समाचार

भारतीय कम्पनीको उपकरण भनि बढी पैसा लिएर चाइनिज उपकरण दिने हरु विरूद प्रमाण सहित अख्तियारले मुद्दा चलायो

प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.ब. २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं. प्रदेशबाट सञ्चालन गरिएको कृषि… पुरा पढौ

आर.के.म्यानपावरमाथि ठगी र तस्करीको आरोप 

आर.के. म्यानपावर ग्रुपका सञ्चालक शीतल यादव(एसपी यादव)ले रजनीतिक शक्तिकेन्द्रको आडमा वैदेशिक रोजगारीमा जानेलाई मानव तस्करी र ठगी धन्दाको माध्यम बनाएको समाचार छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. ७७५÷०६५÷०६६ म्यान पावरले साउदी अरबस्थित सोफा बनाउने कम्पनीमा काम मिलाइदिने भन्दै ९ जनाबाट जनही २ लाख उठाएर ठगि गरेको हो ।   यसरी ठगिनेमा रबिन्द्र कुमार दास पासपोर्ट नं. ११२३०७८८, रामचन्द्र दास पासपोर्ट नं.०७०२७८८५, सुरेन कुमार दास पासपोर्ट नं.१०००५३६५१, वीरेन्द्र दास पासपोर्ट नं.०९५६५२१४, शैलेन्द्र कुमार दास पासपोर्ट नं.१२२२७३९०, मुक्तिनाथ… पुरा पढौ

के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?

के हो फाइब्रोमायाल्जिया?हड्डी र मांसपेशीको तथा शरीरका नरम तन्तुहरुको दुखाई र ती तन्तुहरुको कडापन हुने वा थकित हुने खालका लक्षणसहितको दीर्घ दुखाई नै फाईब्रोमायाल्जिया हो। यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई  लिएर अस्पताल पुग्ने  गरेका छन्। किन हन्छ त यस्तो?हुन त धेरै अनुसन्धानहरुले फाइब्रोमायाल्जिया हुने ठोस कुरा त पत्ता लगाएका छैनन्, तर पनि मानसिक… पुरा पढौ

बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका

खाना मानव जीवनसँग प्रत्यक्ष सम्बधित छ । खाना खानु जीवनको महत्वपूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ ।आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ । विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ । बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको… पुरा पढौ

नवजात शिशुको आवश्यकताहरू के हुन् ?

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ ।नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ ।जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ ।जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध… पुरा पढौ

विश्वव्यापी प्लास्टिक सन्धि गर्ने तयारीमा राष्ट्रसंघीय बैठक

नैरोबीमा हुनलागेको राष्ट्रसंघीय सम्मेलनले प्लास्टिक सम्बन्धमा चाल्नुपर्ने विश्वव्यापी कदमका लागि एउटा बाटो तय गर्नेछ तर संलग्न मुलुकहरू विभाजित छन् भारतको आसाम राज्यमा पर्ने तेजपुरस्थित प्रदूषित ब्रह्मपुत्र नदीमा ढुंगामाथि बसेर प्रार्थना गर्दै एक जना व्यक्ति (तस्बिर ः फ्रेडरिक स्टार्क⁄अलामी) फेब्रुअरी 9, 2022 यसै महिना हुनलागेको एउटा महत्त्वपूर्ण राष्ट्रसंघीय शिखर सम्मेलनमा प्लास्टिक प्रदूषण नियन्त्रणसम्बन्धी पहिलो विश्वव्यापी सन्धि गर्नका लागि बाटो तय गर्ने सम्बन्धमा विभिन्न देशका प्रतिनिधिले छलफल गर्नेछन् । तर, यस सम्बन्धमा फरक–फरक प्रस्तावहरू प्रस्तुत भइसकेको हुँदा प्रस्तावित सन्धिको क्षेत्र र आकांक्षा… पुरा पढौ

आईपीसीसी के हो र यसले के गर्छ ?

हामीले इन्टरगभमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात् जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह भनेको के हो, जलवायु परिवर्तन न्यूनीकरण वा अनुकूलन गर्नका लागि चालिने कदमको सम्भावित प्रभावलाई यसले कसरी सामना गर्छ भन्ने व्याख्या गरेका छौँ सन् २०१९ मा मोनाकोको प्रिन्स एलबर्टमा आयोजित एक पत्रकार सम्मेलनमा आईपीसीका सदस्यहरुसँगै आईपीसीसी अध्यक्ष होएसङ ली (तस्बिर : अलामी) इन्टरगभमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात् जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह सन् १९८८ मा विश्व मौसम संगठन (डब्लूएमओ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) द्वारा स्थापना गरिएको एउटा… पुरा पढौ

भ्रष्टाचार भनेको के हो ?

भ्रष्टाचारका बारेमा लेख्नुभन्दा पहिले भ्रष्टाचार भनेको के हो भन्ने बुझ्नु जरुरी देखिन्छ । आखिर के हो त भ्रष्टाचार ? अनलाइन पुस्तकालय ‘विकिपिडिया’ का अनुसार भ्रष्टाचार भन्नाले दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण (बानी–व्यवहार) हुन्छ । अर्थात्, भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । तसर्थ, समग्रमा भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र… पुरा पढौ

संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रबार पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, “परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हौँ । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँपुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो । ”पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको रु… पुरा पढौ