समाचार

 सांसद खातुनले सरकारी कागजात किर्ते गरेको ठहर

सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि  प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।  सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले सजाय हुने फैसला गरेको भए पनि सांसद खातुनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गतसाता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिनुभएको हो ।  सांसद खातुनको राजीनामा स्वीकृत भएको सभामुख… पुरा पढौ

वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग

कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दा वडालाई सम्पूर्ण जिम्मेवारी लाद्न खोजेको तर बजेट भने टुक्रे दिएको वडा अध्यक्षहरुको भनाइ छ ।  बिहीबार बसेको गाउँ सभा बैठकमा उहाँहरुले वडाको समुचित विकासका लागि डल्लो बजेट पाउनु पर्ने सबैको साझा आवाज रहेको उल्लेख गर्नुभयो । ‘डल्लो बजेट दिएमा… पुरा पढौ

न्यातपोल मन्दिर ३३० वर्ष पूरा

नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल (पाँचतले) मन्दिर निमार्ण भएको बुधबार ३३० वर्ष पूरा भएको छ। मन्दिर निर्माण पूरा भएको दिनको सम्झना स्वरुप आज झन्डो तोलन अर्थात् झण्डा फहराउने कार्य गरिएको हो। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औँ शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ। अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गरिएको उल्लेख भएको संस्कृतविद् ओम धोभडेल बताउनुहुन्छ। त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज… पुरा पढौ

हिमा गाउँपालिकाकाे स्थायी कार्यालय बाजागाडमा

हिमा गाउँपालिकाको गाउँसभाले पालिकाको  स्थायी केन्द्र बाजागाडमा तोकेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२औँ सभाले पालिकाको केन्द्र  ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो ।  सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष  लक्ष्मणबहादुर शाहीले बताए । उनले भने, 'हामी हिमा गाउँबासीको विकास र समृद्विको आकांक्षा पूरा गर्न सबैको पाएक पर्ने ठाउँमा कार्यालय तोकेका छौँ । यसअघिका जनप्रतिनिधिले पनि कार्यालय बाजागाडमा तोक्ने निर्णय गरेका थिए । तर, पछि विवाद भएपछि निर्णय कार्यान्वन रोकिएको थियाे ।    हिमाले आर्थिक… पुरा पढौ

सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्-पिउन कुनै आपत्ति छैन्

न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो । ‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा… पुरा पढौ

श्रोत नखुलेको सातलाख रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार १४ गते सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।         पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षीय दयानाथ कापत, ४८ वर्षीय जगनाथ साह, ३३ वर्षीय उमेश साह र ३१ वर्षीय रविन साह छन् ।         से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले… पुरा पढौ

निजगढ विमानस्थल निर्माणसम्बन्धी फैसलाको पूर्णपाठ : तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा आज राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरकफरक आएको छ ।          न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतको उक्त स्थानमा विमानस्थल बनाउन हुँदैन भन्ने राय आएको छ भने न्यायाधीश हरिकृष्ण कार्की र डा मनोेजकुमार शर्माको निजगढको… पुरा पढौ

उजुरी उपर कारबाही नगर्ने निकाए अख्तियार

देशभरबाट विभिन्न माध्यामबाट अनियमिता र भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि कारबाही भने नभएको गुनासो उजुरीकर्ताबाट आउन थालेको छ । अख्तियारमा परेकोमाथी कारबाही नभएका कारण उजुरीको चाङ लाग्दै गएको छ । भ्रस्टाचार बिरोधि अभियन्ता शारदा भुसाल झाले प्रमाण सहित दिएको उजुरीमा समेत कारबाही नभएको कुरा उहाले सामाजिक संजाल मा समेत लेख्नुभएको छ चालू आर्थिक वर्षको ११ महिनामा अख्तियारमा भ्रष्टाचार सम्बन्धी बाह्र हजार ४ सय ९२ वटा उजुरी परेको तथ्याङकले देखाएको छ । यो संख्या साउनदेखि असार महिनाको… पुरा पढौ

पानि कम्पनीको अबैध धन्दा

पोखरा सहर र राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वस्थकर खानेपानी बिक्री वितरण भइरहेको पाईएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्दै आएको भनि उजुरी समेत परेसंगै अबैधधन्दा को रहस्य बाहिर आएको छ । काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएपछि सो अबैधधन्दा गर्नेमाथी कारबाहीको माग राख्दै… पुरा पढौ

सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न मधेश प्रदेश तयार 

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना सूचनाको हकका लागि राष्ट्रिय महाँसघ र राष्ट्रिय सूचना आयोगको सहयोग एवँम समन्वयमा जनकपुर धाममा भएको अन्तर्क्रियात्मक कार्यक्रममा मन्त्रि ज्युले सो कुरा बताउनुभएको भयो । सूचनाको हक प्रवर्द्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न… पुरा पढौ