समाचार

नेपालमा भित्रियो गुड्ने अस्पताल

नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ। तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ। त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा। मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा… पुरा पढौ

रूख ढल्दा किचिएर १५ जना घाइते

भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।  घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।   केही घाइतेहरूको अवस्था गम्भीर छ। घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ। लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको… पुरा पढौ

बलात्कारका घटनाहरू बर्षेनी बढ्दै

आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन l गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा… पुरा पढौ

अनौठो खालको ठगि

धनुषामा बृद्वाको चेकबाट रकम निकालेर फरार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका-२ माचीका सन्तोष कुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । २३ बर्षका ठाकुरले बिदेह नगरपालिकास्थित एनआईसी एसिया बैंकमा रकम निकाल्न आएकी विदेह नगरपालिका- १ कि ७३ बर्षकी कुम्हलियादेवी यादवलाई आफू बैंकको कर्मचारी रहेको र रकम निकाल्न सहयोग गरिदिने भन्दै उनको चेक लिएर २४ हजार रुपैयाँ निकालेर ५ साउनमा फरार भएका थिए । उनलाई ५ साउनकै राति पक्राउ गरिएको… पुरा पढौ

लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन : तातोपानी भन्सार

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र… पुरा पढौ

बेसहारालाई सहारा दिने आस्वासन,पछी धन्दाको काम

‘म १२/१३ वर्षका थिए, आमाले दोस्रो बिहे गरेर हामीलाई छोडेर जाँदा । आमाले बुबालाई छोडेर गएपछि बाबुले पनि दोस्रो बिहे गरी घर भित्र्याए । बुबाले कान्छी आमा भित्र्याए पछि आफ्नै आमा घर आएझैँ लाग्यो । बिस्तारै दिन बित्दै गयो । बिहान साँझ घरको काम गर्ने दिउँसो स्कूल जाने मेरो दैनिकी थियो । कान्छी आमा भित्रिएको वर्ष दिनसम्म यसरी दिन बित्यो । पछि कान्छी आमा र बुबाको व्यवहार फरक बन्दै गयो । स्कूल जाने सक्ने पनि अवस्था भएन । आमाबुबाको त्यो व्यवहार… पुरा पढौ

स्रोत नखुलेको १७ लाख ६६ हजारसहित दुई जना पक्राउ

धनगढीको सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १  शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका हुन् ।  सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरू लाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ… पुरा पढौ

आमाको नामबाट नागरिकता दिने बाटो खुल्ला

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतका आधारमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बहुमतका आधारमा विधेयक पारित भएको घोषणा गरेका हुन्। प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले भने, “हुन्छ भन्ने पक्षका माननीय सांसदको बहुमत भएकाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गर्दछु।” संविधान जारी भएको सात वर्षपछि संघीय कानून बमोजिम व्यवस्था गर्नुपर्ने नागरिकता सम्बन्धी विषयमा स्पष्ट गर्न नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्न सरकारले विधेयक ल्याएको थियो। यो विधेयकलाई… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न सार्वजनिक गरेको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य १२.६ प्रतिशत तोकेको छ। यसमा गत आर्थिक वर्षमा १९ प्रतिशतको लक्ष्य राखिएको थियो। कर्जा प्रवाहको विस्तारले आयात र अनुत्पादक क्षेत्रमा लगानी बढाएको भनी आलोचना भइरहेको वेला केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो। यो वर्ष मुद्रा आपूर्तिसँग सम्बन्धित विस्तृत मुद्रा प्रदायको वृद्धिदरलाई पनि १२ प्रतिशतमा सीमित राखिएको छ गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सजगतापूर्वक कसिलो नीति अवलम्बन गरिएको बताए। उनले विवेकशील नियमन मार्फत वित्तीय… पुरा पढौ

सरकारलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ नबुझाइ आफै राख्छन सरकारी कर्मचारी  

नेपालको विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीले सरकारलाई बुझाउनु पर्ने आयकर छलि गर्दै आएको पाइएको छ । उनीहरुले आयकर अन्तर्गत एक वर्षमै सरकारलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ नबुझाइ आफै लिएको पाइएको हो ।  विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा कार्यरत लोकल स्टाफ (स्थानीय कर्मचारी) र सर्भिस स्टाफ (अर्दली)हरुले एकै वर्ष सरकारलाई आयकर अन्तर्गत बुझाउनु पर्ने ३ करोड ६० लाख रुपैयाँ नबुझाएको पाइएको छ । आयकर ऐन, २०५८ को दफा ८ मा कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेमा सबै प्रकारका… पुरा पढौ