समाचार

के हो सूचनाको हक ?

सूचनाको हक भन्नाले सार्वजनिक सरोकार र चासोका गतिविधि माग तथा प्राप्त गर्ने अधिकार हो। सूचना प्रवाहले एकातिर राज्यलाई पारदर्शी र जवाफदेही बनाउँछ भने अर्कातिर राज्यले प्रवाह गर्ने सेवा सुविधामा सर्वसाधरण जनताको पहुँच बढाउँछ। त्यसैले लोकतन्त्र र सूचनाको हक एक अर्काका परिपुरक हुन्। लोककल्याणकारी राज्यले जनतालाई सेवा प्रवाह गर्छ, तर कुनै वर्ग विविध कारणले सेवा प्राप्त गर्न सक्दैन। जसका कारण राज्यले प्रवाह गर्ने सेवा सीमित व्याक्तिका लागि अवशर बन्छ। यो अवस्थाबाट हाम्रो मुलुक पनि गुज्रिएको छ। त्यसमा पनि आधा भन्दा बढी… पुरा पढौ

सूचनाको हकको महत्व र त्यसका बाधाहरु

नेपाल अधिराज्यको संविधान २०४७ ले सूचनाको हकलाई मौलिक हकको रुपमा समावेश गरे पनि नेपालमा सूचनाको हक सम्बन्धी ऐन २०६४ सालमा मात्र आयो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको दुई खम्बे नीतिमा टिकेको तत्कालीन राज्यव्यवस्था भए पनि बहुदलीय व्यवस्थाको आधारभूत तत्वको रुपमा रहेको प्रेस स्वतन्त्रताको सन्तोषजनक अवस्था रहेन । राजनीतिक खिचातानीका वीच मुलुकका धेरै जल्दाबल्दा विषयवस्तुहरु अलपत्र अवस्थामा रहे । सरकार बनाउने र ढाल्ने खेलका चक्रमा फनफनियो मुलुक र नीतिनिर्माताहरु अल्मलिए संसदभित्र । वि.सं.२०४७ पछिको अवधिमा ऐनको अभावमा संविधानको सकारात्मक प्रावधान… पुरा पढौ

सूचनाको महत्व

पहिले पहिले नागरिकलाई सूचना दिनको लागि तोप पड्काउने, बिगुल फुक्ने, गाउँगाउँमा गएर बाजा बजाउने, नगरा बजाउने जस्ता कार्य हुन्थ्यो । त्यो राजा रजौटाको जामानादेखी चलि आएको थियो । त्यो बेला पनि जनतालाई सुचना दिनु पर्छ भन्ने हेक्का त रैछ । चाहे जुन सुकै व्यवस्था होस सुचना प्रवाह राज्य संचालनमा महत्वपुर्ण नै हुन्छ । तर अहिले परिस्थिती अलि फरक छ, भन्नलाई सार्वभौमसत्ता सम्पन्न जनता भनिन्छ तर व्यवहार त्यस्तो पाईदैन । त्यो बेला भलै जनतालाई त्यति छुट थिएन होला अथवा सुचना प्रवाहको… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गर्न आदेश

राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सार्वजनिक निकाय, बैङ्क तथा वित्तीय संस्थाका शाखा र नेपालका सबै विश्वविद्यालयलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गरेको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा आयोगको बैठकले निर्णय गरी आदेश दिएको जनाइएको छ । आयोगले बागमती प्रदेश सरकार अन्तर्गतका कतिपय सार्वजनिक निकायमा सूचना अधिकारी नतोकिएको, सूचना माग गर्दा सूचना उपलब्ध नगराएकोलगायतका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गर्दै नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न र पाउने हक हुने भएकाले सूचनाको हकसम्बन्धीका कानुन कार्यान्वयन गर्न प्रत्येक सार्वजनिक… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले अस्पतालहरुलाई तिर्ने नयाँ शुल्क

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो । ‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज… पुरा पढौ

मानिस के कुराले आकर्षक हुन्छन् ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ? आम बुझाइ के छ भने प्रेमिल सम्बन्धको सुरुवात त्यसबाट हुन्छ कि पहिलो नजरमा तपाईं कस्तो देखिनुभयो ? यद्यपि अरु कतिपय खुबीको… पुरा पढौ

प्रतिबन्धित औषधसहित एक युवक पक्राउ

प्रतिबन्धित औषधसहित ललितपुरमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–३, महर्जन चोक नजिकै बस्दै आएका सर्लाहीका २७ वर्षीय दिपेश जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट पाँच हजार छ सय टेनाड ट्याब्लेट, एक हजार तीन सय स्पासरेष्ट ट्याब्लेट, चार सय स्पास्मो ट्याब्लेट, ७५ एमजीको छ सय पीजीएबी ट्याब्लेट, सय एमजीको सात सय पीजीएबी ट्याब्लेट र छ सय ५० स्पास्पेन ट्याब्लेट बरामद गरिएको छ ।  पक्राउ… पुरा पढौ

हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्।  सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्‍गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। उनकाअनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्। स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो। बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताए। सिलिण्डर पड्किएर… पुरा पढौ

वैदेशिक रोजगार विभाग ताहाचलको सुचनामा कमिशनको गन्ध

बैदेशिक रोजगार बिभागले निकालेको पछिल्लो सूचनामा कमिशनको गन्ध आएको छ l कुनै एक व्यक्ति वा फर्मलाई लक्षित गरि उ बाहेक अरुले मापदण्ड पुर्याउन नसक्ने गरि सूचना प्रकाशन गर्नु र त्यो कार्य बापत् लाखौ करोडौ घुस लिनु सामान्य मानिसले समेत बुझ्ने गरि देश चलायमान रहेको छ l हिजो राजालाई घोडा चाहिदा पुच्छरको लम्बाई रंग घोडाको कान सबै कुरा जुन घोडा धनि संग कमिशन मा कुरा मिल्छ त्यहि घोडा धनिको घोडा बाहेक अरु नहुने गरि मापदण्ड सहित सूचना निकाल्न्थियो रे आज बैदेशिक… पुरा पढौ