो माग गरिएको छ । गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट… पुरा पढौ

‘अख्तियारको इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जना पक्राउ

अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए । आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतिय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा… पुरा पढौ

जग्गा अधिकरणको ४७ वर्षपछि बन्ला त पोखरा बसपार्क?

पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो। नगरपालिका, उपमहानगरपालिकाको सिँढी चढ्दै संघीयता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको पगरी गुथ्न सफल भएको थियो। ३३ वटा वडा रहेको पोखरा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो महानगरपालिकाको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४ वर्ग किमि रहेको छ। करिब ५ लाख बढी जनसंख्या रहेको पोखरा महानगर पर्यटकीय राजधानी शहरको रूपमा स्वदेश तथा विदेशमा परिचित छ। ४० भन्दा बढी नाम चलेका पर्यटकीय गन्तव्यहरू रहेको कारण पोखरा लाखौं आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइ… पुरा पढौ