समाचार

फेसबुक आइडी ह्याकपछि साढे १४ लाख ठग्ने गिरोह पक्राउ

अचेल मानिस काम गरेर जिबिका चलाउन भन्दा पनि छिटो कमाउन खोज्न थालेका छन केटाहरुको केटीहरुको फेसबुक आइडी यो वा त्यो बहानामा माग्ने नदिए ह्याक पनि गर्ने आदि इत्यादि पछी त्यो आइ डी को गले प्रयोग दुरुपयोग गरि उसलाई परिवारलाई डर देखाउने पैसा फुत्काउने नपाएमा बाहिर सामाजिक संजालमा समेत ल्याएर आनन्द लिने पैसा लिने सम्मका काम गर्दै आउन थालेका छन् यहि सन्दर्भमा फेसबुक आइडी ह्याक गरेर रकम ठग्दै आएका पाँच जनाको गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध… पुरा पढौ

सकारात्मक कदम : जंगललाई फलफूल बगैँचा बनाउँदै सामुदायिक वन उपभोक्ता समिति

रामेछापको खाँडादेवी गाउँपालिका–४ पकरबासको ठूलो सामुदायिक वनले वन क्षेत्रको नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउन सुर कसेको छ । गाउँपालिका र वन कार्यालय रामेछापसँगको सहकार्यमा सामुदायिक वनले वन क्षेत्रमा फलफूलका बिरुवा लगाएर जंगललाई नै बगैँचा बनाएको छ ।   सामुदायिक वनमा तार बार गरेर आँप, लिची, कटहर, बेल, चिउरी, कागती, ओखर, लप्सी, फँडिल, जामुनो लगायतका फलफूलका बिरुवा लगाइएको सामुदायिक वनका अध्यक्ष युवबहादुर मानन्धरले बताए । बिरुवामा सिँचाइको लागि भटौली खोलाको पानी लिफ्ट गरेर तानिएको छ । जङ्गलको बिचमा ठुलो ट्याङ्की निर्माण… पुरा पढौ

बाँदर र नीलगाईले बालीमा क्षति पुर्‍याए राहत पाइने

अब बाँदर र नीलगाईले बालीमा क्षति पुर्‍याए राहत पाइने भएको छ। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले यो व्यवस्था गरेको हो।  यो सँगै बालीमा क्षति पुर्‍याउँदा राहत पाइने वन्यजन्तुको संख्या सात पुगेको छ।  बाँदर, नीलगाई, हात्ति, गैँडा, भालु, जंगली बदेल र अर्ना भैँसीले बालीमा क्षति पुर्‍याए राहत पाइने भएको हो।   वन्यजन्तुबाट हुने विभिन्न किसिमको क्षतिको राहत वितरण निर्देशिका सूचीमा वन्यजन्तुको संख्या पनि १६ पुगेको छ। यस्तै, बाँदर र नीलगाई थपिएसँगै वन्यजन्तुको सूचीमा १६ पुगेको छ।  यसअघि १४… पुरा पढौ

सुनिल शर्माको थप कागजाज पनि डेढ वर्षअघि नै पुगेको थियो सीआईबी

 नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ । सीआईबीले १५ फागुन २०७५ मा गरेको पत्राचार अनुसार काउन्सिलले २७ असोज २०७६ मा एक हजार ६०३ जना चिकित्सकको विवरण उपलब्ध गराएको खुलेको हो । नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ परेका अर्कै डा. रञ्जितकुमार यादवको प्रमाण पत्र भुलबस संलग्न भएको भन्दै काउन्सिलले लेखेको पत्रमा १६०३ जनाको नाम पहिल्यै उपलब्ध गराइएको पनि… पुरा पढौ

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ६ जना सिटिजन्स बैंकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नक्कली प्रमाणपत्रको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुङ्गेलले जानकारी दिए । उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको… पुरा पढौ

स्थानीय तहलाई सामान्यले भन्यो- महामारीमा विशेष सतर्कता अपनाउनु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ । सबै स्थानीय तहलाई परिपत्र गर्दै सामान्यले विभिन्न जिल्लामा मानव तथा पशुहरूमा फैलिएको रोगबारे कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको हो पुरा पढौ

पोर्चुगलको सपना देखाउँदै ४० लाख झ्वाम्

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने प्रलोभनका साथ सर्वसाधारण ठग्दै हिँडेका एक जना समातिएका छन् । आकर्षक तलबको आश्वासनमा ठगी धन्दा चलाइरहेका उमेश सेती सुरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम घर भई सिनामंगल बस्दै आएका उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो दिउँसो बौद्धबाट पक्राउ गरेको हो । ३१ वर्षीय उमेशले वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने विश्वास दिलाएर रकम ठगी गरेको उजुरी परेको थियो ।  पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने… पुरा पढौ

मधेशबाट अवैध तरिकाले पोखरासम्म सामान पुर्याउने तस्करसँग डिल गर्ने एस पी माथि कारबाही होला

सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न भएको भन्दै छानबिन थालिएको छ । मकवानपुरका एसपी अनिल कार्कीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई त्यसतर्फ पठाएका छन् । कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।  टोली हेटौंडा पुगेर फर्किसकेको छ । एसपीलाई मकवानपुरमै राखिएको छ,तर अनुसन्धानको प्रक्रिया पूरा नभएकाले थप… पुरा पढौ

मोटरसाइकल र स्कुटी चोरी गर्नेलाई सार्वजनिक

दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई  पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई  सार्वजनिक गरेको हो। मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८… पुरा पढौ

खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द रायको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।  शुक्रबार बिहान आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले बताएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। पुरा पढौ