समाचार

स्थानीय तहलाई तीन दिनभित्र बजेट प्रविष्ट गर्न परिपत्र

स्थानीय तहलाई तीन दिनभित्र बजेट प्रविष्ट गर्न परिपत्र गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०७९/०८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्य रूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न भनेको हो ।  तोकिएको समयावधिभित्र बजेट पारित गर्ने र नगर्ने स्थानीय तहको विवरण तयार गर्ने कार्य भइरहेको भन्दै मन्त्रालयले पोर्टलमा प्रविष्ट भएकै आधारमा केन्द्रीय विवरण सार्वजनिक हुने भएकोले सभाबाट बजेट स्वीकृत भएको यथार्थ विवरण पोर्टलमा उल्लेख गर्न भनेको हो । मन्त्रालयका अनुसार एक सय ४७ वटा स्थानीय तहले… पुरा पढौ

पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न

दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग लिएर अगाडि बढ्ने बताउनु भयो । वडाध्यक्ष सुवेदीले दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।पोखरा २१ स्थित सेती नदी किनारमा सय रोपनी क्षेत्रफलमा रहेको सो घाटलाई प्राकृतीक रुपमा मनोरम बनाउनका लागि स्थानियकै सक्रियतामा विगत केहि वर्षयता बृक्षारोपणसंगै त्यसको उचित संरक्षण गरिंदै… पुरा पढौ

अध्यक्षमा निर्वाचित भएपछी कामको चापले भोकै बस्न नपरोस भनि श्रीमतीलाई नै भान्छेको जागिर

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् । उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् । पुरा पढौ

पिडित बचतकर्ताको उजुरीको आधारमा गौतमश्रीका हाकिमको बैंक खाता रोक्का

सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी हाकिमको बैंक खाता रोक्का गर्न आग्रह गरेको छ । विभागले पीडित बचतकर्ताहरुले दिएको उजुरीका आधारमा सहकारीका सञ्चालक र व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको हो । विभागका उपरजिष्ट्रार एवम् सूचना अधिकारी टोलराज उपाध्यायले एक हजार ७५ जना पीडित बचतकर्ताहरुले विभागमा उजुरी दिएको उल्लेख गर्दै उक्त सहकारीका सञ्चालक र व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न हिजो राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई भनिएको बताए । गौतमश्रीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु,… पुरा पढौ

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक… पुरा पढौ

१६ अर्ब हिनामिना त्यो पनि भूकम्पपिडितको नाममा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, २०७२ सालको विनाशकारी भूकम्पपछि ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माण प्रयोजनका लागि गठन भएको महत्वपूर्ण निकाय हो। जसले विनाशकारी भूकम्पपछि ध्वस्त संरचनाको दिगो तथा योजनाबद्ध पुनर्निर्माणको नेतृत्व गरिरहेको छ। भूकम्प प्रभावित तथा अति प्रभावितसहित ३१ जिल्लाका नागरिकलाई सामाजिक न्याय प्रदान गर्दै पुनर्वास र पुन:स्थापनाको समेत प्रबन्ध गर्नु यही प्राधिकरणको दायित्व हो। २०७२ साल पुस १० गते गठन भएको प्राधिकरणले २०७६ साल पुस २८ गते तयार पारेको विपद्पछिको पुनर्निर्माण तथा लाभ ढाँचाको संशोधित लागत अनुमान ४ खर्ब ६९ अर्ब ९३… पुरा पढौ

श्रोत नखुलेको रकम सहित पक्राउ

रुपन्देहीमा स्रोत नखुलेको रकम१२ लाख सहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । १२ लाख ५० हजार रुपैयाँ नगदसहित भारतको उत्तर प्रदेश महाराजगन्ज जुगौली बस्ने ४६ वर्षका आशि साहुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  उनले लु ६ प ७१२९ नम्बरको मोटरसाइकलमा  स्रोत नखुलेका १ हजार, ५ सयका नोट गरी बाह्र लाख ५० हजार  लिएर आउँदै गर्दा बेलाहियाबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ  पुरा पढौ

प्रधानाध्यापक पक्राउ

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।   उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी… पुरा पढौ

राहदानी बिभाग मै पुगेकालाई काम चाडै गर्दिने भन्दै रकम असुली

काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको… पुरा पढौ

कागजपत्र नक्कली बनाएर अर्काको जग्गा बिक्रि

जग्गाधनीलाई थाहा नै नदिई काठमाडौं कलंकीको ११ आना जग्गा बिक्री गरिएको घटनामा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सो जग्गा खरिद गर्ने भक्तपुरकी सुनिता कर्माचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । भूमाफिया गिरोहले जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको मृत्युदर्तासहितका सबै कागजपत्र नक्कली बनाएर उनको ११ आना जग्गा बिक्री गरेको थियो । सो जग्गा कर्माचार्यले खरिद गरेकी थिइन् ।  संगठित अपराध तथा लिखतसम्बन्धी कसुरमा सिआइबीले उनलाई पनि पक्राउ गरेको हो । यसअघि सो घटनामा संलग्न पाँचजना पक्राउ परिसकेका… पुरा पढौ