समाचार

सूचनाको हक प्रवर्द्धनका लागि अभिमुखिकरण कार्यक्रम

सूचनाको हकको कानूनको व्यवहरिक प्रयोगका लागि अभियन्ता उत्पादन गर्ने सूचनाको हकका लागि राष्ट्रिय महासँघले सनिबार एक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमपछि सूचनाको हक प्रयोग गरेर सूचना मागकर्ताको सँख्यामा बढोत्तरी हुने विश्वास गरिएको अभिमूखिकरण कार्यक्रममा करिव २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकको कानूनको महत्व र यसको प्रयोगले आमनागरिकलाई पुग्न सक्ने फाइदा र राष्ट्रिय सूचना आयोगले खेलेको भुमिका बारे चर्चा गरेका थिए । अभिमूखिकरण कार्यक्रमको सूचनाको हकका लागि… पुरा पढौ

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी÷डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ । १२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो । पुरा पढौ

नया आइडिया को लागि बाथरुम

यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो । शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ । बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क… पुरा पढौ

एकैजनाको १०७ जना छोराछोरी श्रीमती मात्र १५ जना

दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभावित छन् । राजाकै सिको गर्दै उनले यतिधेरै महिलासँग बिहे गरे । यो परिवार मिलेर बसेको छ । ६१ वर्षका डेभिडले आफ्ना सबै… पुरा पढौ

जुम्ल्याहा बच्चाका पिता फरक फरक देखायो डी एन ए टेस्ट ले

मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ । तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ । यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी… पुरा पढौ

सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने

सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए । आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए । त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम… पुरा पढौ

होस्टिङ डेटा नष्ट पारेको आरोपमा नेपालका सीईओ पक्राउ

 नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोले अनधिकृत रुपमा होस्टिङ गरिएको डेटा नष्ट पारेको आरोपमा जेनस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पोखरेललाई पक्राउ गरेको छ । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको होस्टिङ गरिएको डेटा नष्ट गरी क्षति पुर्‍याएको आरोपमा कम्पनीका सीईओ पक्राउ परेका हुन् । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिले आफ्नो कम्प्युटर तथा लेखा सम्बन्धी उपकरणहरूको कारोबार, कम्प्युटर थोक व्यापार र अन्य विविध वस्तुको आयात गर्ने लगायतको काम गर्दै आएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी निर्माण गरिएको… पुरा पढौ

बाँस बिक्रीबाट मनग्य आम्दानी

म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो र सोली जस्ता सामग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानको घरायसी प्रयोजनका लागि दैनिकरुपमा प्रयोग गरिँदै आएको छ । पछिल्लो समयमा सहरबजार… पुरा पढौ

गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन

म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् । “सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।”… पुरा पढौ