समाचार

महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ।  शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ।  यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको छ।  महानगरका अनुसार शिविरमा निःशुल्क औषधि वितरण समेत हुने र उक्त सेवा मंसिर… पुरा पढौ

बाजुरामा स्याउ उत्पादनको राम्रो सम्भावना तर बजार सम्म ल्याउन समस्या

करिब ३५ वर्षअघिको कुरा, हुँर्कंदो युवा उमेरका कर्ण रोकाया बाजुराबाट स्याउको भारी बोक्न डोटीको दिपायलमा आएका थिए। उनको घर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१, जरु मस्तोला हो। एक पटक भारी पुर्‍याएको चार सय रुपैयाँ ज्याला पाइने सुनेर उनी घरबाट हिँडेका थिए। उनले दिपायलबाट सिलगढीसम्म स्याउका बिरुवाका भारी बोके। कर्णले त्यहाँ स्याउका बोटहरू देखेपछि आफ्नो बारीमा पनि घरमा रोप्ने विचार गरे। उनले दुई पटक भारी बोकेर कमाएको आठ सय रुपैयाँ मध्येबाट स्याउका ३२ वटा बिरुवा किने। बिक्रेता खुसी भएर सित्तैमा तीन वटा थपिदिए।… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर काम गर्ने

पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ। यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ। सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो। यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ। सवारी साधन रोकेर काम गर्ने समयमा सवारी… पुरा पढौ

विभिन्न मुद्दाहरुमा विशेष अदालतको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी जम्मा-७ (सात) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०८।२७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ । क्रमश.... पुरा पढौ

मधेस प्रदेशले गर्यो ठोरीलाई पर्यटकीय क्षेत्रको घोषणा

पर्साको ठोरी गाँउपालिका–५ सुवर्णपुरस्थित होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती होमस्टेमा आउने स्वदेशी तथा बिदेशी पाहुनोको संख्यामा वृद्धि भएको हो । कोभिड–१९ महामारी पछि विदेशी पाहुना आउन छोडेका थिए । तर कोरोना महामारी घट्दै गएपछि होमस्टेमा विदेशी पाहुना समेत आउन थालेको होमस्टेका सञ्चालकहरु बताउँछन् । सुनाखरी मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले अमेरिका, अस्ट्रेलिया, कयानडा लगायत पश्चिमी मुलुकबाट समेत पाहुना आउन थालेको बताए । उनका अनुसार हरेक महिना कम्तीमा सय देखि १ सय २० जनासम्म… पुरा पढौ

प्रदेशसभालाई अपाङ्गमैत्री बनाउन माग

बागमती प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको छ। बागमती प्रदेशसभामा ह्विलचेयर प्रयोगकर्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएको भन्दै महासंघले प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गर्दै प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको हो। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालय सचिव कृष्णहरि खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्। महासंघले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित ह्विलचेयर प्रयोगकर्तालाई प्रदेशसभामा सहज वातावरण सिर्जना गर्न माग गरेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा ह्विलचेयर प्रयोगकर्ता… पुरा पढौ

सूचना माग्ने तरिका सूचनाको हकको आधारमा

(१) आरटीआई ऐन अन्तर्गत कुनै पनि जानकारी प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्ने कारण उल्लेख गरी सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) यदि कुनै आवेदन आरटीआई ऐनको उप-धारा बमोजिम प्राप्त भयो भने सूचना अधिकारीले तुरुन्त सूचना उपलब्ध गराउनु पर्नेछ यदि यसको प्रकृतिबाट जानकारी तुरून्त प्रदान गर्न सकिन्छ र सूचनाको आवेदनको मितिदेखि पन्ध्र दिन भित्रमा जानकारी दिनुपर्‍यो यसको प्रकृति द्वारा तुरून्त प्रदान गर्न सकिएन। (३) यदि सूचना अधिकार ऐनको उप-धारा बमोजिम जानकारी उपलब्ध गराउन सकेन भने… पुरा पढौ

विशेष अदालतको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०८।२५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।क्रमश... पुरा पढौ

२८ लाख धुस सहित २ जनालाई भ्रष्टाचारको मुद्धा

खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा मिति २०७९।०७।०२ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,… पुरा पढौ