समाचार

नाम निक्लियो पिउन मा नियुक्ती भने केन्द्र प्रमुखमा

आज नेपालीहरु विदेशको हरेक ठाउँमा पुगेका छन् l हरेक संग हरेक अनुभब छन् पछिल्लो चरण नेपालमा रहने हरु भनेका काम नभएका छनोट नागरिक मात्र रहेका छन् भन्ने आम सर्वसाधारणको बुझाई रहेको छ l राज्यकै निकायमा रहेका अदक्ष कर्मचारीका कमजोरीहरु छ्याप्छ्याप्ती समाजमा देखिएका छन् l अहिले हालसालै बेनी नगरपालिका यस्तै विषयमा विवादित बनेको छ २०७९-०४-१२ गते अन्तर्वार्ता सम्बन्धि पालिकाले निकालेको सुचनामा निशा सुबेदी , बिष्णु बानिया, कमला कंडेल शर्मा निहुरे , धनमाया श्रेष्ठ , प्रीस्का श्रीस मगर र रिता पौडेलको नाम… पुरा पढौ

पाेखरामा ‘मेयर सम्मेलन’ शुरू

देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्। महानगरका उपप्रमुखले… पुरा पढौ

जिल्ला न्यायाधीशको ब्यापक सरुवा

हरिश्चन्द्र ढुंगाना तनहुँ जिल्ला अदालतमा काज सरुवा थिए, उनलाई सोही जिल्ला अदालतमा राखिएको छ । त्यस्तै, महेन्द्रबहादुर कार्की काभ्रेपलान्चोकबाट सिन्धुली काज सरुवामा थिए, उनको पनि जिल्ला परिवर्तन गरिएन । मोहनराज भट्टराई रामेछापबाट काभ्रेपलान्चोकमा काज सरुवा भएको थियो, उनको पनि यथावत् राखियो । गिरीराज गौतम सिराहा जिल्ला अदालतमा दरबन्दी थियो, उनको झापा जिल्ला अदालतमा काज सरुवा भएको थियो । उनको अहिले सल्यान जिल्ला अदालतमा सरुवा भएको छ । आजभन्दा करिब एक वर्ष पहिला काज सरुवा भएका र अहिले सरुवामा पर्ने न्यायाधीशहरूको संख्या… पुरा पढौ

पहिलो पटकको असफल एस.एल .सी प्रयास: ३० बर्ष पछि सफल

कैलालीका एक व्यक्तिले एस.एल.सी दिएको ३० बर्ष पछि एसईई उत्तीर्ण गरेका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरीले सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन् । उनले २ ५ जीपीए ल्याएका छन् । कैलारी गाउँपालिका–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । शिक्षाप्रतिको उनको लगावले नै उनी अहिले सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन् । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि… पुरा पढौ

बीमा ठगी गर्न विवाह नै नक्कली, पैसा लिन युवकको हत्या

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।  प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।  पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले… पुरा पढौ

मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ : नगर प्रमुख

सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् । भूमिकास्थान नगरपालिका(४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द… पुरा पढौ

चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाए

प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ । जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी… पुरा पढौ

१० रूपैयाँमा एक जार पानी पाइने ‘पँधेरो’

काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ।  बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यलय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो।  महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको समितिका अध्यक्ष विकास गौतमले बताए। ‘पानी पँधेरोको मुख्य उद्देश्य सस्तोमा शुद्ध खानेपानी उपलब्ध गराउनु हो’, समितिका अध्यक्ष गौतमले भने, ‘प्रत्येक दिन बिहान र बेलुकी दुई घण्टा पानी वितरण गर्छौं।’ लुसेन्ट ड्रप नेपालले परीक्षण गर्दा पानी पिउन योग्य… पुरा पढौ

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

‘कानुनको यो प्रावधान अनुसार अब कुनै दम्पतीका दुई वा त्योभन्दा बढी सन्तान छन् भने उनीहरु मध्ये कसैले आमाको थर र ठेगाना कसैले बाबुको थर र ठेगाना पनि राख्न सक्छन् ।’ आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ । सरकारले सुरु (२४ असार… पुरा पढौ

बढुवा एसपीहरुको पदस्थापन

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए ।  १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको… पुरा पढौ