समाचार

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५… पुरा पढौ

ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र एटीएम

बागलुङ नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र बैंकको एटीएम बनाउने तयारी थालेको छ । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङको भवन भत्काएर कफी शप र बैंकको एटीएम बनाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका छन् ।  ‘गाउँघरमा सिंहदरबार’ भन्ने नाराको दुरुपयोग बढेको भन्दै स्थानीयले चर्को आलोचना गरिरहेका छन् । एकातिर ट्राफिक कार्यालयको स्थायी संरचना छैन । ‘बिरालोले बच्चा सारेझैं’ कार्यालय सार्दै काम सञ्चालन गर्नुपर्ने बाध्यता छ ।  यस्तोमा ट्राफिक प्रहरी कार्यालय भत्काउन खोजेपछि विरोध हुनु स्वाभाविकै हो । बर्खायाम… पुरा पढौ

शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा

 काठमाडाैं । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले  १६ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा काठमाण्डौंमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । प्रदर्शनमा भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ, शीर्ष नेताहरुको सम्पत्ति छानविन गर, नक्कली शरणार्थी प्रकरण : शीर्ष नेताहरुमाथि छानविन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, DEMOCRACy\ UNDEr\ THREAt\ BECAUSe\ TOP LEADERs\ ARe\ CORRUPt\ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । २०८० जेठ १४ गते… पुरा पढौ

ठगिएकाहरुलाई प्रहरी हुँ भनेर ठगेको आरोपमा एक पक्राउ

प्रहरी हुँ भनेर ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्।  उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश जाने सिलसिलामा ठगीमा परेकालाई नै ठगेको आरोप छ। उनले पीडितलाई ठग्ने व्यक्तिलाई पक्राउ गर्छु भनेर विश्वासमा लिएको प्रहरीले जनाएको छ।  एसपी रिजालका अनुसार उनले पक्राउ गर्नुपर्ने व्यक्ति सिराहमा रहेको र स्याटलाइटबाट खोज्नुपर्छ भनेर पीडितलाई फकाएका थिए। स्याटलाइट खरिद गर्न… पुरा पढौ

गल्फमा दलालको मनपरी लिन्छन ३ देखि ६ लाख सम्म

१०/२० हजार मा गल्फ जान पाइन्छ भन्ने सुने पनि हाल मलेसिया को ३ लाख र दुबइको ६ लाख सम्म लिने गर्छन मेनपावर कम्पनि हरु सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्‍यो । काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए । ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि… पुरा पढौ

सूचनाको हक प्रयोगको दुरुपयोग

राष्ट्रिय सूचना आयोगमा हालै नेपाल राष्ट्र बैङ्कबाट एउटा लिखित गुनासो आयो, “सूचनाको हक प्रयोग गरेर हामीबाट लिएको सूचना मागकर्ताबाट दुरुपयोग भयो। सूचना दुरुपयोग गर्नेलाई कारबाही गरिपाऊँ।” बैङ्कको गुनासोपछि आयोगले सूचना मागकर्तालाई बोलाएर यसबारे जानकारी लिए पनि चित्तबुझ्दो जवाफ आएन। यस विषयमा आयोगले थप अध्ययन गरिरहेको छ। यसभन्दा भिन्न अर्को घटना पनि केही समयअघि भएको छ। सूचना माग्ने नाममा आफूहरूलाई दुःख दिएको र त्यस्तो कार्य रोक्न माग गर्दै नेपाल बैङ्कर्स सङ्घको टोली नै आएर आयोगमा गुनासो ग-यो। सूचना माग्ने नाममा आफूहरूलाई… पुरा पढौ

तुलसीपुरमा घरको नक्सापास नगर्नेको सेवा कटौती

दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए । उपमहानगरले पक्की घरको रु एक हजार, कच्ची घरको रु पाँच सय,… पुरा पढौ

श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डल नेपालमा

श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । साथै नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ । श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको कुरा सूचना अभियन्ता दीपक आचार्यले बताउनुभयो । टोलीले राष्ट्रिय… पुरा पढौ

बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहतालाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहताले घर जग्गा नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग रु.२०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज अजय कुमार मेहताले भ्रष्टाचार निवारण ऐन, २०५९ को… पुरा पढौ