समाचार

लघुवित्त र मिटरव्याजी विरुद्धमा काठमाडौंमा प्रदर्शन

लघुवित्त संस्था र मिटरव्याजीहरुको ज्यादतीका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएको पीडितहरुले सो विरोध प्रर्दशन गरेका हुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेजको माग गरेका छन् । विरोध प्रदर्शनमा सयौंको संख्यामा सहभागी भएका थिए । लघुवित्तले बढी ब्याज लिएको भन्दै देशभर पीडितहरु आक्रोशित भएका छन् । आन्दोलनका नेतृत्व गरेका प्रसाईले… पुरा पढौ

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तत्तकालिन जुरे पहिरो र त्यसपछिको भुकम्पको कारण देखाउदै चिनीयाँ सरकारले बन्द गराएको तातोपानी भन्सार नाकाबाट हुने व्यापारीका कारोबार हालसम्म खुलाउन नेपाल सरकारले सकेको छैन । सो नाकाबाट फ्रि तिव्वतको पक्षमा आन्दोलनकारी नेपाल भित्राउने र चीन विरोधी गतिविधि गरेको निष्कर्ष निकालेर चीनको तर्फबाट भुकम्पको बहाना बनाई सो नाका बन्द ग¥यो । तर, सो नाका बन्द गरेपनि एक व्यापारी समुहले भने अहिले पनि विभिन्न बहना बनाई अबैधधन्दा कायम राखेको भेटिएको छ । ढिला गरि प्राप्त विवरण अनुसार सो नाकाबाट ‘सिल्क ट्रान्सपोर्ट कम्पनीको… पुरा पढौ

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने… पुरा पढौ

किन असफल भइरहेको छ सहकारी क्षेत्र?

सहकारी क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नुपर्ने हो।तर सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुनसकेका कारण धेरै समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगको नेपालमा वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोवार बढी देखिएकोले सहकारी क्षेत्रमा समस्या देखिएको छ। त्यसमाथि केही सहकारी संस्थाहरूमा सहकारी सिद्धान्त, मूल्य, मान्यताको अनुशरणको अवस्था एकदमै… पुरा पढौ

के सांसदहरु पार्टिको टेवुल ठोक्ने हतियार मात्र हुन ? संसदिय बहसको गुणस्तर न्युनस्तरको किन छ ?

संसदलाई लोकतन्त्रको मन्दिर मानिन्छ, जहाँ निर्वाचित जनप्रतिनिधिहरू बहस र छलफलपछि शासन सञ्चालनसम्बन्धी निर्णयमा पुग्छन् । कार्यपालिकालाई आफ्नो कार्यका लागि जनताप्रति जवाफदेही बनाउने सर्वोच्च निकाय भनेकै संसद हो तर, पछिल्लो समय संसदीय अधिकारको अवमूल्यन सरकारबाट नै गरिनु, संसदिय बहसको मापदण्ड नहुनु, संसदिय बहसको कार्यान्वयन नभइ बहसमा मात्र सिमित रहनु, सदस्यको आचरण प्रश्न उठनु, संसद बैठकमा सांसदको सहभागिता न्यून हुनु लगायतका कारणले यो महान संस्था र यसका सार्वभौम सदस्यहरुको भुमिकामा प्रश्न उठेको हो । वर्तमान समयमा सांसदले संसदमा गई नीति निर्माण कार्यमा… पुरा पढौ

सुचनाको हक र पारदर्शिता

सुचनाको हकसुचना भन्नाले लिखित वा मौखिक, मुद्रित वा विद्युतीय सञ्चार माध्यम तथा अन्य माध्यमबाट सम्प्रेषित, ध्वनि वा संकेतको रुपमा रहेका सबै प्रकारका जानकारीहरुलाइ जनाउँछ ।सार्वजनिक महत्वको वा आफुसँग सरोकार राख्ने विषयमा सार्वजनिक निकाय वा व्याक्तिसँग आवश्यक सुचना माग गर्ने अधिकार र सुचना प्राप्त गर्ने अधिकार लाइ सुचनाको हक भनिन्छ ।सुचनाको हक सम्वन्धी ऐन, २०६४ ले सुचनाको हक भन्नाले " सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सुचना माग्ने र पाउने अधिकार सम्झनुपर्छ । " सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने सुचना सार्वजनिक निकायको स्वरुप… पुरा पढौ

 वडा कार्यालयको आर्थिक लगायत महत्वपूर्ण विषयमा जानकारी लिन महानगर सार्वजनीक लेखा समितिको अनुगमन 

पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र  आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो । लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु  बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय सहितको टोलीले वडाको खर्च… पुरा पढौ

सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई ठगी गरेको घटनामा संलग्न भनि पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-२ स्थित तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका-२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका-१४ घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने सविना न्यौपाने रहेका छन् ।   २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका-२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई… पुरा पढौ

तल्लो वर्गसम्म सूचनाको हकलाई कार्यान्वयन गराउँछौं : मन्त्री श्रेष्ठ

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले सूचनाको हकलाई तल्लो वर्गमा कार्यान्वयन गर्ने बताएका छन् ।  विदुरमा शनिबार आयोजित सूचनाको हक प्रवर्द्धन कार्यक्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारले मातहत कार्यालयमा सूचनाको हकलाई मौलिक हकको रुपमा कार्यान्वयनमा लैजान कार्यक्रम गरिएको बताएका हुन् । उनले सूचनाको हक तल्लो वर्गसम्म पुर्‍याउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिए । उनले राजनीतिक सुशासन कायम गर्न र समृद्धिको यात्रा अगाडि बनाउन सूचनाको महत्वपूर्ण भूमिका रहने भन्दै सूचनाले नागरिकलाई सशक्त बनाउने पनि विचार राखे । मन्त्री श्रेष्ठले भने, ‘यो सूचनाले… पुरा पढौ