समाचार

बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसंग सूचना माग

बाल संरक्षण तथा बालअधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यान्वयनको अवस्थाका बारेमा कर्णाली प्रदेश अन्र्तगत १० वटा जिल्ला अदालतसंग सूचना माग गरिएको छ ।  जिल्ला अदालतमा बालबिज्याइँको मुद्दाहरुको अवस्था के छ, अदालतमा बाल इजलाश कक्ष छ वा छैन छ भने कसरी सुनुवाई हुने गर्दछ ? र अदालतमा बालमनोविज्ञ र बाल मनोसामाजिकहरु छन् वा छैनन, सरकारवादी मुद्दाहरु के कति विचाराधिन छ ? कति जना थुनुवा्हरु छन् ? कति जना बालबालिकाहरु बालसुधार गृहमा रहेका छन ? त्यस जिल्लामा बालसुधार छ व छैन छ भने… पुरा पढौ

दुरसंचार मा करिब १ अरब भ्रस्टाचार अख्तियारले चलायो मुद्धा

नेपाल टेलिकमको सिममा टावर टिप्दैन इन्टरनेट चल्दै चल्दैन किन यस्तो हुन्छ भन्दा बाहिर समाज मा नागरिक बीच चलेको हल्ला अन्य कम्पनीले टेलिकमका कर्मचारीलाई पैसा दिएर स्पीड नचल्ने बनाइदिन भन्छन रे अब यो सत्यता सम्पति छानबिन भएको आधारमा थाहा होला जे होस् दुरसंचार मा भ्रस्टाचार छ भन्न कुरालाई अख्तियारले ओरामान सहित मुद्धा दायर गरेको बिषयको आधारमा नकार्न सकिदैन अख्तियारले यसरि मुद्धा दायर गरेको छ नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (Mobile Device Management Syste-MDMS) परामर्श सेवा खरिद कार्यमा… पुरा पढौ

तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाबाट आ.व. २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर प्रमुख गंगा पासमान  र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश जारी हुने र तोकिएको साविक कर्जन्हा गा.वि.स.को कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्नु भनी विपक्षीहरु कर्जन्हा नगरपालिकाको नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाममा उच्च अदालत जनकपुर, राजविराजको परमादेशको आदेश जारी हुने… पुरा पढौ

घुस खाएको आरोप लागेका अधिकृत पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीसँग करोड बढी घुस खाएको आरोपमा पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको फैसला बदर उच्च अदालत पोखराले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।… पुरा पढौ

सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय रजक कुमार साफी पक्राउ

जिल्ला सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकले भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकलाई घुस/रिसवत वापतको रकम लिइसके पश्चात नियन्त्रणमा लिने क्रममा निजले घुस/रिसवत वापत लिएको नगद रु. १५,०००।- (पन्ध्र हजार रुपैयाँ) र रु. ५५,०००।- (पचपन्न हजार रुपैयाँ) को चेक फ्याकी भागेकोले निज भाग्ने क्रममा… पुरा पढौ

सरकारी जग्गा व्यक्तिको नाममा दिने अधिकृत लाइ अख्तियारले चलायो मुद्धा

काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा खटिई काम गर्दै आएका शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज याम कुमार कार्की सार्वजनिक सेवा प्रवेश गरेको मिति 2058।04।16 गतेदेखि मिति 2079।12।30… पुरा पढौ

बिजया सिमेन्टले मेयरको हस्ताक्षर किर्ते गरेको र पालिकाको छाप नै नक्कली बनाएको आरोप

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सान्डेवामा चुनढुङ्गा उत्खन्नको  अनुमती  सहितको पत्र  खानी बिभागलाइ दिनेलाइ कार्बाहिको दायरामा ल्याउने भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले बताउनु भएको छ ।    पत्रकार सम्मेलनमा बोल्दै थापाले आफुलाइ गलत देखाउन जो सुकैले यो गलत कार्य गरेको भए पनि त्यसलाई  कानुनी दायरामा ल्याउने बताउनु भयो ।  चुनढुङ्गा उत्खननमा पुग्नको लागि बाटो खन्ने काम सुरु भइ सकेको र नगरपालिका बेखबर रहेको भन्दै स्थानियहरुले नगर प्रमुखलाइ जानकारी दिएको केही समयमै बाटो खन्ने कार्य बन्द भएको भए पनि… पुरा पढौ

सूचनाको पुरष्कार दाबि गर्ने २० जना मध्य १ मात्र महिला

सूचनाको हक सम्बन्धि कानुन बनेको लामो समय बितिसकेको अवस्था छ यसरि हेर्दा नेपालमा सूचना माग्ने महिला हरुमा शारदा भुसाल झा, इस्वरा तिवारी कंडेल, दुर्गा आचार्य, सरस्वति आचार्य, इन्दिरा बस्नेत, सम्झना पौडेल, संगीता पौडेल, प्रमिला पाठक, रुक्सना कपाली, अन्जु आचार्य लगायत सिमित हरुमात्र सूचना माग अभियान मा लागेको भेटिन्छ यी मध्ये शारदा भुसाल झा, इस्वरा तिवारी कंडेल, र दुर्गा आचार्य पुरष्कृत भइसकेका छन् भने अहिले अन्जु आचार्य बाहेक अरुले सूचनाको हकको पुरस्कारको लागि दाबि समेत गरेनन उनिहरुलाइ किन दाबि नगरेको भनेर… पुरा पढौ

सरकारी निवासमा आगजनी गर्ने प्रमुख प्रशासकीय अधिकृत अझै हिरासतमै

दार्चुलामा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा २५ फागुनको विहानका राती ढुंगामुढा र आगजनी भयो। गाउँपालिकाको वडा नम्बर २ मा रहेको निवासमा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका थिए। राति करिब पौने २ बजे अज्ञात समुहले कोठामा ढुंगा प्रहार गरी आगजनी गर्यो। ढुंगा प्रहार गर्दा झ्यालका सिसाहरू फुटेको र निवासमा रहेका पर्दा, किताब, बेड, ल्यापटप लगायतमा क्षति पुगेको भन्दै प्रहरीले आगजनी गर्ने अज्ञात समूह फरार रहेको वतायो। अहिले आएर उक्त घट्नामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी नै पक्राउ… पुरा पढौ

अनुदानको नाममा ठगिय कृषक

कृषकका नाममा राज्यले अरबौ अनुदान दिँदै आएको कुरा सर्बबिदितै छ । यसरि कृषकले पाउने अनुदानमा कर्मचारीले कसरि ठग्छन त् ??? यहाँ बिभिन्न उपाय लगाएर कानुन अनुसार र कानुन बिपरित पनि कृषकलाई ठगिरहेका छन् । ठगिएका केहि कृषकको अनुभब सहित सिरहाको ठगि बिषय यहाँ उल्लेख गरिएको छ । कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार हो, जसले लगभग ६० प्रतिशत जनसंख्यालाई जीविकोपार्जन प्रदान गर्दछ र यसले कुल गार्हस्थ्य उत्पादनमा लगभग २३ प्रतिशत योगदान पुर्याउँदछ। तथापि, कृषि क्षेत्रले कम उत्पादकत्व, आयातमा उच्च निर्भरता, जलवायु… पुरा पढौ