समाचार

६० घर टहरा हटाउन दिएको म्याद सकियो अब के हुन्छ ?

पूर्व–पश्चिम राजमार्गको दुधौरा खोला छेउको पथलैया सामुदायिक वन क्षेत्रभित्र बसोबास गरेको अवैध बस्ती खाली गर्न वन कार्यालयले दिएको निर्देशन स्थानीयहरुले अटेर गरेका छन् ।  डिभिजन वन कार्यालय बाराले सार्वजनिक सूचना टाँस गरेर कानुन विपरीत वन क्षेत्र अतिक्रमण गरी छाप्रो तथा टहरा बनाई बसेको तथा पसल सञ्चालन गरेको देखिन आएकाले १५ दिनभित्र हटाउन साउन ३१ निर्देशन दिएको हो । डिभिजन वन कार्यालयको दिएको सूचनाको म्याद भदौ १४ गते बिहीबार सकिएको छ । सहायक डिभिजन वन अधिकृत ललन कुर्मीले दुधौरा पुल छेउमा… पुरा पढौ

कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्ताेश बस्यालले स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएकाे जानकारी दिए । उनकाअनुसार उनीहरूकाे साथबाट एउटा प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद भएको छ । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको… पुरा पढौ

बेकसुरलाई १७ वर्ष कारागारको बास !

केही समयदेखि नेपालका प्रायः नेताले अपराधी नछुटोस् तर निर्दोषलाई सजायँँ नहोस् भन्ने गरेको सुनिन्छ । यो कानुनको सर्वमान्य सिद्धान्त नै हो । धर्मग्रन्थमा समेत निर्दोषलाई सजायँ दिन नहुने उल्लेख गरिएको पाइन्छ । रोमन कानुनको यही आशय थियो । यही जुलाई २६ मा लण्डनस्थित रोयल कोर्ट अफ जष्टिसले बलात्कारको आरोपमा १७ वर्षसम्म काराबास सजायँ भोगेका ५७ बर्षीय एन्ड्रयू माल्किन्सनलाई निर्दोष सावित गरेको छ । उनलाई सन् २००३ जुलाई १९ गते ग्रेटर म्यानचेस्टर साल्फोर्ड मोटरवेको छेउमा घाइते अवस्थामा छोडिएकी ३३ वर्षीया महिलालाई… पुरा पढौ

दुइ स्थानमा पढाउने शिक्षक अख्तियारको फन्दामा

जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले "अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट Non-teaching allowance समेत लिएको" उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा… पुरा पढौ

जनप्रतिनिधि घूस सहित पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घूससहित समातिएका छन् । नौ हजार रुपैयाँ घूस बुझेका उनलाई अख्तियारको टोलीले आज पक्रेको हो ।  अनुदानको रकम भुक्तानी सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कडवियालाई नियन्त्रणमा लिएको बताइएको छ ।  अनुसन्धानका क्रममा पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिदिने आश्वासनका साथ सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम… पुरा पढौ

विद्यार्थी अभावले चल्न नसक्ने अवस्थामा पुगेका क्याम्पस : ‘मर्ज’मा लैजाने प्रयासमा त्रिवि

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयले गएको असार २३ गते एउटा सूचना जारी गर्‍यो। त्यसमा विश्वविद्यालयसँग सम्बन्धन लिएर स्नातक तह सञ्चालन गर्दै आएका क्याम्पसहरूले चाहेमा उनीहरू एकआपसमा गाभिन पाउने बाटो खुला गरिएको जानकारी थियो।  विश्वविद्यालय अनुदान आयोगले २०७९ चैतमा आयोजना गरेको विश्वविद्यालयका पदाधिकारीहरूको छलफलमा क्याम्पसहरू गाभिन सक्ने गरी सैद्धान्तिक सहमति जुटेको थियो। त्यही सहमतिपछि त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेर क्याम्पसहरूलाई आपसमा गाभिन पाउने सूचना दिएको हो।  सूचनामा उल्लेख भएअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले एकआपसमा गाभिई समायोजन हुन… पुरा पढौ

बजार अनुगमन तीव्र बनाउन स्थानीय तहलाई मन्त्रालयको परिपत्र

सरकारले बजार अनुगमनलाई तीव्र बनाउन लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई बजार अनुगमन तीव्र बनाउन परिपत्र गरेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संघीय मामिलालाई बजार अनुगमनका लागि स्थानीय तहलाई जानकारी दिन परिपत्र गरेपछि संघीयले स्थानीय तहलाई परित्रप गरेको हो । बस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४ र त्यसको नियमावली २०७६ बमोजिम २०८० असार मसान्तभित्र इजाजत लिई सञ्चालनमा रहेका १७ वटा विभिन्न कम्पनीहरुले व्यवसाय गरिरहेका छन्… पुरा पढौ

सबै सूचना दिन संसद तयार

सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।   सङ्घीय संसदद्वारा आज आयोजित ‘संसद्-सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे । सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।” सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा… पुरा पढौ

विद्यालय ब्यबस्थापन समितका अध्यक्ष नै घुससहित पक्राउ

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यपाक वुद्धिविकास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको समेत पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन,… पुरा पढौ

कास्कीको एउटा सहकारी फेरी डुब्यो उजुरी दिन प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेको छ । पोखरा महानगरपालिका ४, नालाको मुखमा निक्षेप जम्मा गरेका सूर्यदर्शनका पीडित बचतकर्ताहरुलाई उजुरी दिन कास्की प्रहरीले आह्वान गरेको छ ।  उक्त सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवम् ठगी गरेको व्यापक गुनासो आएको जनाइएको छ ।  सहकारीका सञ्चालकहरुलाई कारबाही गर्नुपर्ने मागसहित केही निक्षेपकर्ताले उजुरी दिइसकेको उल्लेख गर्दै कार्यालयले बाँकी पीडितलाई नागरिकता, सहकारीमा रकम जम्मा गरेको आधार देखिने… पुरा पढौ