समाचार

१० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी

१० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ । कसुर स्थापित भएको प्रतिशत पनि… पुरा पढौ

वर्षायाममा पहिरोले गर्दा मनाङको यात्रा जोखिमपूर्ण

शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब–इञ्जिनियर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिए । ‘वर्षायाम लाग्नासाथ यस मार्गमा यात्रा नै सकस हुन्छ,… पुरा पढौ

काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने घोषणा

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।… पुरा पढौ

प्रधानमन्त्री कार्यालयमै सूचना लिन सकस

नेपालमा सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन भएको डेढ दशक भइसक्दा पनि सूचनामा नागरिकको पहुँच सीमित छ भने सूचना प्रवाहमा सार्वजनिक संस्थाका अधिकारीहरुको मनस्थिति अझै संकुचित छ। यस आलेखमा सूचना दिन सकस मान्ने कर्मचारीको मनोविज्ञान र सूचना लिन चाहने सर्वसाधारण नागरिकका सम्भावित झन्झटलाई अनुभवजन्य विधि अनुरुप चर्चा गरिएको छ। विद्यावारिधि शोधको क्रममा सूचनाको वर्गीकरणसम्बन्धी दस्तावेज खोज्न सिंहदरबार नै पुग्नु पर्ने भयो। सुरक्षाका अनेक प्रोटोकल सामना गर्नुपर्ने भएकोले सिंहदरबार पस्न उती रुचिकर लाग्दैन। सिंहदरबारको प्रवेश द्वारमै पास चाहियो। त्यसभित्रको तपाईंको गन्तव्य संसद… पुरा पढौ

जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव अमृत नारायण मिश्र रु. ७०,०००/- घुस रकमसहित नियन्त्रणमा।

जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०२।३१ गते नगराइन नगरपालिका, वडा नं. २, नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ… पुरा पढौ

खोलाले बगाएर सब इन्जिनियर राईको मृत्यु

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको हो । वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाइ छ । एक्स्काभेटर चालक सम्राट केसी तत्काल हाम फालेर सुरक्षित स्थानमा गएका थिए ।… पुरा पढौ

खामबन्दि कै कारण सर्वसाधरणको ५० अर्ब डुब्ने खतरा, दर्जनौं सहकारी सीआइबीको छानबिनमा

जब राज्यसंयन्त्र भ्रष्टाचारमा डुब्छ तब त्यसबाट जनता कसरी प्रताडित बन्छन् भन्ने कुरा अहिले देशको सहकारी क्षेत्रको अवस्थाबाट थाहा हुन्छ । सहकारीबाट अहिले एकैपटक लाखौं जनता पीडित भएका छन् । नियमन गर्ने सरकारको संयन्त्र निकम्मा र भ्रष्ट हुँदा यसरी सहकारी क्षेत्रमा संकट देखिएको हो । देशभरीका सहकारीमा पाँच लाख भन्दा धेरै सर्वसाधरणको ५० अर्ब रुपैयाँ भन्दा धेरै फसेको छ । आकर्षक ब्याजको प्रलोभनमा सर्वसाधरणबाट पैसा संकलन गर्ने र सहकारीका सञ्चालकले त्यो पैसा आफ्नो व्यक्तिगत व्यापारमा लगाउँदै आएका थिए । व्यापारमा पनि… पुरा पढौ

लाखौंको स्मार्ट घडी र एअर बड्स ठेलामा

सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा भारतबाट ल्याइएका लाखौंका सामान बरामद गरेको छ । वीरगञ्जको आदर्शनगरबाट २५ लाखभन्दा बढीका कपडा, स्मार्ट घडी र एअर बड्स फेला परेको बताइएको छ ।  दुई वटा ठेला गाडामा हालेर लैजाँदै गरेको अवस्थामा २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरका ती सामान सशस्त्रले बरामद गरेको हो । भारतबाट अवैध रुपमा वीरगञ्ज ल्याइएका ती सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले फेला पारेको हो । सामान ल्याएका व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि फरार भएको बताइन्छ । बरामद… पुरा पढौ

यति धेरै धनी इन्द्रजित कसरी बेइमान बनेर निस्किए ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका "द्वन्द्व विज्ञ" तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रोफेसर डाक्टर इन्द्रजित राई प्रहरी हिरासतमा पुगेको खबरले भोजपुरको राई समूहमा हलचल ल्याएको छ । राम्रै आर्थिक हैसियत भएका,विगतमा त्यस्तो कुनै खराब चालचलन नदेखिएका राई एकाएक राज्यविरुद्धको अपराध गाँसिएको संगठित ठगीमा परेको खबरले भोजपुरको रामप्रसाद गाउँपालिकाका राईहरु अचम्भित बनेका छन् । राजधानीमा घरजग्गा भएको, भारतबाट मासिक ५० हजार भारु. पेन्सन आउने र अन्य आम्दानीको स्रोत समेत टन्नै भएका राईलाई कसले त्यहाँ पुर्यायो होला ? भन्ने… पुरा पढौ

वन रक्षक पदको परिक्षामा परिक्षा दिने २ जना नक्कली परिक्षार्थी पक्राउ

मिति २०८०।०२।३० गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ फुलवारीस्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसर भित्र संचालन भई रहेकोलोक सेवा आयोगको विज्ञापन नं.१४५-१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेशवन, सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती(शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) परिक्षामा परीक्षार्थीहरूको कागजातहरूचेकजाँच गर्ने क्रममा अर्काको नाममा परिक्षा दिने जिल्ला जुम्ला चन्दननाथ नगरपालिकावडा नं. ९ वयलकाटीया बस्ने वर्ष १८ को बालक र जिल्ला जुम्ला सिन्जा गाउपालिका वडानं.३ लुम बस्ने वर्ष २५ को… पुरा पढौ