समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्धाहरु l

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मिति २०७९।०८।८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत सम्बन्धी-३ (तीन) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०८।१९ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ । पुरा पढौ

ल्याब टेक्निसियन नै नक्कली

जिल्ला ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी, ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम एकवाल यादवले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले Diploma in Civil Engineering को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सव-इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले… पुरा पढौ

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई सरकारी सेवा सुबिधा लिई रहेका विरुद्ध मुद्धा

कैलाली जिल्ला अन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मथुरा चौधरीले राष्ट्रसेवकको ओहदा लिई सोबाट लाभ लिने उद्देश्यले स्नातक तहको नक्कली Transcript, Provisional Certificate, Character Certificate हरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज मथुरा चौधरीउपर भ्रष्टाचार निवारण ऐन,… पुरा पढौ

छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् । गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच… पुरा पढौ

नेपालका ७५३ स्थानीय तहको सामान्य बिबरण

नेपालका ७५३ स्थानीय तहको सामान्य बिबरण pdf मा हेर्नुहोला पुरा पढौ

बक्राहा पुल सात वर्षदेखि अलपत्र बक्राहा पुल अहिले पनि बन्यो चुनाबी एजेन्डा

सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो । संविधान सभा चुनावको बेला देखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ । तर,२०७२ सालमा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । मोरङको सुनवर्षी १ का केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती ब्योहार्नु परेको छ। खोला बारीपारी जग्गा हुने किसानले  खेत सम्म ट्याक्टर लान ल्याउन ८… पुरा पढौ

लोप हुँदै अरिङ्गालको गोला

मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुन् । उनले दिनभर अरिङ्गाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्थे । विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिङ्गाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउथे । तर आजभोलि अरिङ्गाल भेटिन… पुरा पढौ

राष्ट्रिय सूचना आयोगबाट प्रत्येक ३ महिनामा प्रकाशन हुने “सूचना मेरो अधिकार” बुलेटिनको २०७९ साउन -असोज अंक

राष्ट्रिय सूचना आयोगबाट प्रत्येक ३ महिनामा प्रकाशन हुने “सूचना मेरो अधिकार” बुलेटिनको २०७९ साउन -असोज अंक pdf लिंक हेर्नुहोला पुरा पढौ