समाचार

कल सेन्टरद्वारा सर्वसाधारणलाई ब्ल्याकमेलिङ

काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ। सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।  अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उनले बताए।  ‘काम भइरहेकै छ। सबै विवरण आइसकेको छैन,’ उनले भने।  कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको उनले बताए। तर यकिन कति बरामद भएको भन्ने खुलेको छैन। यो कम्पनी चिनियाँले चलाएको प्रहरीको भनाइ छ।  उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको… पुरा पढौ

भन्सार छलेर विदेशी चुरोट ल्याउने आयातकर्ता र भन्सार एजेन्टलाई पक्राउ गर्न माग

वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यलय, सिर्सियाले भन्सार छलेर विदेशी चुरोट ल्याउने आयातकर्ता र भन्सार एजेन्टलाई पक्राउ गर्न माग गरेको छ। बारम्बार पत्राचार गरी भन्सार कार्यालयमा उपस्थित हुन बोलाउँदा पनि नआएपछि जिल्ला प्रहरी कार्यालय पर्सासँग पक्राउ पुर्जी माग गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए।  'हामीले पटक–पटक कार्यालयमा बोलायौं। सम्पर्कमा नआएपछि पक्राउ गर्न भनेका हौं,' भण्डारीले भने। उनका अनुसार साउन ४ गते कम्पनी सञ्चालक र भन्सार एजेन्टका नाममा पक्राउ पुर्जी माग गरिएको छ। अवैध रूपमा ल्याएको विदेशी चुरोटको कर तिर्न भन्सारले आयातकर्ता र एजेन्टलाई… पुरा पढौ

पूराना तथा कमजोर भएका २१ वटा रूख काटिए

भक्तपुरको सल्लाघारीमा रहेका २१ वटा पूराना रूख काटिएको छ।  सोमबार डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।  ‘अहिले काट्ने र हटाउने काम भइरहेको छ। प्रहरीले सुरक्षा दिने काम गरिरहेको छ,’ उनले भने।  आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको थियो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको थियो।  लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र… पुरा पढौ

नेपालले सबै भन्दा धेरै माल सामान आयात गर्ने देशहरु

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२… पुरा पढौ

ठेकेदार कम्पनीको  लापरबाहीले अलपत्र सडक

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त ठेकेदार कम्पनीको  लापरबाहीले अलपत्र कालोपत्र ठेकेदार कम्पनीको  लापरबाहीले अलपत्र परेको हो ।  मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध… पुरा पढौ

नियमविपरीत यातायात सुविधा लिने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको  छ । गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितिका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ । तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग गरे पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेका हुन् । नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैयाँका दरले… पुरा पढौ

आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड

हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको  आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा दैनिक १०० बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय चौरी पालक किसानको भनाइ छ ।  मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिस चौरीखर्कमा पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए । स्थानीयवासी शेरचनका अनुसार हिमाली लेकमा पाइने शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी,  कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बुलगायत जडीबुटी खाने भएकाले… पुरा पढौ

आयातमा वार्षिक बजेट भन्दा बढी खर्च

नेपालले विभिन्न वस्तुकाे आयातमा वार्षिक बजेटभन्दा २ खर्ब ८८ अर्ब बढी खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले वर्षभरि गर्ने आम्दानी र खर्चको विवरण (बजेट) जम्मा १६ खर्ब ३२ अर्ब रुपैयाँको तय गरेको थियो थियो । सोही आवमा भएको आयात भने १९ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत वर्षको बजेट भन्दा ८८ अर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । उक्त आवमा भएको व्यापार घाटा १७… पुरा पढौ

अवैध कल सेन्टरमा प्रहरीको छापा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा छापा प्रहरीले मारेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको बताए । उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका… पुरा पढौ

सरकारी भवन नक्सा र डिजाइन स्वीकृत नगराई निर्माण सुरु

सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग र अन्य कार्यलयले नक्सा र डिजाइन स्वीकृत नगराई भवन निर्माण गर्ने गरेको पाइएको छ । विभाग र अन्य कार्यालयले एकैवर्ष ३९ वटा सरकारी भवन नक्सा र डिजाइन स्वीकृत नगराई निर्माण सुरु गरेको पाइएको हो ।  महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत विभाग र अन्य निकायले नक्सा पास नगरी भवन निर्माण गर्ने गरेको औंल्याएको छ । ‘यो वर्ष (आर्थिक वर्ष २०७७/७८) ३९ सरकारी भवन निर्माणाधीन रहेकोमा १६… पुरा पढौ