समाचार

स्थानीय, प्रदेशबाट योजना माग्न धाउनेक्रम बढ्दो : ५४ अर्ब सिलिङ घट्दा नयाँ योजना ठप्प !

२०७९ चैत १५ गते झापाको शिव सतासीधाम नगरपालिकाकी उपप्रमुख नरमायाँ कार्की हस्याङफस्याङ गर्दै दौडिइरहेकी थिइन । नगरपालिका भित्र आवश्यक ७ वटा सडक निर्माणको लागि योजना मागको निवेदनसहित सिंहरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना महाशाखामा पुगेकी थिइन् । उनको दौडाई केवल व्यक्तिगत कामको लागि थिएन । मन्त्रालयका अधिकारीले उनको निवेदन हेर्नासाथ जवाफ फर्काए यसपटक संभव छैन । उपप्रमुख कार्कीले पुरै नभए पनि दुई चार वटा त योजना पार्नै पर्छ भन्ने माग राखिन । तर मन्त्रालयका ती अधिकारीको जवाफ थियो ‘कत्ति… पुरा पढौ

सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण

 सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो। ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।… पुरा पढौ

मेयर कार्यकारी र लेखा अधिकृतलाई भ्रस्टाचार मुद्धा

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका, पञ्‍चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरुको डुप्लिकेसन गरी नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता भई रकम भुक्तानी गर्दा भ्रष्टचारजन्य कार्य हुन गएको र उक्त कार्यमा संलग्न देहायबमोजिमका ब्यक्ति र संस्थाले… पुरा पढौ

पञ्जीकरणमा करोडौंको खेल

 देशमा आर्थिक संकट गहिरिएको छ । तर, केही कर्मचारीहरु भने विदेशबाट ऋण लिएर भएपनि कमिसन खाने धन्दामा सक्रिय छन् । अचम्म यस्ता योजना सहजै पास पनि हुन्छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा लक्षित वर्गमा पु¥याउन एकीकृत लगत परियोजना अघि बढाएको छ । जुन देशको लागि भन्दा केही कर्मचारीको स्वार्थमा ल्याउन लागिएको स्रोत बताउँछ । विश्व बैंकको ऋण सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो । यसले सामाजिक सुरक्षाको दोहोरोपन अन्त्य हुने दाबी गरिएको छ… पुरा पढौ

३७ जना सिडिईको सरूवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७९ चैत १० गते ३७ जना सिनियर डिभिजन ईन्जिनियरहरूलाई सरुवा, पदस्थापन तथा काज सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेको हो । यस अघिका प्राविधिक कर्मचारीको सरुवा र पदस्थापना विवादरहित हुन नसकेको घुस असुली हुने गरेको भन्दै मन्त्रालयको नेतृत्वप्रति आलोचना हुँदै आएको थियो । तर, यसपटक भने यस्ता घुस असुलीका गुनासोहरू बाहिर आएका छैनन् । प्राविधिक कर्मचारीहरूको सरुवा र पदस्थापनामा ठुलै रकमको चलखेल हुने गरेका कारण सिङ्गो मन्त्रालय नै बद्नाम हँदै आएको… पुरा पढौ

बंगलादेशको ढाकामा भीषण आगलागी, चार हजार पसल खरानी

बंगलादेशको राजधानी ढाकास्थित एउटा बजारमा लागेको आगलागीमा चार हजारभन्दा बढी पसल खरानी भएको छ । त्यहाँको प्रमुख कपडा बजारको रुपमा चर्चित बंगबजारमा आज बिहान भीषण आगलागी भएको बताइएको छ । बीबीसीका अनुसार आगलागी नियन्त्रणमा ढाकाका ४३ वटा दमकल प्रयोग गरिएको छ । सेनाको टोली पनि आगो नियन्त्रणमा परिचालित भएको जनाइएको छ । आसपासका क्षेत्रको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बंगबजार ढाकामा कपडाको थोक तथा खुद्राका व्यापारको लागि प्रसिद्ध बजार हो । एक महिनाअघि ढाकाको सिद्दिकी बजारमा विस्फोटपछि भएको आगलागीमा… पुरा पढौ

जनकपुरधाममा अवैध कल सेन्टर सञ्चालन, २३ जना पक्राउ

जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो। कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ। सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो। साथै थप ६० वटा… पुरा पढौ

ज्येष्ठ नागरिकको भत्ता खाएका वडा सचिवलाई ४ बर्षपछी अख्तियारले चलायो मुद्धा

जाजरकोट जिल्ला, छेडागाड नगरपालिका, वडा नं. १२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जाजरकोट जिल्ला, छेडागाड नगरपालिका १२ नं. वडा कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसीले आ.ब. २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी रु.२,७३,४००।- सरकारी रकम हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज वडा सचिव देवीलाल जैसीलाई रु.२,७३,४००।– (दुई लाख त्रिहत्तर हजार चार सय… पुरा पढौ

२०२३/०२४ सालताका घरसारमा राजीनामा गरी किनेको जमिनलाई सर्वोच्च अदालतले सरकारी कायम गरिदियो

अन्ततः भूमाफियाको हातमा पुगेको अर्बाैं मूल्य पर्ने ९३ रोपनी जमिनलाई सर्वोच्च अदालतले सरकारी नै कायम गरिदिएको छ भने कानुनले चिहानमा पुगे पनि छाड्दैन भनेझैँ यस प्रकरणमा संलग्न रही हाल दिवंगत भइसकेका ८१–८२ वर्षको उमेर पुगिसकेका पात्रहरूलाई समेत भ्रष्टाचारमा दोषी ठहर्‍याइएको छ । प्रधानन्यायाधीशसमेत भइसकेका ओमप्रकाश मिश्र र अदालती स्वच्छताको वकालत गर्ने गौरीबहादुर कार्कीले व्यक्तिको नाममा सदर गरिदिएको त्यही जमिन अहिले सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलाशले सरकारको नाममा ल्याइदिएको हो । भरतपुरको नारायणी पुल पारी, गैंडाकोट, बगरमाथिको जमिनलाई व्यक्तिको… पुरा पढौ

IPL Cricket 2023 can be watched in HD quality on Nepal’s first premium DishHome ITV

Nepal's First Premium IPTV HD Service Unlike ITV, DTH, and Terrestrial (T2) Internet Protocol-based technology, IPTV allows you to watch the popular cricket tournament IPL in HD quality. Dish Media Network began offering IP TV services in response to recent technological advancements and customer requests. Nepal’s First Premium IPTV HD Service Unlike ITV, DTH, and Terrestrial (T2) Internet Protocol-based technology, IPTV allows you to watch the popular cricket tournament IPL in HD quality. International series such as Korean, Pakistani, Iranian,… पुरा पढौ