समाचार

बजेट पेश नगर्ने स्थानिय तह

१) छिन्नमस्ता गांउपालिका सप्तरी २) कल्याणपुर नगरपालिका सिरहा ३) औरही गांउपालिका सिरहा ४) नरहा गांउपालिका सिरहा ५) जनकपुर उपमहानगर पालिका धनुषा ६) धनौजी गाउपालिका धनुषा ७) कौडेना गांउपालिका सर्लाहि ८) गरुडा नगरपालिका रौतहट ९) देवाही गोनाही नगरपालिका रौतहट १०) फतुवा बिजयपुर नगरपालिका रौतहट ११) बौधिमाइ नगरपालिका रौतहट १२) वृन्दावन नगरपालिका रौतहट १३) सिम्रौनगढ नगरपालिका बारा १४) बिश्रामपुर गांउपालिका बारा १५) पोखरिया नगरपालिका पर्सा १६) लिखु तामाकोशी गांउपालिका रामेछाप । स्थानिय तहको आर्थिक बर्ष ०७८/०७९ को बजेट संघिय मन्त्रालय मा नबुझाउने… पुरा पढौ

घरधनी लाई भाडा दिनको लागि मात्र कार्यालय स्थापना

निर्भीक नारायण भुर्तेल माघ १, गण्डकी । गण्डकी प्रदेश सरकारले उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न स्थापना गरेको विषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला बेवारीसे बनेको छ ।  गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले २०७५ साल चैत्र १४ गते उद्घाटन गरेको विषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशालाबाट चारवर्ष सम्म पनि विषादी परीक्षण गर्ने काम सुरु हुन नसक्दा बेवारीसे बनेको हो ।  प्रदेशको राजधानी पोखरा भित्रिने नाकाहरूमध्येको सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ् नगरपालिका वडा नम्बर एक… पुरा पढौ

सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयवासीको विरोध

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा असर पुगेको भन्दै विरोध जनाएका हुन् । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङ नेतृत्वको व्यवसायी आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय खोटाङमा गएका… पुरा पढौ

२ नम्वरकाे बैठक बस्दैः नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश नं २ को प्रदेशसभाको बैठकमा प्रदेशको  नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक   बिहान ११ बजेका लागि बोलाइएको छ  ।  सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन आजको बैठकमा पेस गर्ने प्रस्तावित कार्यसूचि  छ  । यसपछि प्रदेशसभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए प्रदेशसभाद्वारा सभामुखको नेतृत्वमा… पुरा पढौ

नक्कली भ्याट बिल कारोबारिलाई भएन कारबाही ।

सरकारले राजस्व तथा कर छलीलाई नियन्त्रण गर्ने विभिन्न योजना ल्याएपनि ठूला घरानालाई सो योजना बाहिर राखी सानामाथी मात्र कारबाहीको डण्डा चलाउदै आएको पाईएको छ । लामो समयदेखि विवादमै रहेको नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) विल प्रयोग गर्नेलाई न सरकारले कारबाही गर्न सकेको छ न एक पत्र नै पठाउन सकेको छ । सरकारी कर्मचारीकै सहयोगमा ठूला व्यापारिक घरानाले अत्याधिकमात्रामा नक्कली भ्याट विल प्रयोग गरि कर छली गरेपनि उनीहरुमाथी अहिले सम्म सरकारले अनुसन्धान तथा अनुगमन गर्ने आँट समेत देखाउन नसकेकै कारण मासिक… पुरा पढौ

हिन्दु परिषद को कमिटी तिब्र रुपले बिस्तार ।

हिन्दू परिषद नेपाल जिल्ला कमिटी सर्लाहीले आज मलंगवा नगर कमिटि गठन गरेको छ। जिल्ला उपाध्यक्ष योगेन्द्र सराफ र जिल्ला प्रवक्ता सोनू सिंह ज्यूको बिशेष सक्रियतामा मलंगवा नगर इन्चार्जमा धीरेन्द्र मिश्रा र नगर अध्यक्षमा नागेन्द्र साह,उपाध्यक्ष रोहित मिश्रा, अभिमन्यु यादव, सचिव अनिल यादव, सह-सचिव बिकास गुप्ता, कोषाध्यक्ष सुबोध हरि राजोपाध्याय, कार्य समिति सदस्य हरुमा निखिल झा, कृष्ण कान्त ठाकुर, मिन्टू झा, केसव झा सहित १८ सदस्यीय कमिटी गठन एवं ३ सदस्यीय संचार समन्वय कमटीको संयोजकमा सोनू सिंह,सदस्यहरुमा धीरेन्द्र मिश्रा र निखिल… पुरा पढौ

राष्ट्रिय सूचना आयोग

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ

सूचना दिन गृह मन्त्रालयलाइ सूचना आयोगको आदेश

सूचना नदिने गृहमन्त्रालयको सचिवलाई सूचना दिन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । पत्रकार बालकृष्ण अधिकारीले आयोगमा दिएको पुनरावेदन माथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको बिहीवार बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ADVERTISMENT पत्रकार अधिकारीले संगठित अपराध ऐन, २०७० को दफा १२ को प्रावधान बमोजिम नेपाल सरकारले २०७४ चैत २० गते गरेको निर्णय अनुसार ३३ किलो सुन लगायतको विषयमा गठित विशेष अनुसन्धान टोलीको प्रतिवेदन माग गरेका थिए ।  सूचना मागकर्ताले मागेको… पुरा पढौ

माघे संक्रान्ति, र ढुङ्गेसाँघु जात्रा ।

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश… पुरा पढौ