समाचार

कर बढाएको विरोधमा बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी

बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले आम नागरिकको चाहाना विपरित अत्यधिक कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले राजापुर बजार समेत बन्द गरेका छन् । भदौ २२ गत शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन्  । नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको आरोप छ । भदौ १५ गते वडा कार्यलयहरु… पुरा पढौ

बैतडीका क्लिनिक सञ्चालक कृष्णसिंह कार्की पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।   पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई… पुरा पढौ

सूचना मांग्न सक्ने वातावरण बनाउन सिरहाका सिडियोको निर्देशन

बिभिन्न कार्यालयमा सूचना मागकर्ता असुरक्षित रहेको मात्र होइन केहि कार्यालयमा सूचना दाता हरुपनि असुरक्षित रहेका छन् यहि चिन्तालाइ मध्यनजर गर्दै सूचना आयोगले सूचनादाताको संरक्षण मा बिशेस पहल गरेको छ भने सूचना मागदाताको संरक्षण गर्न सूचना मागदाताहरुलाई बिना डर सूचना माग्ने बातावरण बनाउन आयोगले सरकारका बिभिन्न निकायहरुलाई भनिरहेको छ पटक पटक ताकेता गरिरहदा पनि सूचना मागकर्ता हरु ढुक्कताका साथ् यो आफ्नो अधिकार हो भनि सूचना माग गर्न सकिरहेका छैनन् अहिले केहि दिन अगाडी मात्र गृह मन्त्रालयले सबै जिल्ला स्थित जिल्ला प्रशासन… पुरा पढौ

एन जी ओ कि हाकिम ६० हजार तलब भएकी २७ वर्षकी डाक्टरकि प्रेमिका सुन चोरेको अभियोग मा पक्राउ

पछिल्लो केही समयदेखि जिल्ला सदरमुकाम बेसीशहर वरपरका बासिन्दाको घरबाटै तोलाका तोला सुन चोरीको हल्ला भुसको आगो झैँ फैलिएपनि प्रहरीमा कसैको उजुरी परेको थिएन । गत साउन ३० गते बेसिशहर नगरपालिकाको योजना शाखाका शम्भु घिमिरे ५ बजेतिर घरमा पुग्दा तल गेटदेखि बेड रूमसम्म सबै कोठा खुलै देखेपछि सदरमुकाम कै विद्यालय जनविकास माविकी शिक्षिका बालकुमारी अधिकारीलाई फोन गरेर किन ताला नलगाएको भन्दै कराए । एक घण्टापछि बालकुमारी पनि आइपुगिन् ।  घर पुगेपछि बालकुमारीले आफ्नो गरगहना राखेको दराज खुल्लै देखिन् । सुन राखेको पोकै… पुरा पढौ

कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावना : आर्थिक उदारीकरणद्वारा उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस ऐनको नाम “कम्पनी ऐन, २०६३” रहेको छ । (२) यो ऐन… पुरा पढौ

दानमा समेत घोटाला गर्ने अध्यक्ष कारबाहीमा

जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ मा वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले लिखुपिके गाउँपालिका वडा नं. २ को भवन निर्माणको लागि जग्गा नि:शुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई रु.६,००,०००।–(छ लाख रुपैयाँ) मा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकामा पेश गरी जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी… पुरा पढौ

नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अधिकृत (छैठौं तह) हीमकुमारी सुनार भ्रष्टाचारमा मुछिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  सुनारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी उनले सरकारी लाभ र सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन,… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा लागे बिद्यार्थी नेता किशोर भण्डारी

सूचनाको हक कार्यान्वयनमा लामो समय देखि शुरुवातबाट तारानाथ दाहाल निरन्तर लागिपर्नुभएको छ l लडीरहनुभएको छ l तारानाथ दाहाल,टंक जी, काशीराज दाहाल हरुको सोच बाट स्थापित सूचनाको हकलाइ माओबादी आन्दोलन र दोश्रो जनान्दोलनले स्थापित गर्यो २०६३ को अन्तरिम संबिधानमा समेटिएर २०६४ मा ऐन बनेको यो हकले २०७२ को संबिधानमा समेत स्थान पायो र अहिले यो सूचनाको हक संबैधानिक हक हो तर ऐन बनेको १७ वर्ष सम्म पनि यो हक खासै कार्यान्वयनमा आउन सकेको छैन तारानाथ दाहाल, टंक जी, शारदा भुषाल झा… पुरा पढौ

सुचनाको हकका लागि जिल्ला सञ्जाल ले वडा वडामा सूचनाको हक सबन्धि तालिम गर्दै

सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य… पुरा पढौ

स्थानीय तहमा उपभोक्ता समितिका नाममा राज्यकोषको दुरुपयोग, मौलाउँदै भ्रष्टाचार

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनले जिल्लाको शंखरपुर ताल ठेक्काको रकम गाउँपालिकालाई नबुझाई आफ्नै खातामा राखेर ६ लाख १० हजार हिनामिना गरेको आरोप छ ।साविक पत्थरदेइया गाउँ विकास समिति (गाविस) को कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेइया गाविसका तत्कालीन सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदबिच सम्झौता भएको थियो । सम्झौता बमोजिम दुई लाख ७० हजार रुपैयाँ चौधरी र महम्मदले गाउँपालिकाको खातामा जम्मा नगरेको… पुरा पढौ