समाचार

३४ जना उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । पुरा पढौ

५०% बैंकको वित्तीय रिपोर्ट सार्वजनिक हुन बाँकि

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ… पुरा पढौ

गंगादेव गाउँपालिका इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्धा

जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज नविन डाँगीलाई सेवाग्राहीसँग रु.५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको… पुरा पढौ

समाचार प्रभाव: सार्वजनिक निकायहरुलाई सूचना अधिकारी विवरण राख्न आयोगको आदेश

विभिन्न संचारमाध्यममा सुचना अधिकारी नभएको भनि समाचार सम्प्रेषण भए पछी रास्ट्रीय सूचना आयोगको गम्भीर ध्यानाकर्षण भएको छ l आयोगले राजनीतिक दलहरूलाई र अन्य सार्बजनिक निकायहरुलाई सूचनाको हक कार्यन्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले सबै सार्वजनिक निकायहरुलाई सूचना अधिकारीको विवरण अद्यावधिक राख्न पनि आदेश दिएको छ। साउन ५ गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगकै सूचना आयुक्त कमला ओली थापाले मंगलबार विज्ञप्तिमार्फत जनाएकी हुन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २(क) को बुँदा ५ मा प्रचलित… पुरा पढौ

भन्सार छलेका  सामग्रीबाट राजस्व असुल

जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो ।  भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल भएको छ । नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ ।  बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न… पुरा पढौ

विद्यालय वरपर जंकफुड बिक्री गर्न रोक

दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फुड बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फुड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको छ । गत असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फुड प्रयोग नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले सबै विद्यालयलाई पत्राचार गर्दै विद्यालय क्षेत्र वरपर जंक… पुरा पढौ

डिशहोमको नयाँ सेवा, डिशहोम आई टिभी

ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान… पुरा पढौ

सिंचाई कुलो निर्माणमा भ्रस्टाचार गरेको सम्बन्धि आरोप पत्र दायर

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं. १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणको लागि कृषि विकास कार्यालय, मुगुबाट आ.व. २०७६/०७७ मा बजेट विनियोजन भएकोमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीहरुसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणमा गैरकानुनी लाभ वा हानी पुर्‍याई देहायका ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको… पुरा पढौ

वडाध्यक्ष बलात्कारको आरोपमा कारागार चलान

बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि  कारागार चलान गर्न आदेश दिएको हो  ।  एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो ।  दुबैजनालाई पुर्पक्षका लागि  कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।  उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर… पुरा पढौ