समाचार

मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहालाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले जग्गा रजिष्ट्रेशन गरिदिनको लागि रु.१५,०००।– घुस/रिसवत माग गरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई… पुरा पढौ

कास्की जिल्लाका प्र.अ. नारायणप्रसाद पौडेलउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ (साविक धिताल गा.वि.स. वडा नं. ३) मा सञ्चालित श्री कैलाश टेत्सुओ प्राथमिक विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, कास्कीबाट आ.व. २०६७/०६८ मा उक्त विद्यालयको शौचालय निर्माण गर्नका लागि रकम निकासा भएकोमा, सो कामका लागि तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलले उक्त रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य… पुरा पढौ

अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

 अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।  माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।… पुरा पढौ

रुपाले शुरु गर्यो मदिरा रहित समाज निर्माण अभियान

कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं. ७ हंसपुरका वासिन्दाहरु यतिखेर मदिरा रहित समाज निर्माण अभियानमा जुटेका छन् ।मदिरा तथा लागु औषध सेवा कर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगती अन्त्य गरि सभ्य समाज निर्माणका लागि टोलवासीको भेलाले आजदेखि मदिरा निषेधित अभियान सञ्चालन गरेको हो ।स्थानीय बिभिन्न संघसंस्था, समाजसेवी, वुद्धिजिवी सहितको सहगितामा आज वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागु औषध नियन्त्रणका विषयमा सचेतना मूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिनुभयो ।लागु… पुरा पढौ

आर्याको औषधी गुणस्तरहीन, बिक्रीवितरणमा रोक

नेपाली औषधी उत्पादक कम्पनी बाराको आर्या फर्माल्याब प्राइभेट लिमिटेडले उत्पादन गरेको औषधी गुणस्तरहीन फेला परेको छ ।  औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको अर्मेट्रो सस्पेन्सन (मेट्रोनिडाजोल बेन्जोयट ओरल सस्पेन्सन आईपी) नामक औषधी न्यून गुणस्तर रहेको भेटिएको हो । ‘बजारिकृत औषधीहरुको गुणस्तर परीक्षण कार्यक्रम’ अन्तर्गत औषधीहरुको नमुना संकलन गरी राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्ने क्रममा उक्त औषधी मापदण्डविपरीत उत्पादन गरिएको भेटिएको विभागले जनाएको छ । औषधीमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्काल ती औषधी प्रयोगमा रोक… पुरा पढौ

डिएसपीद्वारा हिरासतमा रहेका बन्दीमाथि निर्घात कुटपिट

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहरामाथि हिरासतभित्र रहेका बन्दीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ ।  आफू मातहतका इन्स्पेक्टर प्रकाश पौडेललाई खटाएर उनले बन्दीहरूलाई निर्घात कुटपिट गराएको पीडितहरुले बताएका छन् । हिरासतभित्रै कुटिएका घाइते बन्दीलाई उपचारका लागि शीर मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ ।  केही समयअघि बनेपाको रोयल लन्चबारमा शुक्र लामाको समूह र युवाहरूबीच भएको सामान्य झडपलाई लिएर प्रहरीले कालीकुमार लामा, दिपेन्द्र नेपाली, रमेश शाही ठकुरी, दिपेन्द्र नेपाली, मनोज लामा र विजयी लामालाई पक्रेको थियो… पुरा पढौ

प्रेमीद्वारा लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या

काठमाडौंको ठमेलमा भएको २६ वर्षीया एक युवतीको हत्यामा उनकै प्रेमीको संलग्नता खुलेको छ ।  चितवनको राप्ती घर भएकी जेनिशा तामाङको हत्या गरेको आशंकामा प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका अमर रञ्जितकारलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा अमर र जेनिशा प्रेम सम्बन्धमा रहेको र सामान्य विवाद हुँदा अमरले हत्या गरेको खुलेको हो ।    उनीहरु ठमेलस्थित भगवतीबहालमा करिब छ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको पनि थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालका अनुसार एउटै कोठामा बसेका उनीहरु… पुरा पढौ

भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडाहरू बरामद

जिल्ला प्रहरी कार्यालय पर्सा ले विशेष सूचनाको आधारमा मिति २०८०।०२।२३ गते राति २३:०० बजेको समयमा  पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरूभित्र्याउदै गरेको अवस्थामा बरामद गरेकाे छ । बरामद    तस्करीका सामानहरूमा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय  मातहत वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको प्रहरीले जानकारी दिएकाे छ… पुरा पढौ

७८ लाखकाे सामानको विलविजक नभएपछि ट्रक नियन्त्रणमा

मिति २०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का. अम्लेखजंगको अगाडि प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष सूचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा विलविजक भन्दा बढीको भन्सार छलीकाे सामानहरू बरामद गरिएकाे छ । सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा सामानहरु विलविजक भन्दा बढीको बोकेकोले अं. मूल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई राखेको खबर छ ।… पुरा पढौ