समाचार

डेंगी परीक्षणका लागि ६ सय रुपैयाँसम्म लिन पाइने विराटनगर महानगरपालिकाको निर्णय

विराटनगर महानगरपालिकाले डेंगी परीक्षणका लागि अधिकतम ६ सय रुपैयाँसम्म लिन पाइने निर्णय गरेको छ ।  पछिल्लो समय मुलुकभर फैलिरहेको डेंगी संक्रमण पहिचानका लागि परीक्षण शुल्कलाई सुलभ बनाउन र एकरुपता कायम गर्न उक्त निर्णय गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । महानगरभित्र सञ्चालित अधिकांश निजी स्वास्थ्य संस्थाले डेंगी परीक्षणका लागि आफुखुशी शुल्क लिइरहेको गुनासो आएपछि महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर शुल्कमा एकरुपता ल्याउने निर्णय गरिएको हो । उनका अनुसार अब निजी स्वास्थ्य संस्थाले डेंगी रोगको शुल्कको दर सार्वजनिक ठाउँमा सर्वसाधारणले… पुरा पढौ

उच्छृंखल गतिविधिमा संलग्न ५ जना बौद्ध जोरपाटीबाट पक्राउ

काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृंखल गतिविधि गरेको अभियोगमा प्रहरीले ५ जनालाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं गोकणर्ेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाडौं गोकणर्ेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका… पुरा पढौ

श्रम स्वीकृतिका लागि आवेदन दिने प्रक्रिया अवरुद्ध

वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिने प्रक्रिया अवरुद्ध भएको जनाएको छ ।  ‘फोरेन इम्प्लोइमेण्ट इन्फरमेशन म्यानेजमेण्ट सिस्टम’ को फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले उक्त सेवा केही समयका लागि अवरुद्ध भएको विभागले जानकारी दिएको छ ।  आज पाँच बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त प्रणालीमा फाइल अपलोड गर्न नसकिने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।  भनिएको छ,‘आज मिति २०८०–४–२३ मंगलबार बेलुका पाँच बजेदेखि यस विभागमा सञ्चालनमा रहेको एफइआईएमएस प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने अत्यन्त जरुरी रहेकोले अर्को… पुरा पढौ

पोखराका विद्यालय भोलिदेखि तीन दिन बन्द

पोखरा महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालय भोलिदेखि तीन दिनसम्म बन्द हुने भएका छन् । विद्यार्थीहरुमा आँखा पाक्ने रोग देखिएपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  महानगरपालिकाले आज सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक, संस्थागत  र मन्टेश्वरी स्कुललाई भोलिदेखि साउन २६ गतेसम्म बिदा दिन निर्देशन दिएको छ । सो बिदा वर्षे, हिँउदे वा स्थानीय बिदाबाट कट्टा गर्न महानगरपालिकाले भनेको छ ।  'सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरी स्कुलहरुसमेत वर्षे, हिँउदे र स्थानीय बिदाबाट कट्टा हुने गरी मिति २०८०–४–२४ गतेदेखि २०८०–४–२६… पुरा पढौ

पावर र पहुँचमा वडाको सिफारिस बिना नै नागरिकता

काभ्रे जिल्ला प्रशासन कार्यालयले वडाको सिफारिस बिना नै नागरिकता बनाउदै आएको पाइएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको हो । दावाले काभ्रेबाट वि. सं. २०७४ पुस २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ । एक वर्षअघि सीआईवी निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको जानकारी दिँदै तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर लामाले भन्नुभयो–… पुरा पढौ

सिक्रे दोभानमा पहिरो, एकको मृत्यु ६ जना बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा आज बिहान गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना पहिरोमा परि बेपत्ता छन् ।  सोमबारबाट परेको अविरल बर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती गाउँपालिका-५ सिक्रे दोभान स्थित अक्कल बहादुर स्यांतानको घर पहिरोले बगाएको हो ।   पहिरोमा परी घाइते भएकी अक्कल बहादुरको श्रीमती ५५ वर्षीय सन्तमाया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा उनको बिहान साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । … पुरा पढौ

२३ ठेकेदार कम्पनी कालोसूचीमा

विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर त्यस्ता कम्पनी कुनै सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् । सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु–कोशी एन्ड न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक… पुरा पढौ

सिरहामा सवारी दुर्घटनाको संख्या बढेपनि ज्यान गुमाउनेको संख्या भने कम

मधेश प्रदेशका अन्य जिल्लामा झैँ सिरहामा पनि सवारी दुर्घटनाको संख्या हवात्तै बढेको छ । ट्राफिक प्रहरीका अनुसार विगतका आर्थिक वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय ७६ वटा सवारीसाधन दुर्घटनामा परेको थियो । गत आर्थिक वर्ष ०७९/८० मा छ सय ७८ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।  सवारी दुर्घटनाको संख्या बढेपनि त्यसमा ज्यान गुमाउनेको संख्या भने घटेको देखिन्छ । गत आर्थिक वर्षमा ६६… पुरा पढौ

अल्झियो सूचनाको हक

https://www.youtube.com/watch?v=9m01hZQQtss&t=3s पुरा पढौ

मधेसका पालिकाले हाकिम पाउन थाले

सिंहदरबारभित्र वर्षौैंदेखि कार्यरत २६ जना कर्मचारीलाई मधेश प्रदेशमा सरुवा गरिएको छ । उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशका विभिन्न स्थानीय तहमा खटाएको छ ।  तीन वर्षभन्दा बढी अवधिसम्म सिंहदरबारमा बसेका कर्मचारीहरुलाई हिमाल, पहाड र तराई क्षेत्रमा खटाउन थालिएपछि मधेशका स्थानीय तह सबै निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट मुक्त भएका छन् । पदभार ग्रहण गरेदेखि मन्त्री अमनलाल मोदीले प्रशासनमा सुधार ल्याउन स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता पूरा गर्न उनले सिंहदरबारमा जरा गाडेर… पुरा पढौ