समाचार

५० हजार घुससहित वडाअध्यक्ष मिया पक्राउ

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार बिद्यालयबाटै पक्राउ गरेको हो । आयोगको बिज्ञप्ति जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि… पुरा पढौ

ठग्नेहरुलाई कसरी लाउने होला ठेगान ?

छलछाम र ठगठागको दुनियाँमा ठग्ने होइन छलिने/ठगिनेचाहिँ दोषी हुँदो रहेछ । ठग्नेहरू उल्टै पानीमाथिको ओभानो बन्दा रहेछन् । राज्यका शक्तिहरू नै तिनै ठगका पक्षमा उभिए पछि पीडितहरूले रुँदै हिँड्नुबाहेक अरु के नै गर्न सक्छन् र ? लहरो तान्दा पहरो थर्केकै शैलीमा भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलवालाहरू तानिइरहँदा उस्तै डरलाग्दो ठगी धन्दा बाहिर आएको छ । पिरामिड शैलीको कारोबारमा हजारौं सर्वसाधारणलाई ठगी गरेका एक कसुरदारलाई काठमाडौं जिल्ला अदालतका श्रीमान्ले साढे सात लाख धरौटी तिरेर छाडेपछि हामी झन् मर्माहत भएका छौं । वस्तुको… पुरा पढौ

राज्यलाई भएको २१ अर्ब नोक्सानमा चाटर्ड एकाउन्टेन्ड सहित चुडामणि जेल जाने

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो । सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन । विशेष अदालतका… पुरा पढौ

३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एक/एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले… पुरा पढौ

विशेष भाँडोमा हालेर रक्त चन्दनको तेल ओसारपसार

प्रहरीले झण्डै दुई करोड मूल्य बराबरको रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । काठमाडौंको चावहिल बस्दै आएका ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, ५८ वर्षीय निलकान्त भुसाल, काँडाघारीका ३५ वर्षीय नवीन दाहाल र गोकर्णहरि दाहाल समातिएका हुन् । कलंकीका ३६ वर्षीय ज्ञानबहादुर ओली, जडिबुटीका ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र महांकालका ४० वर्षीय खेमराज घिमिरे पनि सोही आरोपमा प्रहरी खोरमा पुगेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको… पुरा पढौ

पत्रकारको गोली हानि हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।  मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।  आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका… पुरा पढौ

बालेन शाहद्वारा ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी

काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गर्नुभएको छ । कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट नदिएको भन्दै ६८ स्वास्थ्य संस्थालाई कारबाहीका लागि उहाँले आग्रह गर्नुभएको हो । महानगर प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै सात दिनभित्र कारबाही नगरिए स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिनुभएको छ । महानगरले यही जेठ ६ गते एक… पुरा पढौ

भन्सार प्रमुख नियुक्तिमा बोलकबोल

देशमा राजश्व असुली यसरी घटेको छ कि कर्मचारीलाई तलब खुवाउन समस्या भइसक्यो । तर, राजश्व उठाउने सरकारी कार्यालयहरुमा अलिकति पनि सुधार हुन सकेको छैन, बेथिति र सेटिङ उस्तै छ । यसको उदारण भन्सार विभाग बनेको छ । विभाग दुई सातादेखि नेतृत्वविहिन छ । विभागमा महानिर्देशक रहेका चक्रबहादुर बुढालाई दुई साताअघि नै पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । तर, अहिलेसम्म नयाँ महानिर्देशक पठाउन सकिएको छैन । नयाँ महानिर्देशक नियुक्तिमा बोलकबोल चलिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । सहसचिवहरु शोभाकान्त पौडेल, राजेश्वर ज्ञवालीदेखि… पुरा पढौ

सुन तस्करीमा समेत मुछिए गृहमन्त्री बालकृष्ण ?

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा सुन तस्करीसम्बन्धि विवरणका केही तथ्य समेत खुलेका छन् । बालकृष्ण खाण गृहमन्त्री हुँदा प्रहरी मिलेमतोमै सुन तस्करी भएको विवरणहरू उनका पिए नरेन्द्र केसी, तत्कालीन सचिव टेकनारायण पाण्डे तथा बिचौलिया केशब दुलालबीचको मोबाइलबाट खुलेको छ । दुलालले एयरपोर्टबाट सुन तस्करीका लागि भनिदिनुप¥यो भनेका छन् । जसमा सचिव पाण्डेले यसमा प्रहरीले नमान्ने जवाफ दिएका छन् । त्यस्तै, दुलालले खाणका पीए केसीलाई पनि त्यस्तै आग्रह गरेकोमा आइजिपीलाई भनिदिने भनेर जवाफ दिएका छन् । जसले त्यतिबेला सुन तस्करी… पुरा पढौ