समाचार

मोलुंग गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ्ग, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनालाइ भ्रष्टाचार सम्बन्धि मुद्धा

जिल्ला ओखलढुंगा, मोलुंग गाउँपालिका वडा नं. २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय पुन: निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी/गराई, स्वीकृत गरी रु.3,82,०50।- हानी पुर्‍याउन बदनियतपूर्वक भुक्तानीसमेत… पुरा पढौ

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी इन्जिनियरलाई कृष्ण प्रसाद यादवलाइ मुद्धा

नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादवले नेपाल विद्युत प्राधिकरण अन्तर्गत बिभिन्न कार्यालयहरुमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कृष्ण प्रसाद यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४८।११।०९ देखि निज अवकास पाएको मिति २०७९।०२।०९ सम्मको अवधिको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजको पारिश्रमिक बचत, प्रोत्साहन भत्तावापतको रकम, बिदेश भ्रमण भत्तावापत प्राप्त रकम, कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा आय, नेपाल… पुरा पढौ

पत्रकार महासंघ सिरहालाइ लिखित जवाफ पेश गर्न आयोगको आदेश

नेपाल पत्रकार महासंघ ,सिरहा शाखालाइ ७ दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले पत्राचार गरेको छ । जेठ ३२ गते बसेको आयोगको इजलासले , सूचना उपलब्ध नगराउनु पर्ने आधार ,प्रमाण र कारण सहित सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा १० को उपदफा २ बमोजिम ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । नेपाल पत्रकार महासघ, सिरहा शाखाका सदस्य समेत रहेका सिरहा गोलबजारका गोबिन्द बहादुर बिष्टले , नेपालको संबिधान ,२०७२ को धारा २७ र सूचनाको हक… पुरा पढौ

काठमाडौँमा साउन १ बाट प्लाष्टिकको प्रयोगमा निषेध

काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।  कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी दिए ।  कामपाले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ ।… पुरा पढौ

मापसेको तालमा श्रीमतीको हत्या

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।  सिरिजङ्गा गाउँपालिका-३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले जानकारी दिए। मंगलबार राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए। त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डिएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो। ‘मृत्यु हिजै भइसकेको रहेछ। बुधबार बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ घटनाबारे खबर पाएपछि बुधबार बिहान प्रहरीले लक्ष्मणलाई पक्राउ गरेको… पुरा पढौ

घुससहित तीन जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार झापास्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । उनीहरुले सडक निर्माण कार्यको अन्तिम  बिल भुक्तानीको लागि सहजीकरण गरे बापत रु ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।  उनीहरुलाई अख्तियारको केन्द्र र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले… पुरा पढौ

जिप दुर्घटनामा परि घाइते भएका मन्त्रिको उपचारको क्रममा मृत्यु

सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो ।  मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी दिइन् । उनका अनुसार मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो । मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि… पुरा पढौ

बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छl सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । ‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक… पुरा पढौ

गाउँमा निशुल्क आँखा स्वास्थ शिविर हुदा स्थानिय खुसी

ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर शल्यक्रिया गरिएकोनेत्रधाम आई केयर सेन्टरको प्रबन्द निर्देशक डा. संयम बजिमयले जानकारी दिए । उनका अनुसार डा. प्रणव श्रेष्ठको संलग्नतामा ८ जनाको मेडिकल टिमले उक्त स्वास्थ शिविरमा सेवा सञ्‍चालन… पुरा पढौ

गाउँमा स्वास्थ्य संस्था खुले पछी स्थानीयलाई केहि राहत

‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका-५का कमला विकले भने। विकका चार छोराछोरी छन्। उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो। तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन्। निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ… पुरा पढौ