समाचार

सि.डि.ई. मदन मोहन झा र लेखा अधिकृतसमेत ४ जना लाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं. २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा Irrigation and Water Resources Management Program (IWRMP), Block No. 2, Hariharpur, Parsa, Canal Reshaping Work योजनामा नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंज, पर्साले रु.५,६१,९५०।- उपभोक्ता संस्थालाई बद्‌नियत पूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई गलत भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसुरमा संलग्न देहाय बमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुलाइ भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका कार्यालयबाट २०७५।०७६ मा संचालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको विउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बिल भरपाई पेश गरी नगरपालिकाका कृषि शाखा प्रमुखले रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ नगरपालिकामा आ.व. २०७५।०७६ को हिउँदे फलफूल विरुवा लगायतका सामाग्री वितरण कार्यक्रममा विरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा विल र विरुवा ढुवानीवापत भुक्तानी दिएको भनी कार्यक्रम बजेट रकम र कृषकहरुबाट उठाएको रकम गरी जम्मा रु.२,२३,१००।-को… पुरा पढौ

नेपालमा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन स्थिति पुरानो रिपोर्ट

सारसंक्षेप नेपालमा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन भएको १३ वर्ष नाघेको छ । यस अवधिमा सार्वजनिक निकाय सूचनाको हकका बारेमा ज्यादा जानकार रहेपनि सूचना प्रवाहमा सक्रिय देखिएका छैनन् । खुला र पारदर्शी शासन व्यवस्था स्थापना गर्ने उद्देश्यसहित कार्यान्वयनमा आएको ऐनका धेरै पक्ष कार्यान्वयन हुन सकेका छैनन् । नागरिक सूचना माग्न नआएपनि स्वत: प्रकाशन गरेर पारदर्शिता कायम गर्ने सवालमा सार्वजनिक निकाय चुकेका छन् भने सूचनाको वर्गीकरण गर्नुपर्ने मूल काम गरिएको छैन । नीति कार्यान्वयनमा सरकारी उदासिनता एवं कानूनमा रहेका दुविधाले सूचनाको हकसम्बन्धी… पुरा पढौ

सूचनाको हक र प्रयोग

शिवलाल पाण्डेय सूचना नै शक्ति हो । आजको विश्वमा सूचनाका क्षेत्रको विकासले विश्व एउटा गाउँजस्तै भएको छ । सूचना र सञ्चारको यो युगमा सूचनाले नै क्षणभरमै विश्वमा उथलपुथल ल्याइदिन सक्छ । त्यसैले सूचनाको महìवपूर्ण स्थान छ ।सूचना पाउनु नागरिकको हक हो । यो हकको सुरुवात गर्ने मुलुक स्वीडेन हो । स्वीडेनको प्रेस स्वतन्त्रतासम्बन्धी ऐन, १७६६ कानुनलाई सूचना स्वतन्त्रताको सन्दर्भमा कोसेढुङ्गा मान्ने गरिन्छ । त्यहाँको सूचना स्वतन्त्रतासम्बन्धी ऐनले सूचना माग गरेको २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने र दिन नमिल्ने सूचना भए लिखित रूपमा दिन नसकिने कारण खुलाई दिनुपर्ने व्यवस्था… पुरा पढौ

सूचना शक्तिः (केही सफल कथाहरु)

(केही  सफल  कथा)  भूमिका संविधानमा सार्वजनिक सरोकारका सूचनामा नागरिकको पहुँच हुने कुरा मौलिक हककारुपमा राखिएपनि सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थालाई स्थापित गर्न १७ वर्ष भन्दा बढी लामो समय लाग्यो । यस बीचमा सर्वोच्च अदालतबाट कतिपय सकारात्मक फैसला भएका छन् । सूचनाको हकसम्बन्धी ऐनका लागि विभिन्न काल खण्डमा गरी अध्यादेशका ४ वटा मस्यौदा भएपनि सूचनाको हक बारे आम जनतामा पर्याप्त चेतना र जागरुकताको अभाव काममा नै रहेको रहेछ । तथापी २०६३ को ऐतिहासिक जनआन्दोलनको प्रभावले त्यसको करिब १ वर्ष पछाडि सूचनाको हकसम्बन्धी… पुरा पढौ

नेपालमा सूचनाको हकको बिकासक्रम: सार्वजनिक निकायको भुमिका र हालको अवस्था

बिष्णुप्रसाद चौलागाईं सूचनाको हक नागरिक अधिकार हो, यो अधिकारको प्रयोगले मुलुकमा कानुनी शासन र जवाफदेही कायम गरि लोकतन्त्रलाई सुसंस्कृत बनाउन साथै जवाफदेही राज्य सम्यन्त्र निर्माणमा भुमिका खेल्दछ । यसै सन्दर्भ र नेपालमा सुचनाको हक सम्बन्धि कानुन बनेर र कार्यवयनमा आएको पनि आज भदै ३ बाट १३ वर्ष पूरा भएर १४ औं वर्षमा प्रवेश गरेको छ । हाल बिध्यमान रहेको नेपालको ऐन अनुसार सुचनाको हक भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सुचना माग्ने र पाउने अधिकार सम्झनुपर्छ र सो शब्दले सार्वजनिक… पुरा पढौ

मधेश प्रदेश मा सूचना अभियानलाइ उठाउदै परशुराम

मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयसँग सार्वजनिक महत्वका सूचना माग गरिएको छ । सूचना हकको कानून कार्यान्वयनको अभियानमा लागेका सूचना अभियन्ता परशुराम साहले मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला प्रशासनसँग सूचना माग गर्नुभएको हो । सूचनाको हक सम्बन्धी कानून बनेको १५ वर्ष भइसक्दा पनि सो ऐन कार्यान्वयनमा न आएकोले कानूनमा भएको व्यवस्था कार्यान्वयन गराउन र  सूचना लिने, दिने संकृतिको विकास गराउन सूचनाको हकको अभियानमा लागेको  अभियन्ता साह बताउनु हुन्छ । सूचना अभियन्ता दीपक आचार्यको… पुरा पढौ

माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो। उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए। स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताए।  अहिले घटनास्थल तर्फ प्रहरी पठाइएको… पुरा पढौ

महको शुद्धता परिक्षण, साथै मह सेवन गर्दा हुने लाभ

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर । तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो । अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग,… पुरा पढौ