समाचार

अस्ट्रेलीयानिवासी नेपालीले पाए सनातन संस्कृतिको ओम् शान्ति सन्देश !

अस्ट्रेलीयामा रहनुहुने नेपालीहरुमा आध्यात्मिक सशक्तिकरण गर्ने उद्येश्यका साथ, त्यहा रहनुहुने नेपालीहरुको निमन्त्रणामा जनवरी महिनामा अस्ट्रेलीयाका विभिन्न शहरहरुमा "द रियल वेल्द अफ लाइफ" विषयक प्रशिक्षण कार्यक्रम ब्रह्माकुमारीजद्वारा विशेष गरेर नेपालकै प्रथम नेपाली  ब्रह्माकुमारी राजयोगिनी परिणीता दिदीको नेतृत्वमा एक महिनाको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । त्यहाका शहरहरुमा सम्पन्न भएका विविध  कार्यक्रमको विस्तृत समाचार र तस्विरहरु यसै इ-पत्रमा एटेच गरिएको छ । समाचार सम्प्रेषित गरिदिनुहुन हार्दिक अनुरोध छ । अष्ट्रेलियामा फैलियो सनातन संस्कृतिको ओम् शान्ति सन्देश ! मातृभूमि नेपालदेखि टाढा रहेर अष्टेलियालाई आफ्नो कर्मभूमि बनाउनुभएका नेपालीहरुलाई देशको संस्कृति… पुरा पढौ

महोत्तरीबाट लुटपाट गर्ने गिरोहका ६ जना पक्राउ

प्रहरीको सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जना महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन् । उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो । बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस… पुरा पढौ

माघ महिनामा भ्रस्टचारी पक्राउ देखि अभियोग पत्र दायर सम्म

माघ ३ गते जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले  निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट मिति २०७९।१०।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । माघ ४ गते जिल्ला नवलपरासी, (बर्दघाट-सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान… पुरा पढौ

पौष २७ र माघ ३ गते सूचना आयोग आदेश हेरौ के के छ

सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ३ र ४ बमाेजिम प्रत्येक तिन तिन महिनामा स्वत प्रकाशन गर्नु पर्ने दोस्रो त्रैमासिककाे माघ महिनाकाे १५ गते भित्र प्रकाशन गर्न गराउन सूचना आयोगले सवै सार्वजनिक निकायलाइ अनुराेध गरेको छ । स्वत प्रकाशन आयोगको PDMS (PorActive Disclosure Management System) मा प्रविष्ट गर्न नबिर्सौ, सूचनाकाे हक सम्बन्धी कानून पालना गराै‌ गराऔं भनेर आयोगले सबैलाई भनिरहेको छ l पुरा पढौ

‘दादा लेखराज’ बाट ‘प्रजापिता ब्रह्मा’ सम्मको अलौकिक यात्रा

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिताश्री प्रजापिता ब्रह्माको नाम आज जन जनमा प्रसिद्ध हुँदै गइरहेको छ । सन् १९३७ देखि सन् १९६९ सम्मको ३३ वर्षको अवधिमा तपस्यारत रहेर वहाँले ‘सम्पूर्ण ब्रह्मा’ को उच्चतम स्थितिलाई प्राप्त गरेर आज पनि विश्वकल्याणको सेवा गरिरहनुभएको छ । वहाँद्वारा गरिएका असाधारण, अद्वितीय कर्तव्यका उदाहरण, सृष्टि–चक्रको ५ हजार वर्षको इतिहासमा कहीँ पनि भेट्न सकिंदैन । अल्पकालिक र आंशिक परिवर्तनको मान्यताहरुको भीडबाट हटेर वहाँले सम्पूर्ण र सर्वकालिक परिवर्तनको यस्तो शंखध्वनि गर्नुभयो जुन बढ्दाबढ्दै आज सातै… पुरा पढौ