समाचार

‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने

‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रणा दिन बिहीबार काठमाडौं आएका थिए । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका… पुरा पढौ

टुकुचा खोला बारे नापी विभागका पुर्वनिर्देशक मरहठ्ठा संगको कुरा कानी

– राजेन्द्र मरहठ्ठा, पूर्वनिर्देशक, नापी विभाग ०४९ सालमा गिरिजाप्रसाद कोइरालाका कारण झण्डै ३ सय कर्मचारीले एकै पटक जागिर गुमाए, जसमध्येका हुन् ईश्वर मरहठ्ठा, उनी नापी विभागका निर्देशक थिए, सीमाविद् बुद्धिनारायण श्रेष्ठचाहिँ डिजी । हटाइएकामध्ये अधिकांश कर्मचारी मुद्दा मामिला गरेर जागिरमा फर्किए पनि बुद्धिनारायण र ईश्वरहरू त्यता गएनन् । बरु जागिरबाट हटेपछि भूमिचित्र कम्पनी खोले बानेश्वरमा । यसले जग्गा नापनक्साको काम गर्छ, जसको अध्यक्ष उनै बुद्धिनारायण छन् । ०२१ सालमा सर्भेयरबाट निजामती सेवामा पाइला राखेर ०४९ सालदेखि रिटायर्ड भएका उनी ल्याण्ड… पुरा पढौ

दुई किशोरीमाथि १४ जनाको समुहले सामूहिक बलात्कार

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा हिजो बिहान अन्दाजी २:०० बजेको समयमा दुई किशोरीमाथि १४ जना व्यक्तिहरूले सामूहिक बलात्कार गरेका छन् । रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालका अनुसार गाउँमा भइरहेको सांस्कृतिक कार्यक्रम हेरेर फर्किँएका दुई युवतीमाथि चिनेजानेकै युवाहरूको समूहले सामूहिक बलात्कार गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी स्रोतका अनुसार अहिलेसम्म बलात्कारमा संलग्न भएको आरोपमा सैनामैना नगरपालिका-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्की सहित ९ जना युवाहरू पक्राउ परिसकेका छन् अझै चार जना फरार छन् । पक्राउ परेका केही नाबालिग (१८ वर्षभन्दा… पुरा पढौ

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न आदेश

निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो । साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, मुख्यसचिव र अर्थिक मामिला सचिवलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारले ८ असोजमा घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो । पुरा पढौ

निर्वाचन आचारसंहिताको ख्याल नगर्दा वडाध्यक्षलाई जरिवाना

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । उनले काठमाडौं–७ (२) मा नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार सविन तामाङको प्रचार प्रसारमा हिँडेको र उनलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा भोट मागेको भन्दै आयोगले जरिवाना गरेको हो । निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था छ । रिजालले आफू प्रचार प्रसारमा सहभागी नभएको जिकिर गरेका थिए । तर उनको फेसबुकबाट निकालिएको कागजातबाट उनी प्रचार प्रसारमा संलग्न भएको पाइएकाले… पुरा पढौ

सबैभन्दा पूरानो बौद्ध मन्दिर फेला

संसारमा हजारौं बौद्ध मन्दिरहरु होलान् । तर हालै पाकिस्तानमा भेटिएको बौद्ध मन्दिर भने अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो बौद्ध मन्दिर हो । उक्त बौद्ध मन्दिर उत्तरी पाकिस्तानको स्वात उपत्यकामा फेला परेको छ । उक्त इलाका प्राचीन गान्धार क्षेत्रको हिस्सा हो जुन क्षेत्रमा सिकन्दरले विजय प्राप्त गरेका थिए । पुरातत्वविद्हरुका अनुसार यो मन्दिर इशापूर्वको दोश्रो शताब्दीको मध्यतिरको हो । त्यसबेला गान्धारमा उत्तरी भारतको इण्डो युनानी साम्राज्यको शासन थियो । उक्त मन्दिरलाई पहिले नै बनेको बौद्ध मन्दिरको माथि बनाइएको थियो, जुन इशापूर्व तेश्रो… पुरा पढौ

भड्किलो देउसी भैलो, परम्परा बिर्सिदै युवा पुस्ता

हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ । यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ । हिमाली जिल्लामा यसअघिका… पुरा पढौ

बालगोपालेश्वर मन्दिरमा भाइटीका

दिदीबहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।  तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएको छ।  पुरा पढौ

किन र कसरी मनाउन सुरु भयो तिहार ?

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ? जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता… पुरा पढौ

अबको तिहारमा फूलमा नेपाल आत्मनिर्भर रहला ?

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ ।  बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनुभयो ।… पुरा पढौ